शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • निर्माण कार्य समय अवधी सकिएको २ बर्ष वितिसक्दा पनि अस्पताल बाजुराको भवन अधुरै

निर्माण कार्य समय अवधी सकिएको २ बर्ष वितिसक्दा पनि अस्पताल बाजुराको भवन अधुरै

भवन नहुदा उपचार सेवा अस्तव्यस्त

  • आइतवार, कार्तिक १२, २०८०
निर्माण कार्य समय अवधी सकिएको २ बर्ष वितिसक्दा पनि अस्पताल बाजुराको भवन अधुरै

बाजुरा– जिल्ला अस्पताल बाजुराको ५० शै्या भवन समयमै सम्पन्न नहुँदा बिरामीहरु र अस्पतालका कर्मचारीहरुलाई समस्या हुने गरेको छ । २०७५ साल बैशाख ५ गते बाट ठेक्काको काम शुरु भएको थियो । डाँफे-लोहनी, पि एस जेभी डोटिले पाएको ठेक्का २०७८ बैशाख ५ मा सक्ने गरि सम्झौता भएको भएपनि भवन निर्माण सम्पन्न हुन सकेको छैन् । भवन निर्माण गर्ने समय सकिएको दुइबर्ष वितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन् ।
समयमै भवन निर्माण हुन नसक्दा जिल्ला अस्पताल बाजुराको उपचार सेवा प्रभाबित भइरहेको जिल्ला अस्पताल बाजुराका निमित्त प्रमुख डा. चेत बहादुर धामीले वताएका छन् । भवन निर्माण नहुदा उपचार सेवानै अस्तब्यस्त रहेको छ, कुनै पनि फाट ब्यबस्थित रुपमा सञ्चालन हुन नकसेको धामीले वताएका छन् । दुइ बर्ष पहिला भवन निर्माण सम्पन्न भएर सेवा सञ्चालन भइसक्ने भएपनि भवन निर्माण अधुरो रहेको धामिले थपे ।
भवन निर्माण नहुदा पोषण पुर्नस्थापना केन्द्र र पिसिआर मेशिन पनि भाडामा सञ्चालनमा रहेको छ । अन्य केही सेवा पनि घर भाडामा लिएर सेवा सञ्चालन भइरहेको छ । अस्पतालले बार्षिक १८ लाख बढी भाडा तिर्नुपर्ने बाध्यता रहदै आएको छ । अस्पतालमा पुरानो भवन र उपचारको समस्या भएपछि जिल्ला अस्पताल बाजुरा १५ शै्या बाट ५० शै्याको निर्माण हुन लागेको हो । भवन निर्माण चाडो गर्नका लागि बारम्बार ताकेता दिइरहेको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल बाजुराको भवन शहरि विकास मन्त्रालय अन्र्तगत निर्माण हुन लागेको हो । २६ करोड ११ लाख ६१ हजार ३ सय ३९ मा कम्पनीले ठेक्का पाएको थियो । अस्पतालमा चार वटा भवन निर्माण हुने भएका छन् । पहिला १५ शै्याको अस्पताल थियो त्यो बेला उपचारमा निकै समस्या हुने गरेको थियो, अब ५० शै्याको अस्पताल बन्ने भएपछि उपचारमा सहज हुने थियो, समयमै भवन निर्माण सम्पन्न नहुदा समस्या भइरहेको अस्पताल बाजुराकी स्टाफ नर्स विमला ओलीले वताइन् । बाजुरा अस्पतालमा दैनिक १ सय जना भन्दा बढि बिरामी उपचारको लागि आउने गरेका छन् । भवन अभाबमा सुत्केरी सेवा, ईमेरजेन्सी सेवा लगायतका सेवा एउटैमा गर्नु पर्ने बाध्यता रहेको उनले वताईन् ।
नयाँ भवन निर्माण शुरु सँगै पुराना भवन भत्काएपछि तिन बर्ष देखी उपचारमा केही समस्या आएको छ । भवन निर्माणको म्याद तिन पटक थपिसकेको छ । यो पटक मसान्त सम्म सक्ने गरी कार्यलय सँग सम्झौता भएको छ । डाँफे-लोहनी, पि एस जेभीका प्रतिनिधि हरिश मडैले भने कोरना र बर्षातमा बाटो बन्द हुने भएकाले समयमै काम सम्पन्न गर्न नसकेको वताए । पुष मसान्तसम्म भवन निर्माण गरिसक्ने उनले वताए ।
सघन शहरी तथा भवन निर्माण आयोजना राजपुर डोटिका प्राबिधिक मदन भट्टले भने अस्पतालले समयमै जग्गा व्यबस्थापन गर्न नसक्नु, पुराना भवनको ब्यबस्थापन, बर्षातमा बाढी पहिरोले सडक बन्द हुदा समयमै काम नभएको वताएका छन् । अर्को कोभिडले पनि असर पारेको भट्टले वताए । कार्यलयले पनि भवन निर्माण चाडो गर्न ठेकेदारलाइ दवाफ दिइरहेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार