शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • दशैंको अवधिमा सुदूरपश्चिममा ११ वटा सवारी दुर्घटना, ८ जनाको मृत्यु

दशैंको अवधिमा सुदूरपश्चिममा ११ वटा सवारी दुर्घटना, ८ जनाको मृत्यु

  • बिहिबार, कार्तिक ९, २०८०
दशैंको अवधिमा सुदूरपश्चिममा ११ वटा सवारी दुर्घटना, ८ जनाको मृत्यु

यस वर्षको दशैंको अवधिमा सुदूरपश्चिममा ११ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

गत वर्षको दशैं भन्दा यस वर्षको दशैंमा बढी सवारी दुर्घटना भएको तथ्यांकले देखाएको छ। यस वर्षको दशैंमा सवारी दुर्घटनामा परेर ९ जना घाइते भएका छन्। साथै ट्राफिक प्रहरीले एक हजार ७ सय ५७ जना सवारी चालकलाई कारबाही गरेको छ। सवारी कारबाहीबाट करिब १० लाख राजस्व असुली भएको समेत प्रदेश ट्राफिक प्रहरीले जनाएको छ।

गत वर्षको दशैंकको अवधिमा १२ वटा सवारी दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरीको अभिलेख छ। सो अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए। ट्राफिक प्रहरीले एक हजार ९ सय ७४ सवारी चालकलाई कारबाही गरेर १७ लाख ९ हजार राजस्व असुली समेत गरेको थियो।

राजस्व असुली, सवारी कारबाही र सवारी दुर्घटना गत वर्षको दशैंमा बढी भएको देखिएको छ। यस वर्षको दशैंमा भने सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेका संख्या बढी देखिएको छ। यात्रुको चाप बढी हुने, सडकको अवस्था, सवारीको अवस्थाले पनि दशैंमा अन्य समयको भन्दा धेरै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको अनुभव छ।
दशैंको समयमा चालक र सवारीधनीलाई बढी रकम कमाउने लालसाले क्षमताभन्दा बढी यात्रु बोक्दा पनि दुर्घटना बढ्ने गरेको र मानिसको मृत्यु पनि धेरै हुने गरेको पाइएको छ। प्रत्येक वर्ष सवारी दुर्घटना बढे पनि कारबाहीको भागिदार भने कोही बन्नु परेको छैन। झन्, चालकको दुर्घटनामा मृत्यु भए केस नै टुङ्गिन्छ। तर, हरेक दुर्घटनामा चालकमात्र जिम्मेवारी हुँदैनन्। सडक, सवारीको यान्त्रिक अवस्थाले दुर्घटना बढाइरहेको हुन्छ। दिनेशखवरबाट

चर्चामा

सम्बन्धित समाचार