शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • शिक्षा
  • सुदूरपश्चिममा विद्यालय भवन निर्माणमा पौने दुई अर्ब खर्च

सुदूरपश्चिममा विद्यालय भवन निर्माणमा पौने दुई अर्ब खर्च

  • बिहिबार, कार्तिक ९, २०८०
सुदूरपश्चिममा विद्यालय भवन निर्माणमा पौने दुई अर्ब खर्च

सुदूरपश्चिम प्रदेशभित्र पाँच वर्षको अवधिमा विद्यालय भवन निर्माणको नाममा पौने दुई अर्ब खर्च भएको छ। एक हजार पाँच सय विद्यालय भवन निर्माणमा पौने दुई अर्ब खर्च भएको हो। तर शिक्षाको गुणस्तरमा भने सुधार नआउँदा विद्यार्थीसँगै अभिभावक निरास बनेका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत सो अवधिसम्म विद्यालयका भवन निर्माण भएका हुन्। विद्यालय भवन निर्माणका लागि स्थानीय सरकारलाई वित्तीय हस्तान्तरण गर्न सकिने भए पनि ९ जिल्लामा सामाजिक विकास कार्यालय खोलेर भवन, शौचालय, खेलमैदान र विद्यालयको घेरबार निर्माण गर्ने काम भइरहेको छ।
सामाजिक विकास मन्त्रालयले जिल्लास्थित सामाजिक विकास कार्यालय खोलेर विद्यालय भवन निर्माण गर्न पाँच वर्षको अवधिमा २ अर्ब ६७ करोड खर्च भएको देखिएको छ। मन्त्रालयले विद्यालय भवन निर्माण गर्न आर्थिक वर्ष २०७६÷७७ मा ३८ करोड ३६ लाख बजेट विनियोजन गरेको थियो।
आर्थिक वर्ष २०७७/७८ मा सामाजिक विकास मन्त्रालयले प्रदेशभर २३१ विद्यालय भवन निर्माण गर्न ६५ करोड ६१ लाख र आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी ४८१ विद्यालय भवन निर्माणमा ७१ करोड ८२ लाख खर्च गरेको देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा ३६७ विद्यालय भवनका लागि ७५ करोड ८२ लाख बजेट विनियोजन गरेको समेत पाइएको हो।

सो अवधिमा कैलालीमा ७५ विद्यालय भवनका योजना छनोट हुँदा कञ्चनपुरमा ५४, डोटीमा ४५, अछाममा ४०, बझाङमा ३३ बैतडीमा ३१, र बाजुरामा १३ विद्यालय भवनका योजना परेका थिए। त्यस्तै चालु आर्थिक वर्षका लागि भने १३० वटा विद्यालय भवन निर्माण गर्ने भन्दै मन्त्रालयले १५ करोड ४१ लाख बजेट विनियोजन गरेको छ।
दार्चुलाकाका २१, अछामका २०, बझाङका १९, कैलालीका १४, बैतडीका १३, बाजुराका १२, डोटीका १०, डडेलधुरा र कञ्चनपुरका ८÷८ विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरिएको हो। विद्यालय भवनसँगै शौचालय, विद्यालयको घेरबार, खेलमैदान, पुस्तकालय, विज्ञान प्रयोगशाला तथा आइसिटी ल्याबका लागि समेत वर्षेनि बजेट विनियोजन हुँदै आएको छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार