बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पाँचौ छेडेदह कपको तयारी तिब्र, आजदेखी सुरु हुदै

पाँचौ छेडेदह कपको तयारी तिब्र, आजदेखी सुरु हुदै

  • शनिबार, कार्तिक ११, २०८०
पाँचौ छेडेदह कपको तयारी तिब्र, आजदेखी सुरु हुदै
फाइल तस्वीर

बाजुरा– सर्वाधिक धनराशीको छेडेदह कप फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । आन्तरिक व्यवस्थापन, फिल्ड रेखाकंन र टिमबीचको समन्वयलाई तिब्र पारिएको अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् ।

यो वर्षको प्रतियोगिता कात्र्तिक ११ गतेदेखि हुने भएको छ । विजया दशमी सकिएको तीन दिनपछि अर्थात कात्र्तिक ११ गतेदेखि १७ गतेसम्म हुने आयोजक छेडेदह स्पोर्टस् क्लबले जानकारी गराएको छ ।

सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको यो पाँचौ संस्करण हो । क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा हालसम्म १६ बढीटिम सम्पर्कमा आइसकेको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । सहज परिस्थिति बने यो वर्ष २५ बढी टिम सहभागि हुने अनुमान गरिएको छ ।

हालसम्म एक्स बाजुरा युनाईटेटले आफ्नो खेलाडीको सूची नै सार्वजनिक गरिसकेको छ । भने क्रियटर जोन ऐकेडेमीले खेलाडीलाई बन्द प्रशिक्षणमा राखिसकेको विद्यालयका प्रिन्सीपल मिनबहादुर काकीले बताएका छन् ।

यसैगरी कन्सन बाजुरा (साविक विजेता) रानीवन स्पोटस क्बल ( साविक उपविजेता) छेडेदह स्पोटर्स क्लब (आयोजक) ले पनि टिम तयारी पारि सकेका छन् । केपी बा स्पोर्टस क्लबले वी लभ केपी बा को नारा सहीत जर्सी नै तयार पारिसकेको विष्न कार्कीले जानकारी दिएका छन् ।

सिएससी गौमुल, बुढावाडा ब्वाइज आटीचौर, लम्गाउँ युवा क्लब आटीचौर, टिम बढालेक आटीचौरले पनि तयारी थालिसकेको खबर गरेका छन् । भ्याली स्पोटर्स क्लब पाण्डुसैनले टिम नै बनाइसकेको दिलबहादुर थापा भोटेले बताएका छन् ।

बिएम नाईन, देनसायल स्पोर्टस क्लब नौविस, नौविस युवा क्लब, रजाली युवा क्लबले सहभागि हुन तयारी थालिसकेका छन् । उपयुक्त मौसम, व्यवस्थीत बन्दै गएको खेल मैदानका कारण पनि टिमको सहभागिता बढ्ने अनुमान गरिएको क्लबका खेल सह संयोजक खगेन्द्र नाथले बताएका छन् । खेलमा भाग लिन धनगढी, अछाम, बझाग, डोटी र काठमाडौंबाट पनि सम्पर्क हुनेक्रम जारी रहेको आयोजकले बताएको छ ।

छेडेदह स्पोर्टस क्लबले पाँच वर्ष यता हरेक वर्षको दशैको टिका पछिको तेस्रो दिनबाट फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको छ । लगातार पाँचौ वर्ष आयोजना गर्न लागेको प्रतियोगिता बारे क्लबले यस अघि नै सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ ।

सर्वाधिक धनराशीको नाम दिइएको प्रतियोगिताको प्रथम पुरस्कार यो वर्ष २ लाख ३५ हजार ३ सय ३५ रुपैया घोषणा गरिएको छ । यस्तै द्धितीय स्थान हुने उपविजेताका लागि १ लाख २५ हजार २ सय २५ रुपैया पुरस्कार घोषणा गरिएको छ । यो जिल्लामा हालसम्मकै ठूलो धनराशीको प्रतियोगिता हो ।

प्रतियोगिता खप्तड छेडेदह गाउँपालिका ७ स्थित दशरथ माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुदै आएको छ । सुन्दर नगरीमा हरेक वर्ष खेल पर्व, खप्तड छेडेदहको पहिचान र गर्व भन्ने नारा दिएर प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

बाजुराकै सुन्दरनगरीको रुपमा परिचित आटीचौर स्थित दरशथ माविको खेल मैदानमा हुने प्रतियोगितामा सहभागि हुन टिम दर्ता भने कात्र्तिक १० गते साँझ ५ बजेभित्र गरिसक्नु पर्ने आयोजकले बताएको छ । टिम दर्ता लगत्तै ६ बजेभित्र टाइसेट निकाल्ने समेत आयोजकले जानकारी गराएको छ ।

सुन्दरनगरी आटीचौरलाई खेल नगरीको रुपमा विकास गर्न र समग्र खेल क्षेत्रको विकास प्रवद्र्धनमा सघाउ पुर्याउने लक्ष्य सहीत प्रतियोगिता आयोजना गर्ने गरिएको क्लबका खेल संयोजक कृष्ण ओलीले बताएका छन् ।

यो वर्ष खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने छ । खेल क्षेत्रको विकास र खेल प्रति युवा आकर्षण बढाउन क्लबले रहेक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

खेल एन्फाकै रेफ्रीद्धारा खेलाइने छ । भने देशका जुनसुकै क्षेत्र र जिल्लाबाट पनि भाग लिन पाउने गरि आयोजना हुन लागेको छ । खेलमा यो वर्षदेखि विदेशी खेलाडी पनि समावेश गर्न पाउने मापदण्ड बनाइएको छ । खेलमा २५ बढी टिमले भाग लिने अनुमान आयोजकको छ । १८ जना खेलाडी, म्यानेजर र प्रशिक्षण गरि २० जना टिममा रहने छन् ।

खेलकुदकाले सानो उपत्यका सहीतको सुन्दर नगरी आटीचौरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन, बथानलेख र कुडीकोट दरबारको प्रवद्र्धनमा पनि टेवा पुग्ने विश्वास वडा अध्यक्ष खगेन्द्र रावतले गरेका छन् ।

फोटो सहीतको फारम अनिवार्य भरेर टिममा सहभागि खेलाडीको नागरिकता वा परिचय खुल्ने परिचय पत्र अनिवार्य राख्नु पर्ने र अनुशासन बाहिर रहेर खेल्ने र रेफ्री र आयोजकको निर्णयलाई अवेज्ञा गर्ने टिमलाई खेलबाट नै आउट गर्ने नियम बनाएको छ ।

आयोजकले टिम दर्ता शुल्क १२ हजार र धरौटी शुल्क ३ हजार लिने छ । राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ एन्फाकै प्रतिनिधी रहने खेलमा करिब ५ सय बढी खेलाडी र हजारौको संख्यामा दर्शकहरुले खेलको अवलोकन आयोजकले अनुमान गरेको छ ।

खेल प्रयोजन गर्न मुख्य प्रयोजकका लागि २ लाख ५० हजार तोकिएको छ । भने व्यक्तिगत व्यानर र प्रचारका लागि ३० हजार तोकिएको छ । लगानी गर्ने निकायले इच्छाएको शब्द वा लोगो पदर्शन गर्न पाउने छन् । आवश्यक व्यानर, पर्चा, पप्लेटद्धारा विज्ञापन गर्न पाउने, प्रवद्र्धनका क्रियाकलाप समेत गर्न पाउने सुविधा दिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार