सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा भुकम्पले ७ हजार १ सय ३० घरमा क्षति, भुकम्प पिडितको बिच्चली

बाजुरामा भुकम्पले ७ हजार १ सय ३० घरमा क्षति, भुकम्प पिडितको बिच्चली

  • शुक्रबार, कार्तिक १०, २०८०
बाजुरामा भुकम्पले ७ हजार १ सय ३० घरमा क्षति, भुकम्प पिडितको बिच्चली

बाजुरा– पटक पटक आइरहने भुकम्पको पराकम्पले बाजुराका ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । पटक पटक भुकम्प आइरहने भएकाले स्थानिय त्रसित बन्दै आएका छन् ।
बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ । भुकम्पले बाजुरामा १३ सय ८३ घर पुणर् रुपमा क्षति भएका छन् । त्यस्तै आंशिक रुपमा ५ हजार २९ र ७ सय १८ जोखिम गरेर ७ हजार १ सय ३० घरमा क्षति भएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले वताएका छन् ।
पुणर् रुपमा सबै भन्दा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घर भएको प्रशासनले जनाएको छ । त्यस्तै बडिमालिकामा १ सय १४, त्रिवेणीमा १ सय १०, बुढिगंगामा १ सय २६ र बुढिनन्दा नगरपालिका १७ घरमा पुणर्रुपमा क्षति भएको छ । गौमुल गाउँपालिका २५ घर र हिमाली गाउँपालिकामा २ घरमा पुणर् क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
बाजुरामा धेरै घर भत्किएका छन्, नभत्किएका घर पनि पुरै चिराचिरा भएकाले बस्न लायक नभएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
पिडित अहिले चिसो पालमा रातकाटि रहेको बुढिगंगा नगरपालिका १० का भरत कुवरले वताएका छन । पालमा गर्भवती, सुत्केरी र वालवालिका सबैभन्दा बढी प्रभाबित भएको कुवरले वताएका छन् । बुढिगंगा नगरपालिका ९ जुवापानी बस्ने भोबिन्द्र नेपाली घर भुकम्पले घर चिरा चिरा बनाएको छ । घर बस्न लायक नै नभएपछि घर नजिकै चौरमा पाल टागेर बसेका छन् । ७ जनाको परिवार एउटै पालमा चिसो सँगै रात बिताइरहेका छन् । सोहि गाउँका काले नेपालीको घर पनि चत्किएको छैन्, तर पुरै घर चिरा चिरा भएपछि घर छोडेर खुला ठाउँमा बस्दै आएका छन् ।
बाजुराको बझाङ सँग जोडिएको बुढिगंगा नगरपालिका, गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिकामा केही घर भत्किएको र केही घर जोखिममा रहेका छन् । बाजुरा जिल्लाभरी नै घरहरु जोखिममा रहेका छन्, तिनवटा पालिका सबैभन्दा बढी जोखिममा रहेका छन् ।
पिडितले सामान्य पाल भन्दा बाहेक अरु केही राहत नपाएको गुनासो गरेका छन् । चिसोमा लुगाकपडा र खाद्यन्नमा निकै समस्या भएको पिडितले वताएका छन् । घरमा बस्ने अबस्था छैन, पालमा बस्दा बिरामी भएको स्थानियले वताएका छन् ।
भूकम्पविद्हरूका अनुसार मध्य नेपालमा २०० वर्षभन्दा कम समय अवधिमा ठूला भूकम्प गएका छन् भने पूर्वी नेपालमा १९९० सालपछि ठूलो भूकम्प गएको छैन ।
२०७२ सालमा भूकम्प गएको गोरखा पश्चिमको क्षेत्रमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुने भूगर्भविद्हरू बताउँछन् । त्यसैले पूर्वमा कम शक्तिशाली र पश्चिममा बढी शक्तिशाली भूकम्प जान सक्ने जोखिम  छ ।

चर्चामा

सम्बन्धित समाचार