आइतवार, मंसिर २९, २०८२
  • होमपेज
  • बडिमालिका
  • एकै दिन २५ जना जड्याहालाइ नियन्त्रणमा

एकै दिन २५ जना जड्याहालाइ नियन्त्रणमा

  • सोमवार, भदौ ३०, २०७६
एकै दिन २५ जना जड्याहालाइ नियन्त्रणमा
फाइल तस्बीर

बाजुरा ३० भदौ
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा स्थानीय अनन्ते मेला बिथोल्न गएका २५ जना जड्याहा प्रकाउ परेका छन् । अनन्ते मेलाको अवसर पारी मेला लागेको ठाउँमा अत्याधिक मदिरा सेवन गरी होहल्ला गरेको भन्दै प्रहरीले २५ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला सदरमुकाम मार्तडीमा अनन्ते मेला लागीरहेको ठाउँमा मदिरा पिएर होहल्ला गरीरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालयको घुम्ती टोलीले २५ जना जड्याहालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रमुख प्रहरी निरिक्षक जनकराज ढुगांनाले बताएका छन् । समातीएका सबै जिल्ला प्रशासन कार्यालयमा सामान्य जरिवानापछी छुट्ने र यसपछी मदिरा खाएको फेला परेमा कडा कार्बाही गरीने जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । बडिमालिका नगरपालिकाको अनन्नते मेलामा जाड राक्सी खाएर मेला बिथोल्ने जुन सकैलाई खानेलाई २५ सय र खुवानेलाइ ५ हजार जरिवाना गर्ने निणर््ाय गरेको छ । नियन्त्रणमा लिएका सबै जड्याहालाई कक्षा संचालन गरि पठाउने निमित्त प्रमुख ढुगांनाले बताएका छन् । यस पछीका दिनमा समातिएका जड्याहालाइ पनी सबैलाई हप्ताको एक दिन कक्षा संचालन गरि जनचेतना दिएर पठाउने ढुगांनाको भनाइ रहेको छ । अनन्ते मेलामा अत्याधिक मदिरा सेवन गरी होहल्ला गरिरहेको अबस्थामा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार