मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • २ महिनामा २ सय ६५ रोपनी गाजा फडानी

२ महिनामा २ सय ६५ रोपनी गाजा फडानी

२ महिनामा २ सय ६५ रोपनी गाजा फडानी

  • शुक्रबार, साउन २४, २०७६
२ महिनामा २ सय ६५ रोपनी गाजा फडानी

संगीता तिमिल्सेना
बाजुरा २४ साउन
जिल्ला प्रहरी कार्यालय बाजुराले २ महिनाको अवधिमा २ सय ६५ रोपनी गाजा फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांक अनुसार गत बैशाखबाट हालसम्म जिल्लाका विभिन्न ठाउमा गरी २ सय ६५ रोपनी गाजा फडानी गरिएको पाइएको छ ।
बाजुराका प्रहरी प्रमुख उद्धवसिंह भाटको नेत्तृत्वमा गत बैशाख १ गतेबाट जिल्लाको वडिमालिका नगरपालिका वडा नं १ पाटाबाट १४ रोपनी गाजा फडानी गरी सुरु गरिएको थियो । अहिलेको सिजन गाजा पाक्ने समय पनि भएको र किसानको खेतीयोग्य जमिनमा आफै उम्रेको गाजाले खेती गर्न लायक जमिन पनि बाझै रहेकोले त्यसलाई नियन्त्रण गर्नका लागि यो अभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी पत्रकार उमेश अवस्थीले जानकारी दिए ।
शुक्रबार मात्रै प्रहरी प्रमुख भाटको नेत्तृत्वमा वडिमालिका नगरपालिकाको वडा नं ६ को पानीनाउला, बिरेखोला, वडा नं ८ को रापक र वडा नं ९ को सेलाघाटको ३५ रोपनी जग्गामा अवैध रुपमा उम्रिएको गाजा फडानी गरियो ।
त्यसैगरी जिल्लाको बुढीनन्दा नगरपालिका, खप्तड छेडेदह गाउपालिका, जगन्नाथ गाउपालिकाका विभिन्न ठाउमा प्रहरीको नेत्तृत्वमा गाजा फडानी गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
गाजाले पनि विभिन्न किसीमका घरेलु हिंसाहरु नियन्त्रण हुने भएकाले जिल्ला प्रहरी कार्यालय बाजुरा गाजा नियन्त्रण गर्न लागेको प्रहरी प्रमुखको भनाई रहेको छ ।
लागुपदार्थ दुव्र्यसनीका तथा अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय निकै तदारुकताका साथ सक्रिय भएर लागेको र आगामी दिनमा पनि अपराध नियन्त्रणका लागि लागिप्रर्ने प्रहरी प्रमुख भाटले बताए ।

चर्चामा

सम्बन्धित समाचार