शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • १ सय ४० जना युवाहरुलाई गाउपालिकाले दियाे राेजगार

१ सय ४० जना युवाहरुलाई गाउपालिकाले दियाे राेजगार

  • बुधबार, माघ २३, २०७५
१ सय ४० जना युवाहरुलाई गाउपालिकाले दियाे राेजगार

लक्ष्मीराज पाध्याय
बाजुरा
बाजुराको स्वामीकार्तिक खापर गाउपालिकाले १ सय ४० जना युवाहरुलाई राेजगार दिएकाे छ । बेरोजगारी समस्या समाधान गर्न सहयोग पु¥याउने उदेश्यले साे कार्य गरिएकाे हाे गत पौष सात गतेको गाउँ कार्यपालिकाको बैठकले एक सय युवाहरुलाई रोजगारी दिने निर्णय गरे अनुसार कार्यविधि बनाई हिजो देखि युवाहरुलाई काममा लगाएको गाउपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताए । प्रत्यक वडाका २८ जना बेरोजगार युवाहरुलाई स्वरोजगार कार्यदलमा समावेश गरीएकाे पालिकाले बताएकाे छ । युवाहरूलाई गाउपालिका भित्रका सडक, बाटोघाटो मर्मत, सिचाई नहर जस्ता विकासे काममा लगाउने गाउपालिकाका अध्यक्ष शाहीले बताए । माघ हिजो देखि शुरु गरिएको स्वरोजगार कार्यक्रममा छापुको खोलीकुना देखि बाटोको मर्मत कार्य शुरु गरिएको हो । हिजो गाउपालिकाका अध्यक्ष चिरन्जीवि शाहीले सडक मर्मतको शिलान्यास गरी कार्य अगाडि थालिएकाे स्थानिय अनिल शाहीले बताएका छन । देशकै पहिलो गरिव गाउपालिकाका रुपमा परिचित सो गाउपालकामा स्वरोजगारको अवसर सिर्जना गर्न यो कार्यक्रम अघि सारेको बताइएको छ । बेरोजगारी समस्याले यहाँका कतिपय युवाहरु भारत लगायका देशहरुमा काम गर्न जाने गरेका छन । युवाहरुलाई अभिमुखिकरण गरेर माघ १६ देखि काममा लगाइएको हो । श्रमको सम्मान गाउपालिकाको अभियान भन्ने नाराका साथ युवा रोजगार कार्यक्रमका विषयमा स्वरोजगार दलमा छनौट भएका युवाहरुलाई रोजगार के हो ? त्यसको कामको प्रकृति, लक्ष्य उदेश्य, विमा निती र दिगोविकासका सम्वन्धमा कर्णाली स्वरोजगार कार्यक्रम बाजुराका प्रतिनिधि धर्मराज पाध्याय र गाउपालिकाका अध्यक्ष शाही र निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेरबहादुर शाहीले सहजिकरण गरेकाे कर्णाली स्वराेजगार कार्यक्रम बाजुराका प्रतिनिधीले बताएका छन । यसरी जिल्लाका सबै पालिकाले युवा स्वराेजगार कार्यक्रम तय गरि अगी बढाउने हाे भने जिल्लाकाे गरिबी र ब्यराेजगार समस्या समाधान हुने छ

चर्चामा

सम्बन्धित समाचार