शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • ४० बर्ष पुग्दा १२ सन्तान जन्माउने आमा

४० बर्ष पुग्दा १२ सन्तान जन्माउने आमा

  • मङ्लबार, फाल्गुन १४, २०७५
४० बर्ष पुग्दा १२ सन्तान जन्माउने आमा

सबै सन्तान जिबितै

प्रकाश सिंह
फागुन, १४ बाजुरा
हिमाली गाँउपालिका १ कोट बस्ने ४३ बर्षिकी कलशरी बुढाले ४० बर्षको उमेरमा १२ सन्तानको जन्म दिएकी छन् । १६ बर्षको उमेरमा बिवाह गरेकी कलशरीको जिवनभर बच्चा जन्माउने काम मात्र भएको छ । जन्मेका सबै १२ सन्तान अहिले पनि जिवितै रहेको उनले वताएकि छन् । उनि १८ बर्षको उमेरमा बच्चा जन्माउन शुरु गरेकी हुन्, १२ औ सन्तान ४० बर्षको उमेरमा जन्माएकी हुन् ।
बाजुराको सर्वाधिक दुर्गम गाँउ कोटकी कलशरी सबै बच्चा घर र मेलापात गएको बेला जंगलमा जन्माएकी हुन् । देउसैन स्वास्थ्य चौकी पुग्न एकदिन लाग्ने गर्छ, त्यो पनि जान र आउन अप्ठयारो भएकाले पनि सबै बच्चा उनले घरमै जन्माएको बताउछँन् । १२ सन्तान मध्ये ७ छोरी ५ छोरा रहेको उनले वताईन् । कान्छो छोरा अहिले ४ बर्षको भएको छ । उनले कुनै बेला गर्भ भएको समय गर्भजाँच समेत गरीनन् । उनले बिवाह पछि कुनै बेला पनि परिवार नियोजनाको साधान प्रयोग समेत नगरेको वताईन् । आफुलाई त्यो सम्बन्धि कुनै जानकारी समेत नभएको थपिन् । गाँउमा परिवार नियोजन सम्बन्धि चेतना दिने स्वास्थ्यकर्मि समेत कुनै नआएको वताईन् ।

१२ पटक बच्चा जन्माउँदा उनले रक्क्तअल्पता, कुपोषण र कमजोरी जस्ता समस्या भोग्नु परेको थियो । सुत्केरी भएको बेला आराम समेत गर्न नपाएको उनी बताँउछन् । बच्चाहरु धेरै भए बच्चा पाएको बेला पनि काम गर्नु परेको उनको भनाई छ । ६ वटा बच्चा घरमा जन्माएकी उनले ६ वटा बच्चा मेलापातमा गएको बेला जंगलमै जन्माएको उनले वताईन् । उनि एउटा अक्षर समेत लेख्न जाँदैनन्, र उनका श्रीमान पनि असाक्षर नै छन्, चेतना अभाबका कारणले धेरै बच्चा जन्माउनु परेको उनि बताँउछन् । केही छोरीले त बिहे गरिसकेकी छन्, लालनपालनमा निकै समस्या भएको वताईन् । ३ छोराछोरी मात्र बिद्यालय जाने गरेका छन्, अरुले प्राथमिक तह पढदै बिद्यालय छोडने गरेको उनले वताईन् ।
कलशरी जस्तै बाजुराको दुर्गम गाँउका महिला धेरै बच्चा जन्माउने गरेका छन् । परिवार नियोजन सम्बन्धि जानकारी अभाब अझै पनि दुर्गम गाँउमा रहदै आएको छ । हिमाली गाँउपालिका धेरै गाँउका महिलाहरु उमरे ढल्किदा सम्म पनि बच्चा जन्माउने गरेको हिमाली गाँउ पालिकाकी उपाअध्यक्ष चन्द्रकला बुढा बताउँछन् ।

भिडियाे हेर्ने तल क्लिक गर्नुहाेला ।

चर्चामा

सम्बन्धित समाचार