शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बडिमालिका
  • एक घर तीन फलफुलका विरुवा अभियान सुरु

एक घर तीन फलफुलका विरुवा अभियान सुरु

  • बुधबार, असार २५, २०७६
एक घर तीन फलफुलका विरुवा अभियान सुरु

बडीमालिका खवर
असार २५, बाजुुरा
वडिमालिका नगरपालिका वडा नं ७ ले एक घरलाई तीन फलफुलका विरुवा अभियान संचालन गरेको छ । वडालाई कृषी र फलफुलका क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ एक घर तिन बिरुवा अभियान संचालन गरेको हो । वडामा बिभिन्न प्रजातीका दुई हजार पाँच सय बितरण गरेर एक घर तिन बिरुवा अभियान संचालन गरिएको वडा अध्यक्ष धर्मराज पाधयायले बताए ।

अभियानलाई सार्थक बनाई हरियाली वडा बनाउनका लागि वडा कार्यालयबाट यस आर्थिक वर्षमा ३ सय ४१ परिवारलाई एक घर एक विरुवा रोप्न कागती सून्तला र मौसमी गरी २ हजार ५ सय विरुवा वितरण गरिएको वडा अध्यक्ष पाध्यायले बताए । जसमा अभियालाई निरन्तरता दिन सोमबार व्यवसायीक कृषकलाई बोलाएर वडा कार्यालयबाट ५ सय ४० विरुवा वितरण गरिएको उनलेृ बताए । र बाँकी मंगलबार वितरण गरिएका छन् । वडा अध्यक्ष पाध्यायले भने यो वर्ष ३ सय ४१ परिवारलाई मात्र फलफुलका विरुवा वितरण गरेपनि आगामी आर्थिक वर्षहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिएर सबै वडाबासीहरुलाई फलफुलका विरुवा वितरण गर्नेछौँ र हरियाली र सम्पन्न वडा बनाउने छौँ । वडा नं ७ का विभिन्न ठाउँको हावापानी पनि फलफुलका लागि उपयुक्त भएकाले हामीले यो अभियान संचालन गरेका हौँ । पक्कै सफलता मिल्नेछ । अहिले पनि वडा नं ७ का विभिन्न ठाउँमा कागती, सुन्तला, मौसमी, नास्पती लगायतका फलफुलहरु पर्याप्त मात्रामा पाइने गरेका छन् ।रोपिएका बिरुवालाई आफ्नै छोराछोरीलाई जसरी हुर्काउनका लागि निर्देशन दिदै अध्ययक्ष पाध्यायले भने ‘फलफुलका बिरुवा रोप्नु मात्र ठुलो कुरा होइन यसलाई सबै मिलेर जोगाउनुपर्छ । हामिले रोपेका बिरुवा सबै हुर्कने हो भने सबैतिर जंगलनै जंगल हुने छ ।’
अब हाम्रा जमिनमा तुरुन्तै फल दिन सक्ने हुन्छन् । उनले भने–‘सामान्य दुई, चार वटा बिरुवा रोपेर केही हुँदैन धेरै बिरुवा रोपेर ब्यावसायीक प्रयोजनमा ल्याउन सक्नुपर्छ । परिणाम दिन सक्ने फलफूलका बिरुवा रोप्नुपर्छ भन्ने मुख्य उदेस्यका साथ बितरण गरेको र यसलाई सबैले संरक्षण नगर वडा बाट पाईने सेवा सुबिधामा पनी हेरफेर गरिने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार