
बाजुरा–बाजुरामा १० दिनदेखि बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको जगन्नाथ गाउँपालिका ५ गोत्री बस्ने सकस बहादुर शाहीकी अन्दाजी ३५ बर्षकी लालचना बुढा शाही मंगलबार मृत भेटिएकी हुन् ।
२०८३ वैशाख २६ गते श्रीमानसँग झै–झगडा भई घरबाट माईतीघर जान्छु भनि हिडेकी शाही माइतिघर पनि नगएकी र आफन्त छर छिमेकमा समेत खोजतलास गर्दा फेला नपरेपछि उनका दाई नर बहादुर बुढाले प्रहरीमा निवेदन दिएका थिए ।
प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा आज मंगलबार बिहान कालिकोटको त्रिवेणी गाउँपालिका २ आमतडा स्थित कर्णाली नदिको किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी चौकी सान्नी कालिकोटबाट प्रहरी टोली खटिएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


