शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ को वडा कार्यालयले गर्यो बार्षिक कार्यक्रम तथा योजना बारे सार्वजनिक के के छन याेजना तथा कार्यक्रम हेर्नुहाेस

बडिमालिका ७ को वडा कार्यालयले गर्यो बार्षिक कार्यक्रम तथा योजना बारे सार्वजनिक के के छन याेजना तथा कार्यक्रम हेर्नुहाेस

  • सोमवार, असार २३, २०७६
बडिमालिका ७ को वडा कार्यालयले गर्यो बार्षिक कार्यक्रम तथा योजना बारे सार्वजनिक के के छन याेजना तथा कार्यक्रम हेर्नुहाेस

बडीमालिका खवर
बाजुरा २३ असर
जिल्लाको बडिमालिका नगरपालिका–७ को वडा कार्यालयले बार्षिक कार्यक्रम तथा योजना बारे सार्वजनिक समिक्षा सम्पन्न गरेको छ । वडा कार्यालयले वर्षभरी सम्पादन गरेका गतिविधी र योजना निर्माण र लगानीको अवस्था बारे सार्वजनिक समिक्षा गरेको वडा अध्यक्ष धर्मराज पाध्याले बताउनुभएको छ । वडामा स्थानीय,सरोकारवाला निकाय र राजनितिक दल बोलाएर वडा कार्यालयले सार्वजनिक समिक्षा गरेको अध्यक्ष पाध्याले बताएका छन् ।

वडा न ७ का मानिसहरुको मुख्य पेशा कृषि र पशुपालन हो । यस वडामा ३२ लाख १९ हजार २ सय ९० हेक्टर जमिन खेतियोज्ञ छ । जस्मा २५ हजार ९ हजार १ सय ३५ सिंचित क्षेत्र, २९ लाख ६० हजार १ सय ५५।४२ असिंचित क्षेत्र छ । भिरालो जमिन बढी भएतापनि खाद्यन्नवालीहरु केही मात्रामा उत्पादन भएको देखिन्छ । सिचाइ कुलो बनेपनि सिचाइको सुविधा उपभोग गर्न पाएका छैनन । नगरपलिाका अन्य वडा भन्दा भुक्षय र पाढि पहिरोका उच्च जोखिम रहेको छ । वडा अध्यक्ष तथा वडाका जनप्रतिनिधीले गरेका काम, आएका चुनौति र वडा कार्यालयको सेवा प्रवाहको अवस्थाका साथै लगानीको प्रगती बारे जनतालाई जानकारी दिन वडा कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरेको वडा सचिव काँसीचन्द्र पाध्यायले बताएका छन् । वडा कार्यालयले यो वर्ष प्रदेश सरकार र नगरपालिका गरी १ करोड ५० लाख बराबरको लगानी गरेर योजना निर्माण गरेको छ । वडाध्यक्ष धर्मराज पाध्यायले आफ्नो व्यक्तिगत पारिश्रमिक कटाएर २ सय जना बालबालिकालाई ऋषी पञ्चमीको दिन शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रमले समेत निरन्तरता पाएको छ ।

वडामा गरेका कामहरु प्रति आफुहरु सन्तुष्ट रहेको भन्दै स्थानीय जनताले धन्यवाद दिएका छन् । कार्यक्रममा जनता स्वयम विकास प्रति बढी जिम्मेवार र सचेत हुनु पर्ने विषयमा समेत छलफल भएको थियो । सोही कार्यक्रममा वडामा रहेको चुथी स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी २ बजेपछि स्वास्थ्यचौकीमा नबस्ने गरेको भन्दै आक्रोश पोखेका थिए । आफुहरुलाई आपतकालिन सेवाको लागि स्वास्थ्य चौकी सम्म आएपनि कुनै पनि स्वास्थ्यकर्मी नभेटिने गरेको स्थानीयको आरोप रहेको छ ।

चुथी स्वास्थ्य चौकीमा आयोजना गरिएको कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य बुद्धी बोगटी,नेपाली काँग्रेसका नेता धनराज पण्डित,कार्यपालिका सदस्य धनमति बिक,वडा सदस्य सहित स्थानीयको उपस्थित रहेका थियो । सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने बडिमालिका नगरपालिका भित्र पहिलो वडाको रुपमा उक्त वडा रहेको छ ।

वडा अध्यक्ष धर्मराज पाध्यायकाे वडाको परिकल्पना सुचक यस्ताे रहेकाे छ ।

सबै घरधुरीहरुमा सुद्ध खानेपानीको व्यवस्था भएको हुने ।
सवै बस्तीहरुमा उन्नतजात विउ सिंचाइ तथा सुख्खा याममा उत्पादन हुने वालीको विकासभई उत्पादनमा वृद्धी भएको ।
सबै घरहरु विद्युत जडानभई लोड सेडिङ मुक्त विद्युत सेवा विस्तार भएको
वस्ती व्यवस्थीत गरी भुकम्प रहित घरहरुको निर्माण भएको हुने ।
सवै घरदुरीको होम गाडेन र किचेन गाडेनको व्यवस्था तथा एक गाउँ एक उत्पादन भएको हुने
आधुनिक घट्ट र सुधारीएको चुलो निर्माण महिलाहरुको श्रमिक समय घटेको हुने ।
वडामा रहेका पर्यटकिय क्षेत्रको प्रचार प्रशार संरक्षण गरि पर्यटक आगमनमा वृद्धी भई रोजगारीको सिर्जन भएको हुने ।
छाउपढी प्रथा एवं जातिय विभेद न्युनिकरण भएको हुने ।
परम्परागत सोचको राजनितिक चेतनामा परिवर्तन आइ राजनितिक संस्कारको विकास भएको हुने ।
एक घर दुइ विरुवा उत्पादन भई हराभरा बातावरण मैत्री वडा भएको ।
उच्च स्तरका खेल सामग्री सहित एउटा खेलमैदानको निर्माण भई राष्ट्रिय खेलाडी उत्पाद भएको
धार्मीक तथा प्राकृतिक संग्रालयको निर्माण भएको

वडा पालिकामा भए गरेका कामकारवाही ,सेवा प्रवाहको स्थिति,समस्या तथा चुनौति तथा योजना लगायतका बारेमा वडामा रहेका सबैलाइ अबगत गराउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको हो । विभिन्न राजनैतिक दलहरुका प्रतिनिधि लगायतले सेवाग्राहीका जिज्ञासा तथा प्रश्न प्रति पत्रकार महासघ बाजुराका सदस्य लक्ष्मीराज पाध्यायले सहजिकरण गरेका थिए ।

सेवाग्राहीहरुले नगरपालिकामा सेवा प्रवाहमा चुस्त दुरुस्त बनाउन आग्रह गरेका छन् । वडामा  हरेक विकास कार्य पारदर्शी हुनुपर्नेमा उनिहरुले जोड दिए । नगरपालिकाका हरेक वडामा समान बिकास हुनपर्ने बताउदै लक्षित बर्गका बजेटहरुको सहि तथा व्यबहारिक कार्यान्वयन हुनपर्ने स्थानीयले धारणा राखेका थिए ।

नगरपालिकाकाको बजेट बाडफाड ,कृषि, पशुपालन,शिक्षा, स्वास्थ्य , युवा कार्यक्रम विभिन्न लक्षित बर्गका कार्यक्रमहरु, सडक, सामाजिक कार्य लगायतका सवालमा सहभागि सेवाग्राहीहरुले जिज्ञासा राखेका थिए भने वडाका सम्बन्धित सरोकारवाला व्यक्तिले जिज्ञासा बारे सहजिकरण गरेका थिय । नगरपालिकाको सेवा प्रवाहमा सक्रिय भएर लागिरहेको बताउदै वडामा हुने कुनै कमि कमजोरीलाइ औल्याउन आग्रह गरे । याे वडा जिल्लाकै पहिलाे सार्बजिनक सुनुवाइ गर्ने वडा रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार