
बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर रावतलाई मातृशोक परेको छ । अध्यक्ष रावतकी आमा केशु देवी रावतको ७३ बर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय रावतका एक छोरा र चार छोरी छन् । रुघाखोकी, निमोनियाका लक्षण देखिएको र मंगलवार साँझ असामयिक घरमै निधन भएको पारीवारिक स्रोतले जनाएको छ । उनको आजै अन्त्येष्टि गरिएको छ ।
