बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

  • बुधबार, जेष्ठ १३, २०८३
सेयर गर्नुहोस् :
वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालतले मेयर सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

अर्काकी छोरीलाई आफ्नै सन्तान कायम गरी झुटो विवरणका आधारमा जन्मदर्ता, नागरिकता र राहदानी लगायतका सरकारी कागजात बनाएको अभियोगमा अदालतले जिल्ला प्रहरी कार्यालय पर्साको नाममा पक्राउ पुर्जी जारी गरेको हो । यसअघि उनीहरूविरुद्ध गत जेठ १ गते अदालतमा चार वटा मुद्दा दर्ता भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार