
बाजुरा– बाजुराको एक घरमा आगलागी भएको छ। जिल्लाको खप्तडछेडेदह गाउँपालिका–५ डोगडी बस्ने लोकेन्द्र रावतको २ घरमा बिद्युतको तार सट भई आगलागी भएको हो।
आगलागी हुँदा घर र घर भित्र रहेका खाद्यान्न, भाँडा वर्तन, लत्ताकपडा लगायतका धनमाल जलेर नष्ट हुनका साथै गोठमा बाधेका २ वटा बाख्रा जलेर मरेका छन्।
क्षतिको विवरणद आउन बाँकि रहेको तथा मानविय क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।


