एउटा गुणमा बसेको चरिले आफ्नो पखेटाको साहारा पुरै परिवार ढाक्ने प्रयास गर्छ । अबसोस बच्चा हरु अलि चनचले स्वभावका हुन्छन् एउटा बच्चा नभन्दै गुण बाट बाहिर निस्किन्छ र उड्न नसकेर भुइँतिर खस्छ । उ चिच्याउदै रातको अँध्यारोमा साहारा बिहिन बन्छ । तर आमा लाइ असैह हुन्छ र उ खोज्दै रुखको फेदमा आइपुग्छ बिचरा आमा लाइ वडो धर्म संकट आइपर्छ ।
उसलाइ बचाउन खोज्दा बाकि बच्चा हरु साहारा बिहिन हुन्छन । तर उस्ले फेदमुनिको बच्चा लाइ छोडेर पुन आफ्नो घोल (गुण ) माथि प्रस्थान हुन्छ । यसैगरी धेरै चोटि तलमाथि गर्दा गर्दै रात वित्छ । नभन्दै उज्यालो हुन्छ । रात भर निद्रा नपुगेको आमालाइ आफ्नो बच्चालाई कतै पिडा नपरोस भनेर चिन्तित हुन्छ उ खाना खोज्न भनि बाहिर तिर निस्किन्छ।
बिहान पख एउटा गोठालो दाउरा काट्ने समय मिलाएर जंगल ति छिर्छ । उसले रुखको फेदमुनिको बच्चालाई देख्छ । उठाउने कोसिस गर्छ साहारा बहिनि बच्चाको आँखाभरि आँसु हुन्छ र चिच्चाइ रहेको आवाज गोठालो लाइ निकै मर्मस्पर्शी हुन्छ नभन्दै जबर्जस्ती उठाएर आफ्नो घर तिर लैजाने प्रयास गर्छ । तर खाना खोज्न गएकि आमा फर्किँदा फेदमुनिको बच्चा भेट्दिनन् बिचरा आमा लाइ असाध्यै पिडाबोध हुन्छ । यसैगरी बच्चा फर्किने आशामा रात दिन बित्छ तब सम्म अरु बच्चाहरु पनि उड्ने भैसकेका हुन्छन ।
पखेटा लागेका बच्चाहरु बिस्तारै छोड्दै जान्छन ,तर त्यहि हराएको बच्चाको आसामा बाटो कुरि बसेकि आमा लाइ कहिजान सक्दिनन्। कयौँ रात बित्छ कयौँ दिन बित्छ तर कोहि फर्किदैन।
यता गोठालाले घरमा ल्याएर बच्चालाई पसापोस गर्छ दिनमा चारपटक रेखदेख गर्छ समय समयमा खान दिन्छ , नभन्दै महिनौ बित्छ । घरमा ल्याको चराको बच्चा विस्तारै हुर्किंदै जान्छ र पखेटा लागेपछि उड्ने कोसिस गर्छ ।
एक दिन गोठालो बच्चा को आमालाइ भेट्न भनेर जंगल तिर जान्छ तर आमा कहिल्यै नभेट्ने गरि संसार छोडिसकेकि हुन्छिन। बिचरा गोठालो पिडा को ठुलो कुण्ठा बोकेर घर तिर फर्किन्छ । तर घरमा पालनपोषण गरेको चराको बच्चा पनि घर छोडेर उडिसकेको हुन्छ । अब सोच्नुस आफुले माया गरेर हुर्काएको बच्चा र मनमा सजाएको चरिले घरछोड्दाको पिडा बोध गर्दै दैलोमा बसेर रुन बाहेक केनै छर।
सकारात्मक सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नु होला