बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन

  • मङ्लबार, जेष्ठ ५, २०८३
सेयर गर्नुहोस् :
संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन

काठमाडौँ — संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाइपछि शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन भएको हो ।

सिंहदरबारमा मंगलबार बसेको सुनुवाइ समितिको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । अब राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।

शर्माले संसदीय सुनुवाइ समितिमा न्यायिक सुधारसम्बन्धी आफ्नो कार्ययोजना पेस गरेका थिए । साथै सांसदहरूले सोधेका प्रश्नहरूको पनि जवाफ दिएका थिए । सुनुवाइका क्रममा सांसदहरूले दरपीठविरुद्धको निवेदन दर्ता नगर्न दबाब दिएको, अदालतमा ग्रुपिज्म रहेको र एनसेलको कर विवादलगायतका मुद्दामा गरेका फैसलाबारे पनि सवाल उठाएका थिए ।

संवैधानिक परिषद्को गत वैशाख २४ गतेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार