बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बागमतीका मुख्यमन्त्रीको घरमा पस्यो सम्पत्ति शुद्धीकरण विभाग

बागमतीका मुख्यमन्त्रीको घरमा पस्यो सम्पत्ति शुद्धीकरण विभाग

  • सोमवार, बैशाख २१, २०८३
सेयर गर्नुहोस् :
बागमतीका मुख्यमन्त्रीको घरमा पस्यो सम्पत्ति शुद्धीकरण विभाग

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । विभागको टोलीले बानियाँको निर्माण कम्पनीको कार्यालयमा सोमबार छापा मारेको हो ।

विभागको टोलीले काठमाडौंको नक्साल र सुन्धारास्थित कार्यालयमा पनि छापा मारेको हो । विभागको अर्को टोली बागमतीको राजधानी हेटौंडास्थित घर र कार्यालयमा छापा मार्न पुगेको छ ।

बानियाँ ‘ए’ क्लास निर्माण व्यवसायी हुन् । उनलेे कयौं निर्माण योजना अलपत्र पारेको आरोप लागिरहेको छ । उनले अवैध रूपमा सम्पत्ति आर्जन गरेर लुकाएको उजुरीपछि विभागले अनुसन्धानका लागि छापा मारेको हो ।

चर्चामा

सम्बन्धित समाचार