• होमपेज
  • समाज
  • पैसा नहुदा २१ बर्षको उमेरमै अस्ताए खप्तडछेडेदहका डम्मर

पैसा नहुदा २१ बर्षको उमेरमै अस्ताए खप्तडछेडेदहका डम्मर

  • बिहिबार, माघ २०, २०७८
पैसा नहुदा २१ बर्षको उमेरमै अस्ताए खप्तडछेडेदहका डम्मर

पदमबहादुर सिंह
बाजुरा–बाजुराको खप्तड छेडेदह गाउँपालिका ६ सुदाडाका २१ पर्षिय डम्मर बिष्ट २ बर्ष पहिला ११ कक्षा पढ्दा पढ्दै भारतको पौडीगडुवाल गए । कारण घर नजिक उच्च माबि थिएन, टाढा जादा घरको आर्थिक नभए पछि पढ्न छोडेर भारतको पौडीगडुवालमा ज्याला मज्दुरी गर्न गए ।
ज्याला मजदुरी गर्दा गर्दै कुपोषीत शरिर उनलाई टिभि लाग्यो । उतै उपचार पछि टिभि ठिक भएको थियो । टिभि रोगबाट थलथल बिष्ट न आराम न पेटभरी खाना पाए ज्याला मजदुरी गर्दा गर्दै फेरी बिरामी भए । बिरामी पछि डम्मर बिष्टका ४७ बर्षिय भिमबहादुर बिष्टले भारतका बिभिन्न अस्पतालहरुमा उपचार गराए । भारतमा उपचार क्रममा रोगको पहिचान नलागे पछि छोरालाई मंसिर महिनामा घर ल्याए ।
घर पुगाएर देबि देबताको दोष हो, भन्ने गाउँका पुराना मान्छेले भने पछि धामिझाक्रिको भर परे । त्यसले पनि कुनै पार नलागे पछि छोरालाई लिएर बिष्ट काठमाण्डौ गए । दुई महिनासम्म काठमाण्डौको शिक्षण अस्पताल महाराजगञ्ज उपचार गराए । काठमाण्डौमा दुई महिनासम्म उपचार गराउदा गराउदा ६ लाख खर्च भएको बुबा भिम बिष्टले बताए ।
६ लाख सबै गाउका साहुबाट सयकडा ३ रुपौयाका दरले रिण काढे, भएको जग्गा जमिन भाई भैसी समेत सबै बिक्री गरेर सकीयो छोराको उपचार भएन बिष्टले बताए । दुई महिना पछि छोराको मुटु, कलेजो, मृगौला र फोक्सो सबै ड्यामेज भएको रिर्पोट अस्पतालले थमायो । मृगौला र मुटुको अप्रेसन गर्नु पर्ने साथै मृगौलाको डाईलाईसेस गर्नु पर्ने अस्पतालले बतायो ।
त्यो सबै उपचारको लागि ७ लाख बढी लाग्ने अस्पतालले आफन्तलाई जानकारी गरायो । तर भिम बहादुर बिष्ट सँग छोरालाई बचाउन पैसा थिएन् । उनले भने आफूसंग भएको सबै सम्पति पहिला नै सकाइसकेका थिए । बिष्टले भने आफूलाई जहर (बिष) खान े पैशा समेत नभए पछि छोरालाई घर ल्याएर आएको बताए । छोरालाई घर पुगाएको ६ दिन पछि छोरालाई अप्ठेरो भयो । माघ १७ गते बाजुरा जिल्ला अस्पताल लगेर भर्ना गरिएको बुबा भिम बिष्टले बताए ।
अस्पतालमा भर्ना गरेर उचार गरिरहेका थियौ, बिरामी अबस्था पुराना रिर्पोट हेर्दा बिरामीको नाजुक अवस्थामा रहेकोले उनलाई आईस्यू भेन्टिलेरको आवश्यकता थियो । त्यो जिल्ला अस्पतालमा नभएकाले उपचारकै क्रममा माघ १८ गते राति २१ बर्षिय डम्मर बिष्टको मृत्यू भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी चुडाामणी पन्तले बताए ।
मृतक बिष्ट काठमाण्डौ टिचिङमा पीसिआर चेक गर्दा रिर्पोट पोजेटिभ पनि आएको थियो । त्यस हिसावले पनि अस्पतालको आइसोलेसन वार्डमा राखेर अक्सीजनका सहयोगले औषधि दिएर उपचार गरी रहेको अबस्थामा उनको मृत्यू भएको पन्तले बताए ।
छोराको उपचार गर्दागर्दै घरको सम्पति सबै सकिएको वताउँदै छोराको ज्यान बचाई दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत फोन गरे तर फोन उठेन । प्रधानमन्त्रीको फोन नउठे पछि उनका स्वाकीयलाई समेत फोन गरे कसैले पनि फोन नउठाए पछि छोरालाई घर ल्याएर आएको बुब भिम बहादुर बिष्टले बताए । सबै सात लाख लाग्ने भनेको थियो, शुरुमा औषधि गर्नका लागि थोरै भएपनि उपचार त हुन्थ्यो, पैसा नहुदा अकालै ज्यान गुमाउनु परेको बुवाले वताए ।
चुनावको समयमा दिनै बिच्छे नेताहरु आएर सबै हामि गर्ने भन्दै झुटा आश्वसन दिने रहेछन । आखिर समस्य भएको समयमा कोही पनि आफ्नो हुदैन रहेछ उनले भाबुक हुदै बिष्टले भने । नेपालको संबिधान २०७२ को धारा १६ (१) मा प्रत्येक ब्यक्तिलाई सम्मान पूर्बक बाच्न पाउने हक हुने छ भनिएको छ । तर यो गरिब जनताको लागि भन्दा पनि ठुला बडाको लागि मात्र लागु हुने गरेको नागरिक अगुवाले बताउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार