बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • देश
  • कर्णाली नदि किनारका बस्ति र झोलुंगे पुल उच्च जोखिम

कर्णाली नदि किनारका बस्ति र झोलुंगे पुल उच्च जोखिम

कर्णाली नदिमा पानिको सतह बढ्यो

  • आइतवार, साउन २८, २०८०
कर्णाली नदि किनारका बस्ति र झोलुंगे पुल उच्च जोखिम

बाजुरा–लगातारको बर्षाले कर्णाली नदिमा पानिको सतह बढेको छ । पानिको सतह बढेपछि नदि किनारमा रहेका बस्ति र झोलुंगे पुल उच्च जोखिममा रहेका छन् । हुम्ला, मुगु, बाजुरा, कालिकोट, अछाम, दैलेख, सुर्खेत, कैलाली र बर्दिया जिल्लाका कर्णाली नदि किनारका बस्ति जोखिममा बनेका छन् ।

कर्णाली नदिमा पानिको सतह निकै बढीरहेकाले सबैलाइ सर्तक रहन जिल्ला प्रशासन कार्यलय बाजुराले सार्वजनिक सुचना प्रकाशित गरेको छ । प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काका अनुसार कर्णाली नदि लगायत बाजुराका स्थानिय नदि तथा खोलामा पानिको सतह बढेको भन्दै सर्तक रहनका लागि सार्वजनिक सुचना जारि गरेको वताएका छन् ।

गतबर्ष कर्णाली नदिमा रहेका झोलुंगे पुल बगाएको थियो । कर्णाली नदिमा रहेका हुम्ला, मुगु, बाजुरा, कालिकोट, अछाम र दैलेखमा रहेका दर्जन भन्दा बढी झोलुंगे पुल बगाएको थियो, अहिले पनि झोलुंगे पुल जोखिमा रहेका छन् ।

कर्णाली नदिमा पानिको सतह बढेपछि बस्ति बिस्थापित भएका छन् । खेतियोग्य जमिन कटान गरेर बगरमा परिणत गरेको छ । मुगु, हुम्ला र बाजुराको बिचमा रहेको कुवाडी बजार, पिलिचौर बजार, जगन्नाथ गाउँपालिकाको कार्यललय रहेको जुड्डी बजार जोखिममा रहेका छन्् । केही ठाउँका झोलुंगे पुल नजिकै पानि पुग्न थालेपछि आवजावत बन्द गरेका छन् ।

बाजुराको कर्णालीको पारिका वाई वाधु जोड्ने पुल, गोत्रि साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने दर्जन पुल जोखिममा रहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । गत बर्ष कर्णाली नदिले झोलुंगे पुल बगाउदा स्वामीकार्तिक खापर गाउँपालिका १ र २ साप्पाटा बजारबाट बिच्छेद भएको थियो ।

स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदिको भैसागाडमा रहेको झोलुंगे पुल बगाएपपछि साप्पाटाका १ हजार घरपविार बजारको पहुँच भन्दा टाढा रहेको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले वताएका छन् । अहिले अरु झोलुंगे पुल जोखिम रहेकोले स्थानियलाइ आवतजावत गर्न समस्या भएको रोकायाले वताएका छन् ।

गत कर्णाली नदिले २०५२ सालमा निर्माण भएको पुल बगाएको हो । बाजुरा जिल्लाका अन्दर्जनौ झोलंगे पुलहरु बाढि पहिराको जोखिममा रहेका छन् । बर्षौ पुराना पुलहरु जिर्ण हुनुका साथै बाढि पहिरोको कारण जोखिम बनेका हुन् । पुलहरु जोखिममा बन्नाले आवत जावतमा समस्या भएको छ । जिल्ला समन्वय समितिको तथ्याङ्कमा जिल्लामा ६५ वटा झोलुंगे पुल रहेका छन् । अधिंकाश पुले जिर्ण र जोखिममा रहेका छन् ।

दशकौ पुराना र थोत्रा रहेका झोलुंगे पुलहरु बर्षातको समयमा बाढि र पहिरोको जोखिममा हुने गरेका छन् । आठ बर्ष केन्द्र बाट बिज्ञहरुको टोलि आएर यहाँका पुलहरु जोखिममा रहेको भन्दै पुलमा खतराको संकेत समेत लगाएर गएको छ । तर मर्मत गर्न भने कसैको ध्यान नगएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार