शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • बच्चाहरूले बाटो बिराए पछि समाज बिग्रिन्छ।

बच्चाहरूले बाटो बिराए पछि समाज बिग्रिन्छ।

  • बुधबार, भदौ १५, २०७९
बच्चाहरूले बाटो बिराए पछि समाज बिग्रिन्छ।

सुरेशकुमार पान्डे — सानैमा सिखेको राम्रो संस्कारले समाजको सद्भाव बनाएर राख्छ।केही बर्ष पहिले बाल्यकालमै बिध्यार्थी संगठन वा बिदेश स्थित मजदुरहरूका थुप्रै सँग संस्थाहरूमा क्रान्तिकारी लहर भयो त्यो वेला अनुसाशनको नाउमा युवाहरूलाई गलत दिशा तर्फ डोराउँन थालियो बिध्यार्थी हरूलाई बुजुर्वा डिग्रिको कामनै नभयको भनेर गाइड पनि गरियो भने बिदेश स्थित युवाहरू लाई पुराना रितिरिवाजको कामछैन,पुरानो शिक्षाको कामछैन हामि क्रान्तिकारी बन्नुपर्छ आदी बिचारहरूले युवाहरूलाई सबै खाले बुजुर्वा बिचारधाराको बहिस्कार गर्न लगायियो।यद्यापी कतिपय संगठनहरूले सामाजिक रूपमा युवाहरूमा देखिने गलत लतहरू पनि छुडाउन राम्रो काम गरेकाछन।
हामिले दंशैको टिका थाप्न जांदा पनि हामिभित्र रहेको बुजुर्वा बिचारको अवशेष भनेर खिल्लि उडाउँन थालियो।देशमा भन्दा बढी बिदेश स्थित श्रमजिविहरूमा यस्तो लोह अनुसाशनमा युवाहरूलाई बांधेर बुजुर्वा सत्ता ढाल्ने कामभयो।
त्यो वेला जो सुकैले गरेको भयपनि गलत काम वा बुजुर्वा बिचारको बिरोध गर्ने र सम्पुर्ण बुजुर्वा सम्रचनालाई ढालेर नौलो समाजको निर्माण गर्ने क्रान्तिकारी मिलिटेन्ट फ्रोस तैयार पार्न युवाहरू लाई लगातार प्रतिक्षाण पनि दिनेकाम भयो।
जब देशमा वि स.२०४६सालको पहिलो र ऐतिहाशिक जनान्दोलन भयो त्यसपछि पनि बिस्तारै बिचारमा झन क्रान्तिकारी र जुझारू हुन थाल्यो तर एक दशक नपुग्दै २०५२साल बाट एउटा घटकले जस्ले माओवादलाई पदप्रदर्शक सिद्धान्त मान्दै आएको थियो उनिहरूले कथित जनयुद्ध सुरू गरे पछि देशले झनै ठुलो सामाजिक अराजक र बिक्रितीको सामना गर्नु पय्रो।
वास्तबमा समाजमा सबैखाले बिक्रितीहरू फैलाउँनमा त्यो कथित जनयुद्धले बल मिलेको यथार्थतलाई अस्विकार गर्न मिल्दै मिल्दैन।
देशमा जातिय हिंशा फैलाए कथित रूपमा दलितहरूलाई उक्साएर बाहुँन क्षेत्रिहरूको घरमा जबर्जस्ति घुस्ने कुट पिट गर्ने जनै छिंडाल्ने जस्ता अनैतिक कृयाकलाप गरियो।
आफ्नो दुश्मनि निकाल्न बिध्यार्थिहरू लाई उक्साएर माष्टरलाई पिटाउँने काम भयो,बैंक लुट्ने सरकारी सम्पत्तिलाई ध्वस्त पार्ने काम भयो।बुजुर्वा डिग्रि चाहिंदैन भनेर च्यात्तने काम समेत गरियो कयौं पञ्चायती भवनमा आगो लगाएर ऐतिहाशिक दस्तावेजहरू नष्ट गराउने काम पनि भयो।
यसरी हाम्रा बालबालीकाहरूले त्यही हिंशक गतिबिधीलाई दिमाखमा सजाए जसरी बुजुर्वाहरूले पुरानो अवशेषलाई जोगाएकाछन त्यस्तै प्रकारले अहिलेपनि त्यो गुण्डागर्दि र युद्धकालको अराजक सैली अहिलेपनि जिवितनैछ।हाम्रा नेताहरू र सरकारमा बसेका ठुला ठुला पद ओगट्न सफल भयका ब्याक्तिहरू जस्ले आफुलाई महान कामरेड भन्न वा कहेलाउन छाडेका छैनन् उनैहरूमा त्यो अवशेष अहिलेपनि देखिन्छ।
हाम्रा बाल बालिका लाई हामि आफैले हाम्रो संस्कार जस्तो कि ठुलालाई सम्मान गर्ने सानालाई मायाँ गर्ने र झुठ नबोल्ने अप्राधी गतिबिदीमा सामिल न हुने जस्ता बिचार सिकाउँनुको साटो यो बुजुर्वा संस्कार भत्काउँनुपर्छ,आमूल परिवर्तन बन्दुकको नाल बाट हुन्छ जस्ता कुरा बाट बाल मनषटलमा भरेकैहौं।
त्यसैको परिणाम अब उनिहरूलाई आदर्शवादी ब्यबहारमा फर्काउँन समय लाग्नेछ।उनिहरूले बाटो बिराएका होइनन् हामिहरूले कुनै वेला बिराएको बाटो जस्मा आ आफ्ना बाल बालिकालाई हामि आफैले अगाडी बढायौं त्यो बाटोमा उनिहरू अल्मल्लिएका हुँन।
हिंजो जबर्जस्ति बाहुंन का घरमा घुसाएका दलित अहिले पनि अछुत नै छन जातिय मुक्ति हुँन सकेको छैन,हिंजो जस्ले हामिलाई बुजुर्वा डिग्रि भनेर च्यात्न लगाएका थिए आज त्यही डिग्रि किनेर उनिहरूले प्राप्त गरेकाछन,हिंजो जस्ले गोरूको मासु नखाने कम्युनिष्ट हुनसक्दैन भन्थे आज उनिहरूले नै गाई पुज्ने र गंवत पिउँने गर्छन।जस्ले हिंदुधर्मको बिरोध गरेका थिए न्वरान सम्मको ताकत लगाएर आज उनिहरूले जनैपुर्णिमा,तिज,दंशै तिहार लगायतका तमाम हिंदुका पर्वहरू मनाएका हुन्छन।
हामिले धर्ममा स्वतन्त्ररूपमा स्विकार गर्दा पनि कसैलाई त्यो रास आएकोछैन।अहिले उनैले धर्मनिरपक्षियताको बिरोधमा हिंदुधर्मको पक्षपोषण गर्दै आएकाछन।प्रगतिशिलको नाउमा छाडा पश्चिमी अभद्र र समाजमा मेल नखाने गित नित्य जबर्जस्ति घुसाइएकोछ।दलितहरूले त्यो अपमान सहन गर्न नसकेर हिंदु धर्म त्यागेर इसाई बनेकाछन।
हाम्रो शिक्षा प्रणालिमा ह्रास भयको छ भन्ने कुरा सामाजिक बिकृतीले पनि प्रष्ट पार्दै आएको छ।प्रगतिसिल र क्रान्तिकारीताको बहानामा पुराना राम्रा समाजलाई एक ढिक्का बनाउँने खालका चाड पर्वहरूमा पनि बिक्रिती बढेर जानु चिन्ताजनक बिषय हो।
हिंजो कुशे आउँसी बाबाको मुख हेर्ने दिन जसरी फेसफुकका वालहरू सजाइए त्यस्तो आदर्शवाद भनेको त्यही मुहार पुस्तिकामा मात्रहो वास्तबिक रूपमा हाम्रो समाज त्यस्तो छैन्।पिता जीलाई डैडी,आमालाई मम्मि त्यो संस्कार अहिले बढ्दै गयो।कतिपयले आ आफ्ना बालबालिकालाई नेपाली बिषयमा पढाउँनु भन्दा अंग्रैजी मन पराउँछन।संस्कार जनमदिन मा ठुला साना सबैले केक काटेर मोमबत्ती बुझाएर मनाउँछन हामिले टिका लगाएर दियो बालेर मनाउँन आग्रा गर्दा त्यो बिचारलाई हांशोमा उडाउँन थालिसकेकाछन।
यस्तो बिक्रितीको बिकास बिस्तारै फैलिंदै गयकोछ।

चर्चामा

सम्बन्धित समाचार