मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के अहिले देशमा स्वतन्त्र पत्रकार छन त ?

के अहिले देशमा स्वतन्त्र पत्रकार छन त ?

  • सोमवार, जेष्ठ २३, २०७९
के अहिले देशमा स्वतन्त्र पत्रकार छन त ?

सुरेशकुमार पान्डे — यो प्रश्न जस्तो सजिलो यसको उत्तर नहु्न सक्छ।
हुंन त हामिले बिगतमा स्वतन्त्रको अर्थ ब्यबस्थाको बिरोधीलाई बुझ्दै आयौं।तानासाही ब्यबस्थाको बिरोधमा बिद्रोह गर्नु वास्तबमानै स्वतन्त्रताको पक्षहो।
हामिले राणाहरूको दमन देखेकाछौं राजाहरूको प्रत्यक्ष साशन ब्यहोरेकाछौं र पञ्चायती ब्यबस्था पनि भोगेकाछौँ यो द्वौरानमा थुप्रै बर्गिय पत्रकारहरू देखा परेका थिए त्यो एउटा स्वभाविक पक्ष पनि हो।एउटा निरंकुश तानाशाही ब्यबस्थाको बिरूद्धमा आवाज त्यही ब्यबस्थाभित्रको वा उनैको सम्रक्षणमा हुर्किएको पत्रिकाले गर्न असम्भव थियो त्यो अबस्थामा जनपक्षिय पत्रिकाको खांचो हुनजान्छ त्यो एकप्रकारको बाध्यतानै थियो।
तर देशमा बहुदलिय ब्यबस्था आएपछि स्वतन्त्र राष्ट्रिय पत्रिका हुनुपर्नेहो तर पत्रकार साहेद राजनीति सँग जोडिएकाले होला हिंजो आज स्वतन्त्र अपबाद भयकोछ कतैपनि स्वतन्त्र पत्रिका जस्ले देशको हितमा र जस्ताको तेस्तै लेखेको देख्न गारो भयकोछ।अहिले देशभित्र जति राजनीतिक पार्टीछन उति पत्रिकाहरू छन तर सबैले आ आफ्नो हिसाब बाट लेख्छन।एउटा उनिहरूको संगठनको बुलेटीन हुनु त स्वभाबिक हो तर पत्रिकाहरू पनि उनैको बुलेटिन जस्तै आ आफ्नै नेता वा पार्टीको गुणगाणमा ब्यास्थछन।
देशमा किसानहरू पनि पार्टीका बेग्ला बेग्लैछन बुद्धीजिवी पनि बेग्ला बेग्लैछन,बिध्यार्थी पनि बेग्ला बेग्लैछन त्यस्तै पत्रिका पनि बेग्ला बेग्लैछन।सबै राजनीतिक रूपमा आ आफ्नो पार्टीमा बिभाजित छन अनि यो देशको भबिस्यको बारेमा कस्ले जिम्मालिने?कम्तिमा बुद्धिजिवी त देशको हौश पत्रकार देशको हौश त्यसो नहुँदा देश अपठ्यारोमा परेकोहो।
कुनै सार्वजनिक मुद्धा आयो भनेपनि त्यसमा खिचातानी सुरू हुन्छ एउटाले ठिकछ भनेपछि आर्काले खराबछ भन्छ।जब समाजनै राजनीति करण हुन्छ त्यो वेला देशभित्र बिकासको सम्भावना कम हुन्छ।हुनुपर्ने केहो भने पत्रकारले समाजभित्रको कम्जोरपक्ष उजगार गर्ने बुद्धिजिवीले बिष्लेषण गर्ने अनि सरकारको गलतनीतिको बिरोध गर्ने तर हुन्छ त्यसको ठिक उल्टो बिरोधका लागि बिरोध गर्ने र समर्थनका लागि समर्थन गर्ने यो अबस्थामा सत्य र तथ्य बिषय बस्तु उज्गार हुन सक्दैन।
बिगतको इतिहाशलाई नियाल्नेहो भने हामिले देख्छौँ राणाको काल वि स.१९०३देखी२००७साल सम्मको अबस्था पुरै दमन अत्याचार र निरंकूश रह्यो।त्यसपछि प्रजातन्त्रकाल केही बर्ष सम्म ढुलमूल र त्यो वेलाको बहुदलिय ब्यबस्था पनि त्यति गतिलो रहेन त्यसपछिको राजाको प्रत्यक्ष साशनमा पढ्न लेख्नलाई छुट भयपनि राजभक्तिमा आधारित थियो।राजतन्त्रको बिरोध गर्न नपाइने गरि शिक्षाण संस्था सञ्चालित थिए।त्यो वेलामा पनि राष्ट्रिय पत्रिका सञ्चालित थियो तर जस्को लाठि उसैको भैंशी भनेको जस्तै त्यो पनि भयो।नेपालको पहिलो साहित्यिक पत्रिका “सुधासागर”हो त्यसै बाट आम सञ्चार र पत्रकारिता सुरू भयको भन्निन्छ।त्यो पत्रिका साउँन विस.१९५५मा सुरूभयो तर नेपालको सबैभन्दा पुरानो पत्रिका भने”गोरखा पत्र”को प्रकासन पछि यसले नया मोड लियो।गोरखा पत्रिका प्रकाशन राणा प्रधान मन्त्री देवशम्शेरले विस.१९५८ जेष्ठ बादी२अथवा(२४बैसाख१९५८)(सन.१९०१)मा सुरू भयको इतिहाशमा उल्लेखछ।त्यसैको आधारमा बैशाख२४लाई नेपालको पत्रकारिता दिवसको रूपमा मनाउँने चल्ति चलनपनिछ।तर सांच्चै भन्दा भन्नुपर्दा नेपाली भाषाको पहिलो पत्रिका त भारत बाट प्रकाशित भयको”गोर्खा भारत जिवन”नामक पत्रिका हो भनिन्छ जसलाई मोतिराम भट्ट र रामकृष्ण बर्माले मिलेर प्रकाशन गरेका थिए।पछि मोतिराम भट्टले खोरखा पत्रको संपादन पनि गरे।
२००७साल फागुन ८गते देखून निजी क्षेत्रबाट प्रकाशित नेपालको दैनिक पत्रिका”आवाज”पनि थियो।त्यो वेला अखवारको ठुलो महत्व पनि हुन्थ्यो।भन्नुको अर्थ अहिले अखबारको महत्वछैन भनेर बुझ्नु हुंदैन अहिले पनि अखवारको ठुलो महत्वछ तर स्वतन्त्र अखबारको त झनै ठुला राष्ट्रिय आबस्याकताछ।
पहिले पहल हामि भारतमा बस्दा नेपाली लेख रचनाहरूलाई खोजि खोजि पढ्ने गर्थ्यौँ।त्यत्ति वेला सन ७७/७८तिर नेपाली जुनसुकै बिषयका पत्रिकापनी नेपालीहरूले पढ्ने गर्थे।त्यो वेला नेपालमा पञ्चायती ब्यबस्था भयकोले प्रगतिसिल पत्रिकाहरू देशमा भेट्न गारो हुन्थ्यो।भारतमा पनि बिभिन्न खाले जातिय क्षेत्रिय स्तरका संगठनहरूको घोंइचो थियो उनिहरूले कसैले पञ्चायति ब्यबस्थाको पक्षमा लेख्थे भने कुनैकुनैले घुमौरो पाराले बिरोध पनि जनाएका हुन्थे।नेपालमा बिकास नभयको र खोलामा भल आएर कयौं मान्छे बगाएको भन्दै उन्को उत्थान गर्ने र पुल बनाउँने भारतकै भूमिमा पनि नेपालीहरूको धर्मशाला बनाउँने र मन्दिर बनाउँने जस्ता लेख रचना र दन्ते कथा हालेर श्रमजिवीको बिचमा पुगेका तमाम ब्याक्तिहरूलाई खालि फर्काएनौँ सम्भव सहयोग गरेर पठायौँ।
त्यो वेला ब्यबस्थाको बिरोधमा लुकी छिपी लेखेका लेख रचना पत्रिकाहरू आम श्रमजिवी जनताले किने पढे अध्यान गरे तर उनिहरू मध्यका कयौं निजी स्वार्थका लागी जनतामा जानेर आर्थिक असूल्ने ब्यबहारले जनताको माझमा ठाउँ पाउंन त्यो वेला सन१९७९मा गठित भयको संगठनलाई ठुलो शंघर्ष गर्नुपरेको कुरा सत्यहो।आफ्नो निश्पक्षिय जनसेवाको ब्यबहारले मात्र जनताको बिचमा पाइला टेक्न सकियो।
भारतमा सन १९८१मा प्रकाशित भएको मासिक एकता बुलेटिन पनि नियमित हुन सकेन र पछि १९८२बाट यो पत्रिका जनतामा नियमित पुग्न थाल्यो।यो पत्रिकाले भारतस्थित नेपालीहरूले भोग्नुपरेको पिढालाई जस्ताको तस्तै पस्किने भयर लोकप्रिय बन्दै गयकोहो।तर पछि अन्य पत्रिकाहरू र देशमा बहुदल आएपछि नेपाल बाटपनि पत्रिका जान थाले भारतमा पनि बिभिन्न संगठन द्वौरा सञ्चालित पत्रिकाहरूले आ आफ्नै गुन गाउँन थालेपछि त्यो बिमारी सबैठाउमा पुग्यो।तरपनि भारतिय नेपालीहरूको हकमा भने नेपाली एकताले लेख्दै आएकोछ।पत्रिका बर्गिय हुनु नराम्रो होइन तर पार्टीको मात्रै गुन गाण गरेर स्वतन्त्र नाम राख्नु भने राम्रो पक्ष पनि होइन।आजको अबस्थामा आम श्रमजिवीको हितमा बहु संख्यक जनताको हिताम देशको हितमा र सबैभन्दा ठुलोकुरा सच्चाईको पक्षमा शंघर्षको खाचोछ।आफुलाई स्वतन्त्र भनेर मात्रै पुग्दैन त्यो तर्फ दिगो प्रयास हुनैपर्छ।
नेपालीहरू पहिचान बोकेको दरिलो अडान लिएर सच्चाईको वकालत गर्ने पत्रिका खोज्न अहिले भांग बालेर कुना कन्द्रामा नियाल्नुपर्ने अबस्था आएकोछ।
कृपया पत्रकारिता र पत्रिकाको गरिमालाई जिवित राख्ने प्रयास हौश भन्ने यो लेखकको मसायहो भनेर बुझ्नुहोला।

चर्चामा

सम्बन्धित समाचार