• होमपेज
  • कला /साहित्य
  • हामी वेइमान सँग पनि इमानदार छौँ-लघु कथा!

हामी वेइमान सँग पनि इमानदार छौँ-लघु कथा!

  • आइतवार, जेष्ठ ८, २०७९
हामी वेइमान सँग पनि इमानदार छौँ-लघु कथा!

सुरेशकुमार पान्डे — पहिलो पल्ट स्थानिय चुनावको उपयोग गर्दा त्यो अभदिको सेरोफेरोमा सँगठनलाई तितर बितर पारियो।कर्मचारीहरूलाई टाडा टाडा तबादला गरियो अनि संगठनमा सक्रिय काम गरेका बिध्यार्थिहरूलाई लोभाइयो उनिहरूलाई रोजगारको लोभ देखाएर आफ्नो सँगठनमा सामिल गराए अहिले तिनै उनिहरूको पार्टीका सक्रिय कार्यक्रता रैछन त्यो वेला अस्थाई मास्टरहरूलाई स्थाई गर्न उनिहरूले आफ्नो संगठनमा सामिल गरेका पुराना साथिहरू अहिले आफ्नो थाई कार्यकालपनि पुरागर्दैछन कसैले गरे।”हजूर अवसरबाद हुँनुहुँने रैनछ दाई धेरैले फाइदा उठाए!”एउटी महिंलाले भनिन् उनि पनि कुनैवेला शेषमणिले संगठित गरेकै मध्य हुंन!खै के भनौँ आ आफ्ना बिचारनै हो बैनी!शेषमणिले सरल उत्तर दियो र भाइर निस्किन खोज्यो!एकछिन त बस्नुस दाई उन्ले फेरी बस्न आग्रा गरिन उनि कुनै नौलो पार्टीको त्यँहाको नेता रहिछन अहिले सम्म धेरै पार्टी परिवर्तन गरेकी रहिछन तर भोट मलाई दिनुहोला भन्ने साहाश भने गरिनन्।उन्ले शेशमणिलाई खुबै नजिक बाट चिनेकोले होला आफुले खासै आफ्नो पार्टीको बारेमा भनिनन्।अन्य स्थानिय कुराहरू भय अनि शेशमणिले बिदा लिएर हिंडे।
मानिस उनै हुंन कोई नयां कोही पुराना लागेपनि हिंजोका बाल बालिकाहरूलाई चिन्न गारो भयो तर उनिहरू मध्यकाले कसै कसैले चिनेका थिए।उनैको बिचमा पुगेर आज शेषमणिलाई आत्म समपर्ण गरेको जस्तो आभास भयो।आखिर हामि आउँने ठाउँ त त्यही रहेछ होइनर भाई ?एकजना मित्रले कृतिम मुस्कुराउँदै ब्यांग्य कसे!उनि उनै अवसरबादी थिए जसले आफ्नो नोकरीको लागी संगठन छाडेका थिए!उन्को यो ब्यबहारले शेषमणि निशब्द भयो।उति वेला संगठन छाडेर सरकारी नोकरी पाएकोमा शेषमणिले कुनै बिरोध गर्न पनि खोजेन यो सम्झेर”कम्तिमा बिचराले नोकरी त आफ्नै देशभित्रै पायो हामि सँग गद्धारि गरेर भयपनि।”असलमा नैतिक पतन भयका ब्याक्तिले कत्तिपनि लाज मान्दो रहेनछ अहिले पनि आफ्नै जित भय झैँ चाक्लो छाती गराएर खिसिक्क दांत देखाउँदा उसलाई लाज लागेन भरू आफै शेषमणि बाटा लाग्न थाले!
हजूरको बस्ने ब्यबस्था कस्तोछ?उन्ले फेरी निजिक्कै आएर सोधे म एउटा होटेलमा बस्नेछुँ!होइन खान र बस्न निशुल्क लंगरको ब्यब्स्थाछ नि उन्ले शेशमणिको पिठ्युँमा हात राख्दै भने!मैले होटेलमानै खान्छु श्रि मान चिन्ता नगर्नुहोस् भन्दै उन्को हात पिठ्युँ बाट हटायो।यो वेला एकजना शान्ति प्रिय ब्याक्तीले भनेको यो बिचार शम्झना भयो”दुश्मनले एउटा गालामा हान्यो भने आर्को गालो थापे”(न त कसैलाई नराम्रो भन न नराम्रो सुन र न नराम्रो गर।)अहिले उनै दार्शनिकको कथा सम्झना हुंदै थियो।
हिंजो लाल किल्ला कहलाएको अहिले त्यो ठाउँमा एउटा समर्थक सम्म थिएन त्यो जन आन्दोलन पछि पञ्चायती घरमा कम्युनिष्टहरूले झण्डा गाडेको ठाउँ हो।उति वेला पञ्चायतीहरूको भागाभागी थियो तर अहिले त्यँहा एकजना पनि शेषमणिका समर्थक न देख्दा शेसमणी निरास त थियो तर हरेस खाएको थिएन।पहिलो निर्वाचनमा २०४९सालमा ब्यापक दमनका वावजुद १६०मत पाएको ठाउँहो अहिले लगभग ३० बर्षमा भने उनै वेइमान सँग आफुले इमानदारी अप्नाउँनु पर्दा मनमा कता कति चसक्क बिजायो अनि त्यो पुरानो घाटो बसेको घाउ पनि आलो भएको जस्तै लाग्यो।
बिहानै उठेर मतदान केन्द्रमा पुग्यो र आफ्नो पालोको प्रतिक्षा गर्न थाल्यो।जस्तै भोकाहरूलाई देवालीमा आफ्नो बलीको प्रतिक्षा हुन्छ”शेषमणिलाई वेइमानहरू सँग इमानदारी भनेर आफ्नो नैतिकताको बली चढाउँनु थियो।

चर्चामा

सम्बन्धित समाचार