• होमपेज
  • बाजुरा बिशेष
  • उपचार गर्ने पैसा नहुँदा बाजुराकी कुसुमकला भेरी अस्पतालको शैयामा छटपटाउदै

उपचार गर्ने पैसा नहुँदा बाजुराकी कुसुमकला भेरी अस्पतालको शैयामा छटपटाउदै

  • मङ्लबार, जेष्ठ ८, २०८१
उपचार गर्ने पैसा नहुँदा बाजुराकी कुसुमकला भेरी अस्पतालको शैयामा छटपटाउदै

बाजुरा– उपचार गर्ने पैसा नहुदा भिरबाट लडेर घाईते भएकी बाजुराको हिमाली गाउँपालिका ६ पाँडीकी कुसमकला रोकाया नेपालगन्ज भेरी अस्पतालको शैयामा छटपटाई रहेकी छन । उपचार गर्ने पैसा नभएर आफन्त नेपालगन्जमा भौतारीरहेका छन । घाईतेको उपचार गर्न धेरै पैसा लाग्ने भएका कारण उनका आफन्तहरु नेपालगन्ज भेरी अस्पतालमा उपचार रोकीएको उनका आफन्तले बताएका छन । जिल्लाको हिमाली गाउँपालिका वडा न ६ पाडीकी कुसुमकला रोकाया घाँस काट्न गएका बेला भिरबाट लडेर घाईते भएकी थिईन ।
उनको उपचारका लागि आफन्तले नेपालगन्ज भेरी अस्पतालमा लगेका थिए तर पैसा नभएका कारण उपचार राेकीएकाे आफन्तले बताएका छन । आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या भएको उनका आफन्तले बताएका छन । बिरामीलाई उपचारका लागि घरको आर्थिक अवस्था एकदम नाजुक हुँदा अहिले आईसियुमा राख्न नसकिएको उनका आफन्तले बताएका छन । उनको घरमा केही पनि छैन स्थानिय छिमेकीको सहयोगले नेपालगन्ज सम्म पुगाएको भए पनि पैसा अभावमा उनको उपचार रोकीएको आफन्तले बताएका छन ।
उनका श्रीमान गएको पौष महिनमा मृत्यू भएको र हाल निजका ४ वटा छोराछोरी साथमा छन् । कुसुमकलाको उपचारका लागि ४/५ लाख भन्दा बढी खर्च लाग्ने अस्पताल श्रोतले जनाएको छ । उनका आफन्तले घाईते कुसमकलाको उपचारका लागि सहयोगको अपिल गरेका छन । उपाचार सहयोगको लागि ईसेवा आईडी ९८६३१००६८२ र सानिमा बैंकको खाता नम्वर ०७४०११०५०००००४८ मा रकम जम्मा गरी सहयोग गर्न सकिने उनका आफन्तले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार