शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • वे-मेल होइन अपच भयो!

वे-मेल होइन अपच भयो!

  • मङ्लबार, जेष्ठ ३, २०७९
वे-मेल होइन अपच भयो!

सुरेशकुमार पान्डे — कतिपय मित्रहरूले आफुलाई पचेन भने वेमेल भनेर कराउँन थाल्छन।
यँहाहरूले राजनीतिको रौं नबुझेपछि यस्तो समस्या आउंनु स्वभाविक पनि हो।कुन वेला कुन पार्टी सँग गठबन्धन गर्ने कुन वेला कस्को भण्डाफोर्ड गर्ने भनेको देशभित्रको बस्तुगत अबस्थाले निर्धारित गर्नेगर्छ।त्यसबारेमा पार्टि भित्र छलफल पछि त्यो कार्यनीति तय गरिन्छ।आफुले अप्नाएको कार्यनीतिले देश जनता र आफ्नो पार्टीलाई फाइदा पुगोस भन्ने उदेश्यले त्यो कार्यनीति तय हुन्छ त्यो कसैलाई अपच हुन्छ अपच हुनेहरू खास गरेर उक्त पार्टीका बिरोधीहरूनै हुन्छन।अहिले उनिहरूले नेकपा मसाल र राजमो जस्तो क्रान्तिकारी पार्टीले पनि कांग्रेसको प्रचार गर्यो भनेर उपहाश गरेकाछन मुहार पुस्तिका लगायतका मिडियाहरूमा स्टाइस लेखेर उपहास गरेको भेट्टिन्छ।आखिर राजमो र मसाल के हो त्यस बारे यहांहरूले बिस्रित रूपमा बुझ्नुपर्दछ।
नेकपा मसाल एउटा अर्ध भूमिगत क्रान्तिकारी राजनीतिक पार्टीहो तर राजमो एउटा दर्ता भएको बैधानीक चुनावी मोर्चानै हो।
राजमोले राष्ट्रियता गणतन्त्र र जनजिविकाको पक्षमा लगातार शंघर्ष गर्दै आएकोछ।देशको हितमा नभयको संघियताको उदय भयदेखुन बिरोध र भण्डाफोड गर्दै आएकोछ त्यसबारेमा कयौं लेखहरू आएकाछन संघियताको बारेमा ब्यपक छलफल चल्दै आएकोछ।कुनैपनि गलत तत्वलाई सम्झिन बुझ्न देशका राजनीतिक पार्टिहरूलाई दशकौं लगेको इतिहाशछ।मात्र एउटा सम्बिधान सभाको निर्वाचनले त्यसबारे प्रष्ट पारेकोछ देशमा सम्बिधान सभाको माग भय देखि सम्बिधान सभा सम्पन्न भयको अभदि कति लामूछ त्यो कसैबाट लुकेकोछैन।राजमोले देशभित्रिएको संघियता पहिले जातिय आधारमा थियो त्यस्को ब्यपक बिरोध पछि त्यो हट्यो त्यसपछि पनि संघियताको बिरोधमा लगातार शंघर्ष गर्दै आएकोछ।अहिले पनि त्यसको बिरोध जारिनैछ संघियताले देशलाई धेरै नोक्सान भयको बारेमा अब अरू राजनीतिक पार्टिहरूले पनि मौन समर्थन गर्दै आएकाछन।उनिहरूले संघियताको बिरोध नगरेता पनि संघियताको कारण आज देशमा आर्थिक भारपरेको कुरा भन्दै आएकाछन त्यसले गर्दा संघियताको भबिस्य धेरैलामो छैनहोला।
यो ब्यबहारले त्यो दिन धेरै टाडा नहोला संघियताको बिरोधमा राजनीतिक पार्टिहरूको मिलन केन्द्र बन्नेछ।अहिले राजमोले गणतन्त्रलाई जोगाउंनको लागि प्रतिगमनको बिरूद्धमा गणतन्त्रवादी गठबन्धन बनाएर चुनावमा भाग लिंदा पनि कयौं मित्रहरूको टाउको धेरै दुखेकोछ।उनिहरूले वेमेल गठबन्धन भनेर दिनौ सरापेका हुन्छन।
आखिर उनिहरूको बिचारमा राजमोले के गर्ने?राजमो वैधानिक मोर्चानै हो देशको अबस्था अनुसार कार्यनीति तय गरेर जानैपर्छ अहिलेको अबस्था अनुसारको नीति निर्धारित गरेर पार्टीले राम्रो कामगर्दा साथिहरूलाई अपच भयो अनि लगातार बिरोध गर्न थाल्नुभयो।
के अहिलेको प्रतिगमनकारी शड्यन्त्रको बिरोध र भण्डाफोर्ड गर्ने कर्तव्य साथिहरूको होइन?प्रतिगमन भैसकेपछी रगतको खोलो बगाउंने?देश भित्र लगातार बिगतका दिनहरूमा भयको प्रतिगमन बाट शिक्षा किन न लिने?एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको यो वेला कस्तो भुमिका हुँनुपर्ने हो?याबत बिषयको उत्तर आवेगमा होइन विवेकले खोजौं।
लगातार नेकपा मसाल र राजमोलाई बद्नाम गरेर क्रान्ति सम्पन्न हुन्छ र ?अहिलेको अबस्थामा के गर्नुपर्छ भन्ने बारे आ आफ्नो राजनीतिक बिष्लेशण गरेर मैत्रिपुर्ण तरिका बाट आफ्नो विवेकलाई प्रयोग गरेर मात्र लेखौं।हामिले आकास तर्फ थुक्यौंभने निश्चित रूपमा त्यो थुक आफ्नै उप्र पर्नेछ।
बिगत बर्ष पुसको पांच गते सम्म देशको अबस्था कस्तो थियो र त्यसपछिको गठबन्धन सरकार न बन्दा सम्म देशको अबस्था कस्तो बन्यो?ओलिले लगातार प्रतिगमनको अभ्यास गरेका थिए।त्यो वेला गरेको ओलिको कदमलाई प्रतिगामी कदम पनि भन्ने अनि उस्लाई हटाउँन गठबन्धन हुनु गलत र वेमेलपनि भन्ने किन र कसरी वेमेल भयो?देशभित्रका राजनीति गणतन्त्रको हितमा बन्ने कुनैपनि गठबन्धन गलत र वे मेल हुंदैन।देशको सम्बिधान बिभिन्न पार्टीहरू मिलेर बनाएका हुन गणतन्त्र बिभिन्न पार्टिहरूको योगदानमा आएअओ हो।
गठबन्धन भन्दा पहिले र त्यसपछिको अबस्ता कस्तोछ यि सबै बिषयको अध्यायन गरेर बिगत र बर्तमानको राम्रो शमिक्षा गरे थुप्रै मानिसहरू शिक्षित हुंने थिए तर यंहा त एकले आर्काको बिरोध मात्रै गर्ने परमपरानै बस्यो।बिरोधका लागि बिरोध गर्नेहरूलाई जुनसुकै अबस्थाको पनि बिरोधनै गर्छन।
एउटा गणतन्त्रवादीले आर्को गणतन्त्रवादी लाई साथ दिनु भनेको वेमेल हुंदैन बरू कतिपयलाई त्यो अपच भयो त्यो छुट्टै कुराहो।
अहिले यदि इमानदारिता सँग निर्वाचन सम्पन्न भयकोछ भने गठबन्धनले प्रतिगामि तत्वलाई नराम्रैगरि पच्छार्नेछ।तर त्यो गठबन्धनको इमानदारितामा निर्धारित हुंने बिषयहो।
अहिले ठाउँ ठाउमा एमाले र कांग्रेसको बिचमा झड्पहरू पनि भयको समाचार सुनिन्छ।चुनाव भनेको एउटा बुजुर्वा प्रजातन्त्रको लागि रिढ मान्निन्छ।आफैले बनाएको आचार संहिंन्ताको उलंघनगरेर जित हासिल गर्न खोज्नुलाई सहि भन्न सकिदैन।मानिसहरूलाई धम्कि दिने डर देखाउंने गरेर मतदान गर्न लगाउँनु गलतहो।पैसा बांट्ने मदिरा र मासुको भोज ख्याउँनेहरूले त्यो पैसा कताबाट ल्याउँनेहुन?बरू उनिहरूले जनतालाई शिक्षा दिएर भोट हाल्न लगाउँथे भने मत धेरै बदर हुंनबाट बच्ने थियो।
बरू अहिले निर्वाचनमा धेरैजसो मत बदर हुंने सङ्केत मतपत्र हेर्दा देखिन्छ।देशमा करिव एक करोडको हाराहारीमा जनतालाई पाखा लगाएर हुने निर्वाचन एक प्रकारले अधुरोनैहो।अहिलेको निर्वाचनमा पनि परदेशिहरूलाई मतदान बाट वांचित गरियो यो देशको लागि नराम्रो संकेतनैहो।सर्वोच्चको फैसला समेतेलाई लत्ताएर आफु बसेको ठाउं बाट मतदान गर्न पाउँने अधिकारलाई लत्यायर गरेको निर्वाचन अधुरा निर्वाचननै हो।
एकातिर गाउँमा रक्सि घोकेका यत्रतत्र पल्टिएका र रक्सिका दोकानहरू खुल्लै देखिए आर्को तिर मतदान गर्न जाने यातायात समेतलाई रोकेर टाडा बाट मतदान दिन जानेहरूलाई सरकारले सास्तिदिएकोछ।यात एक दिन पहिलेनै जाने वा आर्को दिन हिंड्दै जाने अबस्था सिर्जित भयपछि हामी स्वायम पनि एक दिन पहिले मतदान गर्ने ठाउँमा गएर होटेलमा बासा बसियौं। राजनीतिक पार्टीहरूका आ आफ्ना बांटिएका कार्यक्रता समर्थक बाहेक मात्र कतै नलागेकाहरूलाई तानातान गरेर फकाउँने र आ आफ्नो फन्दामा पार्ने समेत गरेको देखिन्छ।
अहिलेका मतदाताहरू पहिलेका भन्दा शिक्षित छन उनिहरूले आफै मतदान आफ्नो हिसाबले गरेकाछन।चुनाव र गठबन्धनलाई कसैले पनि रणनीतिक रूपमा न लेंउ।हामिले मतादान गरेको बुथमा बिभिन्न पार्टिका मानिस भयपनि सब्य रूपमा मैत्रिपुर्ण तरिका बाट मतदान सम्पन्न भयो।यो धेरै राम्रो ब्यबहारहो जुनसुकै पार्टिले पनि आर्को पार्टि सँग सहकार्य गरेको देख्दा खुसि लाग्यो।
हिंजोका कटर बिरोधीहरू आज मैत्रिपुर्ण प्रतिसप्रदा गरेर गयको राम्रैहो।हामिले सधैभरी कोरा क्रान्तिकारी गफमात्रै गर्नु गलतहो।
एउटा कम्युनिष्ट क्रान्तिकारी पार्टीले कति वेला को सँग मिलेर जाने कस्को बिरोध गरेर जाने त्यो सामन्य कुराहो।यसबारे कसैलेपनि आफ्नो टाउको दुखाउँनु पर्दैन यदि त्यसोगरिन्छ भने त्यो राजनीति अपरिपक्तानैहो।अहिले कोरा र अतिरञ्जित क्रान्तिकारी धाग लगाएपनि भोलिको दिनमा गर्ने यहीनैहो।जब सम्म क्रान्तिकारी आधार र मनस्थिती तैयार हुंदैन त्यो वेला सम्म सुधारवादी कार्यक्रमलाई पनि अन्देखी गर्नु हुंदैन।अहिले पनि क्रान्तिको आधारभूत बर्ग खान र लगाउंनमै क्रान्तिको बिरूद्धमा ढाल बनेर आउँने गरेकोछ।जबसम्म क्रान्तिकारी बर्गले क्रान्तिको बागडोर छोपेर आन्दोलन हांक्दैन तबसम्म यि चर्का भाषण र नाराहरूले सार्थकता पाउँदैन।यो बुजुर्वा ब्यबस्था भित्रको आन्दोलन बिस्तारै आधार तैयार पार्ने खालका हुन्छन।
सम्पुर्ण क्रन्तिकारीहरूले बुझेर अहिले पार्टीले अप्नाएको कार्यनीतिमा सबैमित्रहरू ढुक्क हुनुपर्छ।
सबै कार्य परिस्थितिनुसार निर्धारितर गरिन्छ र सफल पनि हुन्छन भोलिको दिनहरूमा क्रान्ति पनि समपन्न हुनसक्छ।अहिले राजमोले अप्नाएको नीतिलाई वेमेल गठबन्धन आदि भनेर उपहाश गर्नु भन्दा बरू पार्टीले अप्नाएको नीति आफुलाई अपच भयको बुझ्नुपर्छ।मिथ्य क्रान्ति क्रान्ति भनेर चिच्याउँनु भन्दा मैत्रिपूर्ण राजमोको कार्यप्रणालि बारे छलफल गर्ने आंट राखौँ।
लेख्दा लेख्दै!
निर्वाचनको द्वारानमा भयका केही घटनाहरू निम्नछ।
अहिलेको निर्वाचनमा कतिपय ठाउंमा बुथ क्यापचर गर्ने र कतिपय ठाउँमा धन बांट्ने काम पनि भएकाछन,भने स्यांङ्जामा मतदाता लिएर गयको बस दुर्घट्ना हुंदा २१जनाको मृत्यु भयको दुखद् घटना घटेकोछ त्यसबारे सत्य तथ्य बिबरण आउँन यो लेख लेख्दा सम्म बांकीनै थियो।मृतक प्रति हार्दिकश्रद्धाञ्जली र सोक सन्ताप परिवारजनप्रति हार्दिक सोक सम्बेधनाछ उक्तघटनाको उच्च आयोगद्वारा छानबिन गरेर दोशिलाई कार्वाही र दुर्घटनामा परेकाको आश्रितलाई उचित मुवाब्जाको माग पनि गर्दछुँ।
अन्य ठाउँको निर्वाचनको पुर्ण बिबरण भने आउँन बांकिनैछ।

चर्चामा

सम्बन्धित समाचार