शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • मार्क्सवादले के भन्छ!

मार्क्सवादले के भन्छ!

  • बिहिबार, बैशाख ३०, २०७८
मार्क्सवादले के भन्छ!

सुरेकुमार पान्डे —हिँजो जस्तो थियो आज उस्तै छैन,आज जस्तोछ भोलि त्यस्तै नरहन सक्छ।यो चराचर जगत सदियौँ देखुन परिवर्तनसिलछ।
यही नियम समाजकै लागि पनि एकदम सत्यहो।एकजना ब्याक्ति आमाको काख बाट समाजमा पुग्छ त्यो बेला उस्ले सामाजिक घटनाहरु सँग प्रतिसप्रधा गर्न थाल्छ।हिँजो आमाको काखमा भयको बालख आज समाजलाई हाँक्न सक्ने जुझारु भएको हुन्छ।राजनीतिक पार्टीहरुलाई मुल्यङ्कन गर्दा पनि हिँजो जस्तो थियो आजपनि उस्तैछ भनेर ठोकुवा लगाउँनु हुँदैन।एउटा राजनीतिक पार्टीले कतिबेला को सँग एकता सहकार्य,र समर्थन गर्नु पर्छ भन्नेकुरा त्यो राजनीतिक शक्तिको कार्यानैतिक प्रश्नहो।त्यो जुनसुकै अबस्थामा पनि पार्टीको नीतिलाई मान्नेछौँ भनेर पार्टीले निर्णय गर्छ त्यही अनुसाशन तल सम्म लागुहुँन्छ।पार्टीको नियम बिपरित जानु भनेको पार्टी अनुसाशनको बिरुद्ध जानुनैहो त्यसकालागि पार्टीले कार्वाही गर्छ र गर्नुपनि पर्दछ।हामि जुनसुकै पार्टीमा लागेपनि मनोमानी गर्ने छुट एउटा प्रतिकृयावादी पार्टीमा पनि बैधानिकरुपमा नियम हुँदैन।
अनुसाशन मा रहेर आफुले छलफल चलाउँने अधिकार सबैलाई छ र हुँनुपनि पर्छ।तर पहिलो सर्त भनेको केन्द्रियताहो।बागलुङ्को बिषयमा पनि त्यहि कुरा सत्यहो,त्यँहाको अबस्थाको बारेमा माथि केन्द्रमा लेखित मौखिक रुपमा राख्ने अधिकार शुरक्षित थियो तर केन्द्रियसमितिले गरेको निर्णयलाई कार्यारुप दिने उनिहरुको पहिलो क्रतब्यहो।आफ्नो मन जेलाग्यो त्यो गर्नपाउँने छुट कसैलाई पनि छैन र हुँनुहुँदैन पनि।अहिलेको अबस्थामा उनिहरुले पार्टीको नीति र निर्देशनलाई कडाईका साथ लागु गरेर त्यँहाको अबस्थाको बारेमा माथिल्लो समितिमा जानकारी गराउँन सक्नु पर्थ्यो।आज पार्टीमा जनवाद र केन्द्रियताको सन्तुलन डगमगाएको देखिन्छ।राजमोलाई अहिले अरु कम्युनिष्ट भनौदालाई हेर्ने जस्तो दृष्टीकोणले हेरिदैन।एउटा निस्वार्थ निस्कलङ्क र स्वच्छ छबिरहेको भनेर प्रसन्शा गर्दै आएको बेला,जनताहरुले राजमोलाई राजनीतिक बिकल्पको रुपमा हेरेको बेला बाग्लुंगका सासदहरु बाट यस्तो घृणित संदेश आउँदा हरेक पार्टीका सदस्यहरुलाई चुभ्नु स्वाभाबिक हो।
यस्तो पटक पटक किन हुँन्छ?यात कार्याक्रताले मनोमानि गर्छन,उनिहरु बावनामा बग्छन,वा केन्द्रले त्यँहाको अबस्था अनुसारको निर्णय गर्न सकेको हुँदैन।तरपनि त्यँहाको मात्रै बस्तुगत अबस्थाहेरेर राष्ट्रीयस्तरको नियम त बनाउँन सकिदैन।नियम भनेको कार्याक्रातानुसार होईन नीयम भनेको अबस्थानुसारको हुँनुपर्छ र पार्टीले त्यहीअनुसार गय्रो।
दश किलो मिटरको एउटा बिधुतिय तार छिन्नको लागि जाँति कम्जोर हुँन्छ त्यँहि बाट क
टुक्रिन्छ।अन्तिम ठाउमा फल्ट पय्रो भने उस्को वैग बैईटिङ झड्का त्यो ठाउँमा पर्छ र तार टुक्रिन्छ।त्यही पर्कारले पार्टीले गरेको निर्णयपनि त्यो ठाउँमा पुग्दा दुबिधामा पुग्छ जुन ठाउँमा कम्जोरछ।कम्जोरको अर्थ एउटा मात्र बुझ्नु हुँदैन,जुनसुकै रोग भयपनि त्यो त्यहिठाउँमा वार गर्छ।अहिलेको राजनीतिक अबस्था पनि त्यहिहो भनेर बुझ्नुपर्छ।
अहिले राजमोका कृणथापालाई राजमोले संसदिय दलको नेताबाट कार्वाही गरेको खबरछ।कयौँले उन्ले धन कुम्लाए भनेर आरोप लगाएकाछन त्यो भन्ने ठाउँ पाएर भनेकाहुँन।भन्ललाई जेसुकै भनेपनि प्रमाण बिना कामलाग्दैन तर थोरै ग्याब भयपछि बिभिन्न संका उब्जिनुलाई अस्वभाबिक भन्न पनि सकिदैन।जेहौश पछिका दिनहरुमा त्यो पनि प्रस्ट हुँदैजानेछ।
उन्ले मैले एक सुक्का लिएको प्रमाणित भयको खण्डमा मलाई चित्र बहादुरले गोलि ठोक्न सक्छन पनि भनेर चोख्खिन खोजेकाछन।तर मानिशले हेर्ने भनेको ब्यबहारनै हो।उन्ले एक सुक्का नलिएको पनि होला तर पार्टीले उनिहरुलाई दिएको निर्देशन केहो भने सरकारको बिपक्षमा मतदान गर्ने।त्यसमा उनिहरु चुके।हुन सक्छ उनिहरुका थुप्रै स्थानिय समस्याहरु।तर पनि त्यो बिषय छुट्टैहो।
कम्युनिष्ट पार्टीको अनुसाशन लोह हुन्छ भन्नेकुरा उनिहरुलाई थाहा नभयको पनि होईन।स्थानिय लेबलमा हजारौँ समस्या भयपनि पार्टीको निर्देशनको अगाडि ति गौण बन्दछन।मार्क्सवाद-लेनिनवादी सिध्धान्तमा बस्न त्यति सजिलो कुरापनि हुँदैन।मन मर्जि गर्न पाउँने छुट,आफुलाई ठिक नलागेपछि जँहा कहि पनि असन्तोष्टी पोख्नुपनि अनुसाशनको बिरुद्धमा हुँन्छ।उनले एक सुक्का नलिएपनि उन्ले पार्टीको अनुसाशनको खिल्लि उडाएपछि कार्वाही अनिवार्य हुँनजान्छ।किन भने उनि पार्टीले जिताएर पठाएका प्रतिनिधिहुँन पार्टीले जिताएपछि पार्टिकै निर्देशन नमानेर आफ्नो मनोमानी गर्दा पार्टी मौन रहन्छ भने पार्टीनै दुषित हुँनजान्छ।अहिलेको बाग्लुंग यो गतिबिधी दुर्भाग्यापुर्ण त छुँदैछ घृणित र अनुसाशन बिहिन पनि छ।
माथिल्लो निर्देशनलाई कार्यान्वयन गरेर आफुलाई चित्त नबुझेका बिषय बस्तुलाई पटक पटक छलफलमा लिएर जान सक्किन्थ्यो।उनिहरुले त्यसो नगरेर आफुलाई लाग्यो त्यही पार्टी निर्णयको बिरुद्धामा गरे त्यो गलत हो।
कम्युनिष्टको बिउलाई बचाउँनेहो भने नियमलाई कडाईका साथ पालना गरेर जानुपर्ने हुँन्छ।हामिले ईतिहाशमा कसै सँगपनि तालमेल गरेर समर्थन गरेर वा सहकार्य गरेर जानेबिषयलाई,र चुनावमा जाने नजाने बारे कार्यनीतिको रुपमा बुझ्नुपर्छ।कसैले हिँजो के गर्यो भन्दा पनि कसैले आज केगर्दैछ।देश र जनता सँगै पार्टीको हित कसरी हुँन्छ भन्नेबारेमा आफ्नो राजनीतिक लाईन सम्पष्ट पारेर जान सक्नु पर्दछ।

चर्चामा

सम्बन्धित समाचार