मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • स्याउ किन्ने व्यापारीलाई क्वारेन्टाइन अनिवार्य

स्याउ किन्ने व्यापारीलाई क्वारेन्टाइन अनिवार्य

  • बुधबार, भदौ १७, २०७७
स्याउ किन्ने व्यापारीलाई क्वारेन्टाइन अनिवार्य

जोमसोम : स्याउ उत्पादनले प्रसिद्ध मानिएको हिमाली जिल्ला मुस्ताङमा यसवर्ष फलेका स्याउ बिक्री गर्न कनि भइरहेको छ। स्याउ किनका लागि आउने जिल्ला बाहिरका व्यापारीलाई अनिवार्य क्वारेन्टायनमा राखिने भएको छ।

जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समिति मुस्ताङको गतसाता बसेको बैठकले यस्तो निर्णय गरेको हो। जिल्लालाई कोरोनामुक्त कायमै राख्नका लागि व्यापारीलाई क्वारेनटाइनमा राख्नुपर्ने नियम बनाइएको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन्।

स्याउ बगैँचा अवलोकन गर्न, बैना गर्न, स्याउ लिन आउने व्यापारीहरुलाई स्याउ बगँैचा धनीको सिफारिसका आधारमा वडाको सिफारिसमा स्थानीय प्रशासनले मुस्ताङ प्रवेशको अनुमति दिइने व्यवस्था गरिएको प्रजिअ अधिकारीले बताइन्।

।सीसीएमसीको निर्णय अनुसार स्याउ व्यापारी मुस्ताङ आउँदा उनीहरु बस्ने क्वारेन्टाइनको निगरानी वडा र स्याउ धनीले गर्नुपर्ने छ। व्यापारीले भौतिक दूरी कायम गरी बैगैचा अवलोकनदेखि खरिदका लागि छलफल गर्नु पर्ने प्रशासनले जनाएको छ।

स्याउ टिप्नलाई सकभर जिल्ला भित्रकै कामदारलाई लगाउने त्यो सम्भव नभए बगैचा धनीको निवेदनका आधारमा वडाले कामदारको सिफारिस गर्ने र त्यसलाई प्रशासनले सहजीकरण गर्ने बताइएको नियम बनाइएको छ।
मुस्ताङमा स्याउ बगैचा हेर्न तथा स्याउ किन्नका लागि धादिङ, रुकुम, कास्की, म्याग्दी, बाग्लुङ, पर्वत लगायतका व्यापारी मुस्ताङ आउने गर्छन्। स्याउ तयार हुने एक महिनाअघि देखि नै व्यापारीको मुस्ताङमा चहलपहल हुने गथ्र्यो। विगत वर्षमा तीजताका आउने स्याउ व्यापारी आएका छैनन्।

कोरोना माहामारी र बेनी—जोमसोम सडक अवरुद्ध भएका कारण व्यापारी मुस्ताङ आउन नसकेको टुकुचेका स्याउ किसान राजन शेर्पाले जानकारी दिए।
गत वर्ष मुस्ताङ जिल्लाबाट ६५ सय मेट्रिकटन स्याउ जिल्ला बाहिरिएको थियो। जसबाट मुस्ताङले ६५ करोड रुपैयाँ आम्दानी गरेको स्याउ जोन मुस्ताङका प्रमुख माधव लम्सालले जानकारी दिए।

मुस्ताङको मुख्य आम्दानीको श्रोत भनेकै कृषि र पर्यटन व्यवसाय हो। कोरोना महामारीका कारण विश्वनै ठप्प भएका कारण यहाँको पर्यटन सुकेको छ। कृषिक्षेत्र मध्येको मुख्य बाली स्याउ बजारिकणमा समस्या देखिने चिन्ताले मुस्ताङका किसानलाई पिरोलेको छ।

अधिल्ला वर्ष मुस्ताङमा उत्पादित २० प्रतिशत स्याउ जिल्लामै खपत हुने गथ्र्यो। यसपटक जिल्लामा पर्यटक नआउने अवस्था नरहेकाले पूरै स्याउ बाहिर बिक्री गर्नु पर्ने चुनौती देखिएको मार्फाका किसान दिपक लालचन बताउछन्।

पछिल्ला वर्ष मुस्ताङमा स्याउ खेतीमा आकर्षण बढिरहेको छ। २ वर्षअघि मुस्ताङमा एक हजार रोपनीमा विस्तार भएको स्याउ बगैचा अहिले १ हजार ५ सय हेक्टर भन्दा बढीमा विस्तार भइरहेको कार्यालय प्रमुख लम्साले बताए।

मुस्ताङका ५ वटै स्थानीय तहमा स्याउ खेती विस्तार भइरहेको छ। यहाँका मुख्य स्याउ उत्पादनको क्षेत्र थासाङ, घरपझोङ र वारागुङमुक्ति हुन्। जहा े सय हेक्टर जमिनमा स्याउ उत्पादन हुने गर्छ।

जिल्लाको लोमान्थाङ गाउँपालिकामा यसै वर्षदेखि उच्च घनत्वको स्याउ खेती विस्तार भएको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिकामा गतवर्षदेखि स्याउ खेती विस्तार भएको लोघेकर गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार