शुक्रबार, बैशाख १४, २०८१

सपना!(कथा)

  • मङ्लबार, असार २३, २०७७
सपना!(कथा)

 सुरेशकुमार पान्डे। हाम्रो जिन्दगी त जसरी तसरी यस्तैपनि कट्यो।छोरा छोरीलाई राम्रो शिक्षा दिन सके गरिबका बच्चापनि डाक्ट्र ईञ्जिनियर बन्न सक्छन!शुभमले आफ्नो थकाई मेटाउँन दिब्य सपना प्रयोग गरेको थियो।

उस्ले सिला तिर हेर्दै पछ्याउरीले पसिना पुच्दै भन्यो।तपाँईपनि दिन रात यहि सपना मा डुब्नुहुँन्छ!भन्दै खिसिक्क हाँस्छिन।आखिर कस्को चाहाना हुँदैन बच्चाहरु डाक्टर ईञ्जिनियर बनाउँने,राम्रो पर्वरिश गर्ने।शुभम र सीलाका पनि तिनौटा बच्चाहरु छन।शुभमले एउटा कम्पनिमा मज्दुरी गर्थ्यो,सीलाले घरमै आफ्ना बाल बच्चाको सुसार गर्थिन।आफुहरु दुबै अनपड भयपनि छोरा छोरी लाई उच्च डिग्रि दिलाउँने सपना देख्थे। खाई नखाई जसरी तसरी छोरा छोरी लाई स्कुलमा भर्ना गराए।जब बच्चाहरुले स्कुलको ड्रेश लगाएर हिँड्न थाल्थे शुभमको छाति चौडा हुँथ्यो,उ अपार खुसि हुँन्थो।उस्ले सदै भरी आफ्ना बच्चाले खेल कुद लगायतका सबै कार्याक्रममा भाग लिए हुँनेथ्यो भन्नेगर्थ्यो।

शुभमलाई कसैले ईनामको पेन्सिलनै दिएपनि त्यसलाई अमूल्य ठान्थ्यो।र आफ्ना बाल बालिकाले पनि यस्तै ईनाम ल्याउँन भनेर कल्पना गर्थ्यो।उँनिहरु लाई अनपढ हुँनुको पिडा थाहा भयरै होला कसैलाईपनि शिक्षित बन्ने सल्हा दिन्थे। शुभम सानैमा परदेशको बाल मज्दुर बन्नुपर्दाको मुटुभरी पिडा थिए।आफुले जस्तो पिडा आफ्ना छोराछोरीले भोग्न न परोश भन्दै दिनरात मज्दुरी गरेर भयपनि बच्चाहरुलाई स्कुलमा भर्ना गरेका हुँन। उनिहरुले ति बच्चाहरुको आँखा छलेर केहि खाने गरेनन।लामू समय सम्म मज्दुरी गर्दा र कहिले भरपेट खाने कहिले नखाने गर्दा शुभमलाई कयौँ रोगहरु लागेका भयपनि उ कहिले निराश र हताश भने भैन।आफु बिमार भयपनि छोराछोरीलाई कष्ट होला भनेर उस्ले भन्दैनथ्यो।जसरी तसरी आर्थिक अबस्था लाईपनि सन्तुलित राखथ्यो।

बच्चाहरुपनि पढाईमा अब्बलनै थिए।तर शुभमले चाहेको जस्तो रिजल्ट न आउँदा अगाडिको पढाईमा आउँने समस्या ता थियोनै।किनकी आज शिक्षाको प्रदिशप्रधा मा धनीहरुका बच्चाहरुलाई जस्तो फैसलटी गरिबले दिन पनि त सक्दैनन।जेहौश डाक्ट्र ईञ्जीनियर बनाउँन नसकेपनि राम्रो सरकारी जागिर लगाउँने सपना देख्न थाल्यो।छोराहरुले आफ्नो बुढेशकालमा लाठि बनेर सहरा ता कसो नदेलान त्यो ता संकानै थिएन।उस्ले दिनरात यस्तै सपना देखदा देख्दै दिनहरु कतिछिट्टै बिते पत्तै पाएनन।मनले सोच्छ मुडा बञ्चराले ताक्छ घुँडा भने झै।छोरा छोरी जवान भै सके को पत्तै लागेन।अब छोरा ठुलो भयो बिहे गर्नपाए हुँथ्यो?भन्दै सिलाले शुभम सँग सल्हा गर्दा बल्ल शुभम झसँङ्गीन्छ।होर त्यो त मैले सोचेकै थिएन!भन्दै जवाफ दिन्छ।अब उनिहरुले छोराको बिहेका सपना देख्न थालि सकेका थिए।हालात यस्तै धेरै प्रतिकुल भयो कि अब ता छोरालाई चप्रासीको नोकरीपनि लगाउँन नसक्ने अबस्था आयो।मान्छेले योजना बनाउँदा कम्तिमा पच्चिस बर्षको अगाडिको मुल्यांकन पहिले गरेर योजना बनाउँनु पर्ने रैछ।

जनतन कम्पनिहरुमा केहि स-साना जाबमा लागे।अब छोराहरुको बिहे पनि गराए जसरी तसरी गराए।अब बिहेता भयो दुई भाई मिलेर काम गरेछन भने ता राम्रै हुँन्थ्यो!शुभमले निदार खुम्चाउँदै सिला तिर हेरेर भन्छ।हो नि त्यो ता कसो नमिल्लान र दुईभाई पनि?सिलाले प्रतिप्रश्न गर्छिन।मिलेछन भने आफ्नै केहि काम खोल्नु पर्ला नोकरीको त अब सपना नदेखेपनि हुँन्छ!शुभमले निरास भए झैँ गरेर भन्छ।हो सबैले जिवन काटेकै ता हुँन्छन हाम्रा छोरा छोरीपनि अनपड छैनन!आफ्नो बुरा भला जान्न सक्ने क्षामता छ!भन्दै सीलाले शुभम तिर हेर्छिन।उन्को बिचारमा बिष्वशनिय झल्किएपनि शुभमको मन ले दिलाशा दिएको जस्तै मान्यो। हो सबै जन्मिएका धर्तिमा ताते सर्छन ठुला हुँन्छन बैँस आउँछ हामि जस्तै बुढा बुढी हुँन्छन अनि एकदिन मर्छन।त्यो ता सत्यनै हो तर कसरी बाँच्छन यो उनिहरुको ब्यबहारमा पनि ता भरपर्छ।होईनर?शुभमले प्रश्न गर्छ!हो हुँनता!भन्दै सीला उठेर भाईर तिर लाग्छिन।भाईर बुहारीहरुको आपसमा तना तनि हुँदै थियो।उनिहरुको लडाई पनि स्वतन्त्रताको थियो।

भनिन्छ जिवन साथि शक्षेम छ भने घरलाई स्वर्ग बनाई दिन्छन यदि असक्षेम छ भने घर लाई नर्क बनाई दिन्छन। आखिर यो जिन्दगी शंघर्ष ले भरीएको एउटा सफर ता हो, होईनर?शुभम र सीलाले देखेको सपना कुन चाँही पुरा भयो त?बुहारीका कुराहरु सुनेर छोराहरुको बिचमा निराश्यता छाएको देख्दा अब बुढा बुढिले आफ्नो शेष जिवन कस्को सहारामा बाँच्ने यो सपना देख्न थाले।सपना कस्को कहिले पुरा हुँन्थ्यो र तर बिना सपनाको पनि ता भबिष्य छैन।शुभमले सीला बुहारीहरुको कचकच सुनेर फर्केपछि एकले आर्काको अनुहारमा आउने भबिष्यको अर्को प्रतिबिम्ब खोज्छन।७-०७-२०२०, (यो कथा कालपनिकहो कसैको निजी भबिश्य र नाम सँग मिल्न गयमा सयोग मात्र हुँनेछ।कथा कस्तो लाग्यो पढेर सुझाब दिन नभुल्नु होला)

चर्चामा

सम्बन्धित समाचार