शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • गाँउभरीका महिला छाउगोठमा, छाउगोठ मुक्त घोषणा नारामा सिमित

गाँउभरीका महिला छाउगोठमा, छाउगोठ मुक्त घोषणा नारामा सिमित

  • शनिबार, बैशाख २१, २०७६
गाँउभरीका महिला छाउगोठमा, छाउगोठ मुक्त घोषणा नारामा सिमित

बडिमालिका समचार
बैशाख, २१ बाजुरा
बडिमालिका नगरपालिका १ का अध्यक्ष राम बहादुर कार्की, २ का अध्यक्ष डम्मर महत, ८ का अध्यक्ष प्रकाश रावल र ७ का अध्यक्ष धर्मराज पाध्याय बस्ने गाँउ र वडाका महिलाहरु छाउगोठमा बस्दै आएका छन् ।
राम बहादुर कार्कीको गाँउ सल्लेना हो । उनको गाँउमा १ सय ११ परिवार बस्दै आएका छन् । सबै महिलाहरु महिनावारी भएको बेला छाउगोठमा बस्ने गरेका छन् । प्रकाश रावल बस्ने गाँउ र वडाका महिलाहरु पनि छाउगोठ बस्दै आएका छन् । त्यस्तै धर्मराज पाध्याय बस्ने रजातोली गाँउमा १ सय १५ परिवार बस्दै आएका छन्, सबै बाह्रमण जाति बस्छन्, महिनावारी भएको बेला सबै महिलाहरु छाउगोठमा बस्ने गरेका छन् । रजातोली गाँउमा २४ जना स्थायि, अस्थायि कर्मचारी र २ जना जनप्रतिनिधि छन्, तिनिहरुका महिलाहरु पनि महिनावारी भउएको बेला छाउगोठमा बस्दै आएका छन् ।
बडिमालिका नगरपालिका २ मा पनि छाउपडि गोठमा बस्दै आएका छन् । गोठ थोरै छन्, प्रथा चाहि रही आएको अध्यक्ष डम्मर महत बताउँछन् । नगरपालिकामा सामाजिक कुरिति उन्मुलन गर्नका लागि नियम कानुन बनाउने र नियगमन गर्ने वडा अध्यक्षको गाँउमै नै छाउपडि प्रथाले जरो गाडदै आएको छ, कसरी परिर्वतन हुन्छ एक स्थानियले वताए । बडिमालिका नगरपालिका ३, ४, ५ र ६ छाउपडि गोठमुक्त घोषणा भइसकेका छन् । वडा नम्बर १, २, ७ र ८ मा भने निकै ग्राहो भएको उपप्रमुख कबिता बिष्टले वताईन् । वडा नम्बर ९ भने घोषणा हुने अन्तिम चरणमा रहेको उनले वताईन् । ती वडामा पनि चेतनामुलक कार्यक्रम गर्दै आएको वताईन् ।
बडिमालिका नगरपालिकाले छाउपडि गोठ घोषणा अभियान सञ्चालन गर्दै आएको छ । यी गाँउमा भने अझै महिलाहरु छाउगोठमै बस्ने गरेको स्थानियले वताएका छन् । नगरपालिकाले अभियान सञ्चालन नगरेको हैन्, महिला सँग उपप्रमुख कार्यक्रम र सामाजिक कुरिति अन्त गर्नका लागि युनिसेफले पनि यसैमा लगानी गरेको छ । तर छाउगोठ मुक्त गर्न निकै ग्राहो भएको महिला शाखाकी प्रमुख केशरी रोकायाले वताएकि छन् ।
सामाजिक कुरित अन्त गर्नका लागि बडिमालिका नगरपालिका मात्र नभई गैरसरकारी संस्थाको पनि सहयोग रहेको छ । महिला सँग उपप्रमुख कार्यक्रमलाइ कार्यन्वयन गर्न अभियान चलाउन महिला शाखाकि प्रमुख केशरी रोकाया, वडा नम्बर ८ कि सचिब तथा साहयक महिला विकास निरिक्षक बिन्दु वडाल र वडा नम्बर ९ कि सचिब तथा साहयक महिला विकास निरिक्षक शोभा शाहि चेतना मुलक कार्यक्रम सञ्चालन गर्न वडा वडामा पुगीरहेकी छन् । उपप्रमुख पनि त्यो अभियानमा बिभिन्न चेतना मुलक नारा लिएर गाँउ दौडिरहेको देखिन्छ । तर यी ठाँउमा भने उपलब्धि शुन्य जस्तै भएको स्थानियको आरोप छ ।
लगानी धेरै छ, कार्यक्रम पनि छन्, त्यसको प्रतिफल भने न्युन रहेको वडा नम्बर ८ का अध्यक्ष प्रकाश रावलले वताए । कार्यक्रम गर्छन्, लेखामा यसो काजगी रीपोट तयार हुन्छ, तर त्यसको प्रभाबकारीता, अबस्थाको बारेमा कहिल्यै छलफल र योजना नभएको उनको आरोप रहेको छ । वडा नम्बर ७ का अध्यक्ष धर्मराज पाध्यायले भने अभियान त चलाएका छौ, अलीकति उन्मुलन गर्न समस्या भएको वताए ।
जिल्ला प्रहरी कार्यलय बाजुराको तथ्याङ्कमा बडिमालिका नगरपालिका १, २, ७ र ८ मा छाउगोठ रहेको जनाएको छ, अन्य कुनै पनि वडा एउटा पनि छाउगोठ नरहेको प्रहरीले जनाएको छ । बुढिन्नदा नगरपालिका ९ पाण्डुसेनमा पौाष २४ गते छाउगोठमा अम्मा बोहारा सहित उनका दुई छोराको मृत्यु भएपछि छाउपडि प्रथा उन्मुलनका लागि बिभिन्न कार्यक्रम भएपनि यी गाँउहरु भने केही परिवर्तन आएको छैन् ।
सर्वोच्च अदालतले २०६२ सालमा बैशाख १९ गते छाउपडि प्रथालाई कुरीति घोषणा समेत गरेको थियो । सरकारको निर्देशन पछि २०६४ सालमा कुरिति घोषणा गरेर छाउपडि प्रथा उन्मुलन सम्बन्धि निर्देशिका २०६४ समेत जारी गरेको थियो । छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ । विशेषगरी नेपालको सुदूरपश्चिमका केही जिल्लामा महिनावारी भएका बखत् महिलाले घरभित्र बस्न नपाउने र गाई, भैँसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको छ । त्यस्तो कार्यमा बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ । तर अहिले सम्म भने कसैलाई कार्यवाहि भएको छैन् ।

चर्चामा

सम्बन्धित समाचार