बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना

देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना

  • शुक्रबार, जेष्ठ १, २०८३
सेयर गर्नुहोस् :
देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना

बाजुरा– हाल नेपालमा पश्चिमी वायु स्थानीय वायु र तल्लो वायुमण्डलमा विकसित भएको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली छ। हाल बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका केही स्थानहरू तथा बाँकी पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका एक–दुई स्थानमा समेत हल्का वर्षा हुनसक्ने देखिएको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। बाँकी पहाडी र तराई भू-भागमा भने आंशिक बदली हुनेछ।

कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार