शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फिचर
  • म बिधुवा नारीलाई समाजले अर्को पुरुषसंग बिबाह गर्न किन दिदैन ?

म बिधुवा नारीलाई समाजले अर्को पुरुषसंग बिबाह गर्न किन दिदैन ?

  • शनिबार, चैत्र २३, २०७५
म बिधुवा नारीलाई समाजले अर्को पुरुषसंग बिबाह गर्न किन दिदैन ?

यो समाज बलेको आगो ताप्ने समाज जहाँ ओराली लागेको मृगलाई सिकारीले खेदे जस्तै खेद्छ।अन्धो छ समाज अन्धाकार छ समाज तर बुझ्नेलाई पागल उप-नाम दिन्छ यही समाजले।

यो जवानामा आएर पनि अझै अन्धबिस्वास र कुरुती छ समाजमा।एउटा बिधुवा नारी जसको सपना हुन्छ यो समाजमा अरु नारीले आफुले जस्तै पिडा भोग्नु नपरोस भन्ने।सोहि नारीको सपना हुन्छ मेटिएको सिउँदो फेरी भर्ने,बाँकी रहेको जवानी खेर नाफ्याकने तर यो समाज यस्तो छ कि महिला मर्दा पुरुषले अर्को बिहे गर्नु पर्ने तर पुरुष मर्दा महिलाले सेतो लगाएर जीवनभर उसैको सम्झनामा बाँकी जिन्दगी कटाउनु पर्ने।आखिर समाज परिवर्तन कसरी हुन्छ ?

सरकार बर्षै पिक्ष फेरीए,आस्वासन यही दिन्छन चुनाव जित्नु अगाडी “तिमी नारीहरुले अब कसैको अपमान सहनु पर्दैन,सबै समान रुपमा पुग्नु हुन्छ”जव चुनाव जितेपछि कुर्चीमा पुग्छन तावा पत्तो हुन्न कि आफुले के बोले भनेर।नारी इन्जीनियर बने,नारी पाइलोट बने,नारी डाक्टर बने,नारी सिपाही बने तर नारी नारी बनिनन् किन ?

अझै नारीको अधिकार माथी धावा बोल्ने अधिकार छ ? नारी र पुरुष बराबरी भनेर जसले नारा जुलुश लगाइरहेको हुन्छ उनैको घरमा नारीले सबै भन्दा पिडा भोगिरहेकी हुन्छिन।कसरी भयो नारी आन्दोलनको सम्मान?के नारी सन्तान जन्माउने मेशिन मात्रै हुन् ?नारीले धानेको यो संसारमा नारीको अपमान हुदा हामी नारीको पनि मन दुख्नु स्वाभाविक हो।एक नारीले अर्को नारीको पिडा बुझ्न नसक्दा अझै नारी पछाडी परेकी हुन्।

एउटा बिधुवा नारीको पिडा कसले बुझेको हुन्छ ?

बिचरीको आधा जवानी खेरा जादै गरेको हुन्छ,देखेका सपना अधिकांश सपना अधुरै रहन्छ,मनका अनेकौ चाहना मेटिदै गरेको हुन्छ भने उनको सपना माथी हस्तक्षेप गर्ने अधिकार फेरी त्यहि घरकी अर्की नारीको हुन्छ।जसले उनको देखेको सपना त् के सपना देख्ने पनि अधिकार रहन्न।तब तिनै नारीले भन्न थाल्छिन “म बिधुवा नारीलाई किन समाजले अर्को पुरुष संग बिबाह गर्न दिदैन?”

समाजको ऐना मानिने नारी जव सम्म समाजमा स्वतन्त्र भएर बाच्न सक्दिनन तव सम्म समाजले नारीको पिडा त् के नारी माथी अन्याए गरिरहन्छन।नत सामाजले काजुलिनै फेर्न सक्छ।

बिकासित् देशहरुमा हामीले हेर्न सक्छौ नारी कति स्वतन्त्र छिन भनेर,जहाँ नारीले भनेको पुरुषले मान्नु पर्छ भने पुरुषले भनेको नारीले। दुवै बिचा उतिकै अधिकार देख्न सक्छौ।नारी र पुसुष दुबैले उक्तिकै काम गरेको पनि देख्न सक्छौ तर हाम्रो नेपालमा भने केहि फरक काम गरेको समाजले सुन्यो भने फलानोको छोरी त् बिग्रिछे/फलानोको बुहारीले त् नाकै काट्ने भइछ जस्ता अनेकौ आरोप प्रत्यारोप आउने गर्छन कहिले होला फलानोको छोरी/बुहारीले त् गज्जबको काम गरेछन?त्यसैले फेरी पनि भने नारीलाई अधिकारहिन नसम्झौ।सकिन्छ बराबरी अधिकार दिन सकौ सकिन्न भने नारीले गर्ने गतिबिधि माथी गलत दृष्टिले हेर्ने चेष्टा नगरौ।

निरु कार्की -ओखलढुंगा हाल-लालीगुराँस डटकम(डेक्स प्रमुख)

लालिगुरास अनलाइनबाट साभार गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार