बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • सामुदायीक शिक्षा प्रति नेतृत्व नै उदासिन

सामुदायीक शिक्षा प्रति नेतृत्व नै उदासिन

  • शनिबार, चैत्र १६, २०७५
सामुदायीक शिक्षा प्रति नेतृत्व नै उदासिन

लक्ष्मण जोशी
बुढीनन्दा नगरपालिका वडा न १, बाजुरा

प्रायजसो राजनीतिक शक्तिकेन्द्रको नजिक रहेर ३४ बर्ष सरकारी शिक्षक पेशाबाट अवकाश प्राप्त शिक्षकले गुरु पुर्णिमाको दिन फेसबुकमा घत लाग्ने स्टाटस लेख्नु भयो । “मैले ३४ बर्षमा दुई हजार भन्दा बढी बिद्यार्थीहरुलाई पठनपाठन गराँए होला तर आज कसैले सम्झेनन्”गुरुको त्यो शब्द अहिले शिक्षण पेशा अगाँली रहेका र भोलीका दिनमा शिक्षण पेशामा जान खोज्नेका लागि मार्गदर्शन हुन सक्छ । पेशामा इमान्दारीताको महत्व कति रहेछ भनेर ।

बाजुरा जिल्ला प्रदेश “क”का जनप्रतिनिधिको शिक्षा प्रतिको चासोकाआधारमा लेखतयार पार्नुका साथै प्रतिनिधिमुलक फोटोहरु समाबेश गरेकोछु । लेखको आसय कुनै ब्यक्ति,पार्टी,संस्थाकोे बिरोध,टिकाटिप्पणी र चरित्र हत्या गर्नु नभई शिक्षाको क्षेत्रमा भएका बास्तबिकता पेश गर्ने जमर्को गरेको हुँदापाठकले सकारात्मक रुपमा ग्रहण गरि आगामी दिनमा सुधारका लागि पहल गर्नु हुनेछ भन्ने बिश्वास लिएकोछुु ।
कुण्डा क्षेत्रको पहिलो विद्यालय जनप्रकाश आधारभुत विद्यालयको स्थापना बि.स २०१६ सालमा प्रावि,बि.स. २०३४ सालमा मावि र बि.स. २०५२ सालमा उच्च मावि स्थापना गर्नमा सुर्य प्रशाद गिरीकोयोगदान अतुलनियछ ।उक्त विद्यालयमा अध्ययन गरेका कालिकोट,मुगु,हुम्ला र बाजुराका गरि आठजना माननिय सासंद,एकजना मन्त्री,एकजना सहसचिव,एकजना संयुक्त राष्ट्रसंघका कर्मचारी,एकजना मावि प्रथम श्रेणी शिक्षक,कैयौं निजामति,सेना,प्रहरी,शिक्षक,राजनीतिज्ञ र व्यापारी लगायत विभिन्न पेशामा आवद्ध रहेकाछन ।साविकको कोल्टी,कोटिला,बाँधु र पाण्डुसैनका सबै पार्टीका नेता कार्यकर्ताको राजनीतिक इतिहाँस जनप्रकाश उ.मा.विको विद्यालय व्यवस्थापन समितिको सदस्य र अध्यक्ष बाटै शुरुवात भएको पाइन्छ । पञ्चायती ब्यवस्थामानेतृत्व गरेका सुर्य प्रशाद गिरी,नर बहादुर सिंह,गोरख बहादुर मल्ल,जय बहादुर कार्की,बहुदलिय ब्यवस्थामाताराचन्द्र रेग्मी,भिम बहादुर कार्की,लोकतन्त्रमा बलदेव रेग्मी,पदम कुमार गिरी र बहालवाला अध्यक्ष जंग कुमार गिरीको इतिहाँस जनप्रकाश संग जोडिएकोछ । विद्यालय स्थापना देखि हाल सम्म २१ जना अध्यक्षले विद्यालयको नेतृत्व सम्हालेको देखिन्छ । १४ पटक साविकको कोल्टी गाविस,३ पटक बाँधु गाविस,३ पटक कोटिलागाविस र १ पटक पाण्डुसैन गाविसमा अध्यक्षको नेतृत्वगएकोे देखिन्छ ।अध्यक्ष पद दलित,महिला र जनजातिमा गएको पाँइदैन। जिल्लामै चालिस देखि साठीको दशक सम्म अब्बल सावित भएको बिद्यालय साठीको दशक पछि सामाजिक,शैक्षिक,आर्थिक र भौतिक प्रगतिको अवस्था दिन प्रतिदिन ओरालो लागि रहेकोछ । व्यवस्थापन र प्रशासनिक नेतृत्व स्थानियले सम्हाँले पछि भौतिक,आर्थिक र शैक्षिक क्षेत्रमा नाजुक बन्दै गएकोे एकथरिले बिश्लेषण गरिरहेकाछन ।विद्यालयको प्रशासनिक नेतृत्व माद्यमिक प्रथम श्रेणीका शिक्षक अनोज राज गिरी,स्रोत ब्यक्ति पे्रमराज रेग्मी,प्रशासन सहायक ढक्कराज गिरी र लेखपाल हंशराज रेग्मीलेनेतृत्व सम्हाली रहनु भएकोछ ।
मावि संचालन गर्नका लागि साविकको कोल्टी गाविसका बैशाखे भियाँल,बाँका भियाँल,धनमल भियाँल लगायत ११ जनाले आफ्नो गाँस कटाएर भावी सन्ततिले गुणस्तरीय शिक्षा पाँउन भनेर जग्गा दान,जगन्नाथ गाविस वडा नं ९,का जाण गिरीले घोडा दान र वडा नं ७ का पद्मा गिरीले विद्यालय बनाँउदा पाएको ज्याला समेत चन्दा गरेका थिए ।अन्य घरधुरीले क्षमता अनुसार नगद,जिन्सी,लत्ताकपडा र श्रमदान बाट मा.वि.संचालन गरिएको थियो । अहिले पनि विद्यालयको पठनपाठन बि.स. २०३२ सालमा जनश्रमदानबाट बनाइएको भवनमा भइरहेकोछ । भौतिक पुर्वाधारको अवस्था अत्यन्त दयनिय देखिन्छ । कार्यालय,कक्षाकोठा,शौचालय,डेस्क,बेन्च,बिज्ञान प्रयोगशाला र पुस्तकालय व्यवस्थित छैन । जनप्रकाश मा.वि.माकक्षा १ देखि १० सम्म गरि जम्मा७५० जना बिद्यार्थी रहेकाछन । बिषयगत शिक्षकको दरबन्दी प्रयाप्त भएपनि बिद्यार्थी संख्याको आधारमा शिक्षको कमी रहेकोले ४ जना शिक्षक १ जना प्रशासन सहायक र २ जना कर्मचारी बिना प्रतिस्प्रधा नियुक्ती गरेर निजी स्रोत बाट तलव खाइरहेकाछन । नेपाल सरकारले कक्षा १० सम्म कुनै पनि प्रकारको शुल्क नलिने व्यवस्था गरेपनि व्यवस्थापनका नाममा बिद्यालयले शुल्क उठाइरहेकोछ तरविद्यालयको व्यवस्थापन भएको पाँइदैन ।यो शैक्षिक शत्रमा कक्षा ११मा ४०१ र कक्षा १२ मा २५१ गरि जम्मा ६५२ जना बिद्यार्थी र ४ जना उ.मा.वि. दरबन्दीमा शिक्षक कार्यरत रहेकाछन । उच्च मा.वि.मा १० प्रतिशतको हाराहारीमा विद्यार्थी पास हुनेगरेकाछन । शुल्क प्रति बिद्यार्थीले प्रति बर्ष रु ७,०००। बुझाइरहेकाछन । यो शैक्षिक शत्रमा कक्षा ११ र १२ मा गरि रु ४५,६४,०००। उठने देखिन्छ । शुक्ल बाट उठेको रकम निजी स्रोतका शिक्षकको तलबमै खर्च भएको पाँइन्छ । बि.स.२०५२ साल बाट उच्च मा.वि.संचालन पश्चात बिद्यार्थीको संख्यामा कमी नभएको र बिद्यार्थी बाट उठेको पैंशाको सहि सदुपयोग भएको पाँइदैन ।नेपाल सरकार बाट प्राप्त अनुदान र विद्यालयले विभिन्न शिर्षकमा विद्यार्थी बाट उठाएको शुल्कको लेखापरिक्षण गर्ने गरिएको भएपनि बि.व्य.स.र शिक्षक अभिभावक संघमा सार्वजनिक सुनुवाई गर्ने गरेको देखिदैन । गएकको श्रावण देखिजनप्रकाश उमाविले ऋत्भ्ख्त् बाट अनुमति लिएर एक लाख नब्ने हजार शुल्कमा ४० जना बिद्यार्थी प्रति बर्ष भर्ना गर्ने लक्ष्यका साथ ३ बर्षे ओभरसियरको पढाई संचालन गरेकोछ । पढाईमा साख गुमाएका कारण पहिलो बर्षमा जम्मा१६ जना बिद्यार्थी भर्ना भएकाछन । प्राविधिक शिक्षामा बिद्यार्थीको आर्कषण बढीरहेका बेला जनप्रकाश उमाविले विद्यार्थी नपाँउनु बिडम्बना बनेकोछ ।प्राविधिक शिक्षा संचालनका लागि आवश्यक पुर्वाधार र प्रयोगशालाको व्यवस्था देखिदैन ।
भारतिय दुतावासको सहयोगमा निमार्ण गर्न लागिएको बिद्यालय भवन साविकको जिल्ला विकास समितिले चार बर्ष पहिले टेन्डर प्रक्रिया मार्फत ४ करोड ४४ लाखमा २ बर्षमा निर्माण सम्पन्न गर्ने शर्तमा निमार्णको जिम्मा हालका बुढीनन्दा नगरपालिकाका मेयर पदम कुमार गिरीलाई दिएका थियो । निमार्णको कामशुरु गरिएको विद्यालय भवन र छात्रबास अलपत्र अवस्थामाछ । कक्षा कोठाको अभावमा बिद्यार्थीको पठनपाठन खुला चौरमा भइरहेकोछ । अनुगमन र मुल्याङ्कनको जिम्मा जिल्ला समन्वय समितिको भएपनि समन्वय समिति बेखबरछ । जसको नेतृत्व जिल्ला समन्वय समितिका सभापति नरेन्द्र कुमार रोकायाले गरिरहनु भएकोछ ।
शिक्षा नियमावलीले गरेको व्यवस्था अनुसार बर्षमा २२० दिन बिद्यालय खोल्नु पर्ने र १९० दिन कक्षाकोठामा नियमित पठनपाठन गर्नु पर्ने कानुनी व्यवस्था भएपनि जनप्रकाश उमाविको हकमा त्यो लागु भएको पाँइदैन । जिल्लामाप्रजातान्त्रिक विद्यालयको उपमा पाएको बिद्यालयमा शिक्षक र बिद्यार्थीको आउने जाने समय एकिन हुदैन ।बिहानको ११.०० बजे सम्म विद्यार्थी र शिक्षक आइरहेको देख्न सकिन्छ भने, दिउसोको १२.०० बजे पछि बिद्यार्थी र शिक्षकलाई सजिलै कोल्टी बजारमा देख्न पाँइन्छ। बेलुका ४.०० बजे सम्म शिक्षक र बिद्यार्थी कक्षा कोठामा भेटिएमा शौभाग्य नै मान्नु पर्ने हुन्छ ।कार्यालयमा बिद्यार्थी र शिक्षक आचार संहिता बोर्डमा लेखेर टाँसिएको देख्न सकिन्छ तर व्यवहारमा त्यो लागु भएको पाँइदैन । शिक्षक सेवा आयोग पास गरेर आएका युवा र स्थानिय जनशक्तिको बाहुल्यता भए पनि बिद्यालय प्रशासनले सो जनशक्तिलाई उपयोग गर्न सकेकोछैन । नेतृत्वको हिसावले भु.पु.बि.व्य.स. अध्यक्ष हाल प्रदेश सभा सदस्य बलदेब रेग्मी,भुतपुर्व बि.व्य.स.अध्यक्ष पदम कुमार गिरी हाल बुढीनन्दा नगरपालिकाको मेयर,भुतपुव जिल्ला सभापनि जंग कुमार गिरी बहालवाला वि.व्य.स अध्यक्ष,भुतपुर्व बि.व्य.स.अध्यक्ष भिम बहादुर कार्की हाल वडा नं २ का वडा अध्यक्ष विव्यसको पदेन सदस्य,वडा नं १का वडा अध्यक्ष नृपराज खत्रीे बि.व्य.स.सदस्यकोपदमा आसिन हुनुहुन्छ । विद्यालयमापेशागत शिक्षक नेता तथा कर्मचारीहरुको उपस्थिति पनि बाक्लो देखिन्छ । जिल्ला शिक्षक संगठनका अध्यक्ष जयलाल कार्की,एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष बेद प्रकाश जोशी,नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय प्रतिनिधि रबिन्द्र शाही,ज्क्ष्क्त्ग्ल् का जिल्ला सचिव नवराज देबकोटा,प्रदेश सदस्य ऐन बहादुर शाही र विद्यालय कर्मचारी संगठनका कार्य बाहक अध्यक्ष हंसराज रेग्मी लगायतले जिल्ला,प्रदेश र केन्द्रको नेतृत्व गरिरहनु भएकोछ ।तर बिडम्बना प्रदेश “क” का राजनीतिक दलका नेता र पेशागत संघ संगठनका नेताले पद लिनेपद अनुसारको काम गरेको पाँइदैन । जसको बलियो प्रमाणका रुपमा जनप्रकाश उ.मा.वि.लाई लिन सकिन्छ ।प्रदेश “ख”का शिक्षक नेताका विद्यालयको अवस्था सन्तोष जनक देखिन्छ । जहरसिंह थापाको मालिका नमुना उ.मा.वि.मार्तडी,तुला थापाको पशुपति उ.मा.वि.ताम्रा,रतन ऐडीको रत्न उ.मा.वि.कैलासमाण्डौ र कर्ण बहादुर थापाको पार्वती मा.वि.पैंमाको सामाजिक,आर्थिक,भौतिक र शैक्षिक अवस्था सन्तोष जनक देखिन्छ । प्रदेश“क”का शिक्षक नेताका बिद्यालयको अवस्था दयनिय देखिन्छ।जनप्रकाश उ.मा.वि.कोल्टी,सत्य मा.वि.पाण्डुसैन,सम्भुसुनन्दा उ.मा.वि.जुकोट र स्वामीकार्तिक उ.मा.वि.वाईको अवस्थाका बारेमा जगजाहेरछ । प्रदेश “क”का माद्यमिक विद्यालयमा बिज्ञान प्रयोगशाला,पुस्तकालय र इमेल इन्टरनेटको व्यवस्थासमेतछैन ।चारवटा स्थानिय तहमा बिज्ञान संकायको पढाई नै हुदैन ।

जनप्रकाशमा.वि.लाई उ.मा.वि.बनाउन,बुढीनन्दा क्याम्पस कोल्टीमा संचालन गर्न र भारतिय दुतावासको भवन कोल्टीमा ल्याउनका लागि जनक कुमार गिरीको योगदानलाई बिर्सन मिल्दैन । बुढीनन्दा क्याम्पसको स्थापना बि.स. २०६४ सालमा मानविकी संकाय बाट शुरुवात गरिएको थियो । क्याम्पस संचालनका लागि व्यवस्थापन समिति गठन गर्नु पर्ने भएकोले जनप्रकाश उमाविका बहालवाला अध्यक्ष बलदेव रेग्मीको अध्यक्षतामा अन्य सदस्यहरु थपघट व्यवस्थापन समितिको गठन गरिएको थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्षको योग्यता स्नातक र समयावधि ३ बर्षको हुनु पर्ने कानुनी व्यवस्था भएपनि बुढीनन्दा क्याम्पसको हकमा त्यो लागु भएको पाँइदैन । बि.स.२०६४ साल देखि आजका मिति सम्म क्याम्पसको नेतृत्वमाबहालवाला प्रदेश सभा सदस्य बलदेव रेग्मीले गरिरहनु भएकोछ । क्याम्पसमा मानविकी संकायमा समाजशास्त्र र ग्रामिण विकास, शिक्षा संकायमा नेपाली,अंग्रेजी,गणित र जनसंख्या बिषय पठनपाठन हुदै आएकाछन । बिद्याथी संख्या मानविकीमा जम्मा १२ जना र शिक्षा संकायमा जम्मा २६९ जना रहेकाछन । उत्पादनका हिसावले १० बर्षमा शिक्षा संकाय बाट २ जना र मानविकी संकायमा ३ जनाले पास गरेकाछन । क्याम्पसमा नियमित पठनपाठन नभएका कारण पहिलो बर्षमा भर्ना भएका बिद्यार्थी अन्तिम बर्षमा भेटिदैनन् । क्याम्पसको गुणस्तर र पास प्रतिशत लज्जापद देखिन्छ । गएको बर्ष बि.एड.प्रथम बर्षको परिक्षामा कडाई गर्दा बिद्यार्थीले आन्दोलिन गरेर परिक्षा होमवर्कमा परिणत भएकोले थियो । क्याम्पस प्रमुखको नेतृत्वमा अनोजराज गिरी,लेखापाल जनम रेग्मी र कार्यालय सहायक ओमजंङ्ग आउजीको भरमा क्याम्पस संचालन भइरहेकोछ । पठनपाठनका लागि १०जना पार्टटाइम लेक्चरले प्रति पिरियड रु ३५० का दरले बिगत २÷३ बर्ष देखि पढाईरहनुु भएकोछ । क्याम्पसमा पढाई हुने समय विहान ५.०० बजे देखि १०.०० बजे सम्म र उच्च माविको पढाई पनि सोही समयमा हुने गरेकोछ । उच्च माविको दरबन्दीमा कार्यरत ४ जना लेक्चरले एउटै समयमा क्याम्पस र उच्च माविमा पढाइरहनु भएकोछ । क्याम्पस प्रमुख नेपाल सरकारको प्रथम श्रेणीको स्थायी शिक्षक भएर क्याम्पस प्रमुखको भत्ता वापत मासिक रु २,०००। र उच्च मा.वि.को दरबन्दीमा कार्यरत शिक्षकले क्याम्पसमा पठाए वापत प्रति पिरियडका दरलेदोहोरो सुविधा लिनु लेखाको परिभाषमा नियम संगत मानिदैन । क्याम्पसमा प्रति बर्ष विश्व विद्यालय अनुदान आयोग बाट ६ देखि ७ लाख अनुदान आउने गरेको र प्रति बिद्यार्थी प्रति बर्ष रु १०,०००। का दरले उठाउदा यो बर्ष मात्र रु २८,१०,०००। शुल्क उठाएकोपाँइन्छ ।बिडम्बनाक्याम्पसको आर्थिक अवस्था सन्तोष जनक देखिदैन । क्याम्पसको नाममा रहको फुलबारीको जग्गा र भवनमा वि.स.२०७० साल बाट नेपाली सेनाको भवानी बक्स“क”गुल्म बसिरहेकोछ । हाल क्याम्पसको पठनपाठन र प्रशासन जनप्रकाश उमाविको एउटा कोठामा सिमित रहेकोछ । कक्षा कोठाको अभावमा कुनै दिन कार्यालयमै कक्षा संचालन भइरहेको देख्न सकिन्छ । क्याम्पस व्यवस्थापन समितिको बैठक बि.स.२०७३ पौष १ गते पछि बसेको देखिदैन । क्याम्पसको लेखापरिक्षण नियमित गर्ने गरिएको भएपनि व्यवस्थापन समितिमा अनुमोदन र सार्वजनिक गरिएको पाँइदैन । क्याम्पसको जग्गा र भवनमा नेपाली सेनालाई राख्दा समुदाय,विद्यार्थी र क्याम्पसलाई के कति फाइदा भयोत्यसको जबाफ कसै संग भेटिदैन । क्याम्पस व्यवस्थापन समितिका अध्यक्षलाई २०७४ सालको प्रदेश सभाको चुनावमा सर्वसाधारण जनताले भारी बहुमतले बिजय गराएको १५ महिना बितिसक्दा पनि क्याम्पसको सुधारका निम्ति सिन्को समेत भाँचेको पाँइदैन । बुढीनन्दा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सामाजिक र राजनीतिक ब्यक्तित्व भएका कारण शिक्षाको सवालमा सर्वसाधारण जनताका छोराछोरी माथि खेलवाड गरेको देखिन्छ । संगै स्थापना भएका बाजुरा क्याम्पस र बडीमालिका क्याम्पस गएको बर्ष आगिंक हुनु नियमित पठनपाठन हुनु र यसै बर्ष बाट स्नात्तकोत्तरको पढाई हुनु बुढीनन्दा क्याम्पसमा ११ बर्ष सम्म एक पनि जना लेक्चर नियुक्त गर्न नसक्नु बाजुरा जिल्ला प्रदेश “क” लगायत मुगु,हुम्ला र कालिकोटका बिद्याथर््ी र समुदायको लागि दुभाग्य हो ।बुढीनन्दा क्याम्पसदेखि ३०० मिटर टाढाको दुरीमा रहेको सुजन बोडिङ्ग स्कुलको नेतृत्व क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बलदेव रेग्मीले गरिरहनु भएकोछ । बिद्यालयको स्थापना वि.स.२०६० सालमा भएको र गुणस्तरमा सम्झौता गर्न हुदैन भनेर बिद्यालयका शिक्षक र कर्मचारीलाई बेलाबेलामा निर्देशन दिएका कारण विद्यालयले हाल सम्म ३ पटक एस.एल.सी.परिक्षामा जिल्ला प्रथम,विद्यालयको सिकाई उपलब्धि ७५ प्रतिशत र जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा अब्बल साबित भएकोछ । सोहि विद्यालयमा पढेका भाइबहिनी डाँक्टर,इन्जिनियर लगाएत प्राविधिक शिक्षा अध्ययन गर्नुका साथै उच्च शिक्षाको लागि समुन्द्र पारिका देशमा गुणस्तरीय शिक्षा आर्जन गरिरहेकाछन । विद्यालय स्थापनाको पहिलो प्रिन्सीपल रेणु कार्की देखि अहिलेका प्रिन्सीपल बिनोद कुमार मिश्रसम्म १२ वटा प्रिन्सीपल र १०० भन्दा बढी शिक्षक नियुक्ती गरेको पाँइन्छ ।बिद्यालयलमा कक्षा १ देखि १२ कक्षा सम्म ५६७ जना बिद्यार्थीले अध्ययन गरि रहेकाछन ।उच्च मा.वि.मा शिक्षा र व्यवस्थापन संकायका नेपाली,अंग्रेजी,स्वास्थ्य र जनसंख्या बिषय पठनपाठन हुने गरेकाछन ।उच्च मा.वि.को पठनपाठन पनि जनप्रकाश उ.मा.वि.का शिक्षकले नै गरिरहेकाछन ।

बाजुरा प्रदेश“क”का अधिकाँश जनप्रतिनिधि र राजनीतिक दलका आशालाग्दा युवानेताहरुले संस्थागत विद्यालय संचालन गरिरहेकाछन । प्रदेश सभा सदस्य बलदेब रेग्मी,जिल्ला समन्वय समिति सदस्य मोहन कार्की,बुढीनन्दा नगरपालिका वडा ३ का वडा अध्यक्ष र नगरपालिकाको शिक्षा हेर्ने फोकल ब्यक्ति राम बहादुर बोहरा,बुढीनन्दा नगरपालिका वडा ८ का वडा अध्यक्ष टेक बहादुर रोकाया,हिमाली गाउपालिका वडा नं ५ का वडा अध्यक्ष अम्मलाल कार्की,जगन्नाथ गाउपालिका वडा नं ४ का वडा अध्यक्ष डम्बर बहादुर शाही, र स्वामीकार्तिक गाउपालिकाका युवा नेता भरत रोकायाकोे प्राथमिकतामा सामुदायीक विद्यालय बिरलै पर्ने देखिन्छन । बाटो खन्नुलाई प्रमुख बिकासको मेरुदण्ड ठान्ने जनप्रतिनिधि र राजनीतिक दलका कारण शिक्षाको गुणस्तर सुधारका बिषयमा कसैले बोलेकोसुनिदैन ।बुढीनन्दा नगरपालिका,हिमाली,स्वामीकार्तिक खापर र जगन्नाथ गाँउपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि कक्षाकोठा भित्रको शिक्षण सिकाई क्रियाकलापका लागि प्रभावकारीशिक्षा नीति र बजेटको व्यवस्था गरेको पाँइदैन ।स्थानिय,प्रदेश र संघको बजेट शिक्षा क्षेत्रमा(फिल्ड निमार्ण,घेरवार,मञ्च निमार्ण,भवन निमार्ण,भवन मर्मत,वालविकास भवन निर्माण र शौचालय निमार्ण) रकम विनियोजन गरेको देखिन्छ। जनप्रतिनिधिले विद्यालयको घेरवारको लागि बजेट त विनियोजन गर्नु भएकोछ । शिक्षकलाई कक्षा कोठामै बसेर पढाउनका लागि कुनै घेरवारको व्यवस्था नर्गनु बिडम्बना हो । क्भ्भ् पास गरेर उच्च शिक्षा अध्ययन गर्न गएका विद्यार्थी प्रबेश परिक्षा पास गर्न नसकेर घर फर्किनु परेकोछ । आधारभुत तहका वालवालिकाले राम्रो संग पढन र लेख्न जान्दैनन ।हिजोआज मासिक एकहजार आम्दानी गर्न नसक्नेका छोराछोरीको रोजाई सामुदायीक विद्यालय र मासिक एकहजार भन्दा बढी आम्दानी गर्ने अभिभावकका छोराछोरीको रोजाई संस्थागत विद्यालय हुने गरेकोछ ।संस्थागत विद्यालयमा दिउसोको खाजा,किताव,शिक्षकको तलव,विद्यालयको शैक्षिक र भौतिक व्यवस्थापन लगायत विभिन्न खालका अतिरिक्त शुल्क बुझाउनु परेकोछ । सरकारले सर्वसाधारणका छोराछोरीले सहज किसिमले पढ्न पाउन् भनेर तालिम प्राप्त शिक्षक,पाठयपुस्तक,दिवा खाजा,बिपन्न,
दलित लगायतका सत्रकिसिमका छात्रबृत्ति दिएको पाँइन्छ।राजनीतिक मियोका रूपमा शिक्षकलाई लिने गरेका कारण पार्टीका कार्यक्रममा शिक्षकको आर्थिक भौतिक,नैतिक उपस्थिति हुने भएकोले विद्यालयमा पढाए पनि हुने नपढाए पनि हुने,खेताला शिक्षक राख्ने,गै.स.स.का सदस्य,सल्लाहकार र व्यापार व्यवसाय गर्न,उपभोक्ता समितिमा बस्न पाइने छुट दिएकोछ ।नेता र कर्मचारीका छोराछोरी बिरलै सामुदायीक विद्यालयमा पढने भएका कारण सामुदायीक विद्यालयको गुणस्तर सुधार र संस्थागत विद्यालयको मनोमानीका बारेमा कसैले आवाज उठाएको पाँइदैन । सर्वसाधारणले बोलेको नियामक निकायले सुन्दैन । गल गर्नेलाई दण्ड र राम्रो गर्नेलाई पुरस्कृत गर्ने गरेको पाँइदैन ।
ब्रिटिसले भारतमा शासन गर्दा अंग्रेजहरुले भारतिय विद्यार्थीलाई द्यगिभ अयििभच व्यदका लागि उत्पादन गरेको हुनाले उनीहरुलाइ १०० पुणाङ्कको परिक्षामा ३२ उतिणाङ्क तर त्यही परिक्षामा अगे्रज विद्यार्थीलाई धजष्तभ अयििभच वयद का लागि उत्पादन गरिने भएकोले उतिणाङ्क ५० तोकिएको र सोही प्रभाव बमोजिम नेपालमा पनि उतिणाङ्क ३२ कायम गरिएको भन्ने भनाई छ । यसले के प्रमाणित हुन्छ भने नेपालको शिक्षा प्रणालीमा ३२ प्रतिशत जान्दा पास तर ६८ प्रतिशत नजान्दा फेल भइदैन । बाजुराका सामुदायीक र संस्थागत बिद्यालयको हकमा यो नियमले काम गरेको देखिन्छ । हुने खानेका छोराछोरीले संस्थागत बिद्यालयमा र हुँदा खानेहरुका छोराछोरी सामुदायकि विद्यालयमा अध्ययन गरिरहेकाछन । त्यसैले भोलाीको गन्तव्य पढाइका आधारमा खाडी मुलुक,सरकारी जागिर र समुन्द्र पारका देशमा हुने देखिन्छ ।जिल्ला शिक्षा कार्यालय बाजुराले बि.स.२०७४ सालमा निकालेको तथ्याँङ्कलाई केलाउदास्वामीकार्तिक खापर गाँऊपालिकाको सिकाई उपलब्धि कक्षा १–५ को २५.८ प्रतिशत,कक्षा ६–८ को ३१.७प्रतिशतर कक्षा ९–१० को ३२.४प्रतिशत, बुढिनन्दा नगरपालिकाको कक्षा १–५ को ३७.२प्रतिशत,कक्षा ६–८ को४०.७प्रतिशतर कक्षा ९–१० को ४०.७५प्रतिशत, हिमाली गाँउपालिकको कक्षा १–५ को ३८.४प्रतिशत,कक्षा ६–८ को ४९.२प्रतिशतर कक्षा ९–१० को ५७.५प्रतिशतर जगन्नाथ गाउपालिकाको कक्षा १–५ को ३६.६प्रतिशत,कक्षा ६–८ को ४२.७प्रतिशतर कक्षा ९–१० को ३५.५प्रतिशत रहेकोछ ।चारवटा स्थानिय तहको औषत सिकाई उपलब्धी ३९ प्रतिशत रहेकोछ । हिमाली गाउपालिकाले गत बर्ष कक्षा ८ को मौका परिक्षा संचालन गरेको थियो भने,स्वामीकार्तिक खापर गाउपालिकाले कक्षा ८ को गाउपालिका स्तरयि परिक्षामा जम्मा ७ जना बिद्यार्थी फेयर पास भएका थिए । शिक्षा नियमावलीले गरेको व्यवस्था अनुसार तिन बर्ष सम्म लगातार पचास प्रतिशत भन्दा कम सिकाई उपलब्धि भएमा शिक्षकको तलब काटने व्यवस्था भएपनि कार्यान्वयन भएको पाँइदैन । जुन विद्यालयको अवस्था दयनियछ उनै शिक्षकको पहुँच स्थानिय देखि केन्द्रिय तहका नेता र जनप्रतिनिधि सम्म भएका कारण विद्यालय सुधार्नुको साटो राजनीतिक मियो सोझयाउने र विद्यालय प्रति ध्यान नदिनाले सर्वसाधारण जनताका छोराछोरीको पढाई अन्यौलपुर्ण अवस्थामाछ । शिक्षक नेता,जनप्रतिनिधि र राजनीतिक दलले जनताकै लागि राजनीतिक गरेका हुन भने गलत गर्नेलाइ दण्ड र राम्रो गर्नेलाई पुरस्कृत गर्ने संस्कारको शुरुवात होस । विहान ९.०० बजे बिद्यालय गएका वालवालिका दिनभरि कक्षा कोठामा बिषयगत शिक्षकले पढाएर साँझ४.००बजे विद्यालय बाट फर्किने वातावरण सहित प्रयाप्त भौतिक पुर्वाधार र प्रविधिका माध्यम बाट विद्यालयमा पठनपाठन संचालन गरेको देख्न पाँइयोस ।नयाँ बर्षमा बुढीनन्दा क्याम्पसको आफ्नै भवनमा बिद्यार्थीले पठनपाँउनुका साथै विषयगत लेक्चरको बिज्ञापन र नियुक्ती गरियोस ।जनप्रकाश उ.मा.वि.लगायत अन्य सामुदायीक विद्यालयका कक्षकोठा बिद्यार्थीले खचाखचा भरिएको देख्न पाँइयोस ।कोल्टी,पिलुचौर,धुलाचौर र कवाडी बजारमा छोराछोरी पढाउनकै लागि कैर्यौ बुहारीहरु बच्चा बोकेर बजार केन्द्रित भएकीछन । जागिर वा बिदेश बाट पठाएको पैंशा छोराछोरीको फिस,घरभाडा र खाना खर्चमै सिमित भएका कारण घरमा बुबा,आमाले छोराको कमाई देख्न पाएकाछैनन । बुबा आमालाई सधैको चिन्ता छोरा बिदेश बुहारी बजार खेतबारी बाँझो बुढेशकालको शहारा कोहिछैन । बिरामी पर्दा औषधी उपचारका लागि गाँउले गुहार्नु पर्ने अवस्थाछ । नातीनतिना र बुहारी शहर केन्द्रित हुँदा स्थानिय रहन शहन,भेषभुषा र भाषा संस्कृति लोप हुने अवस्थामा रहेकोछ । नयाँ शैषिक शत्रमा सामुदायीक विद्यालय बाट बिद्यार्थी झिकेर नीजिमा भर्ना गर्ने परिपाटीको अन्त्य होस । बैदेशिक रोजगारी र जागिर बाट कमाएको पैंशा आमा बुबाले देख्न र व्यापार व्यवसाय गर्न पाँऊन,शहर गएका बुहारी र बिदेश गएको छोरा गाँऊघरको खेति किसानीमा फर्कुन । वालवालिकाले घरको दाल,भात,रोटी र ढिडो खाएर सामुदायीक विद्यालयमापढ्न पाँउने वातावरण बनोस । सरकारी कर्मचारी र नेताका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायीक विद्यालयमा पढ्ने व्यवस्था गरियोस ।नयाँ बर्ष २०७६सालको शुभकामना ।

(जोशी सामाजिक सवालका विषयमा कलम चलाउनु हुन्छ )

चर्चामा

सम्बन्धित समाचार