कैलालीमा लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी
धनगढी —कैलालीमा लाइटर, औषधि र खुर्सानी बोकेको ट्रकमा आगलागी भएको छ। पूर्वबाट पश्चिम आउँदै गरेको प्र.३००१ ख. ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ स्थित मुडा र बौनियाको बिचमा आगलागी भएको प्रहरी जनाएको छ। आगलागीबाट लाइटर, औषधि र खुर्सानी जलेको छ। अहिले घटना स्थलमा प्रहरी परिचालन गरिएको छ। आगलागीको कारण भने खुलेको छैन्। […]