मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • शिक्षा
  • बाजुरा क्याम्पसमा खेलकुद सप्ताह सुरु

बाजुरा क्याम्पसमा खेलकुद सप्ताह सुरु

  • आइतवार, चैत्र ४, २०८०
बाजुरा क्याम्पसमा खेलकुद सप्ताह सुरु

बाजुरा —बाजुरा सदरमुकाम मार्तडीमा रहेको सुदूपश्चिमाञ्चल विश्वविद्यालय, बाजुरा क्याम्पसमा खेलकुद सप्ताह २०८० आजबाट सुरु भएको छ । एक हप्तासम्म सञ्चालन हुने खेलकुद सप्ताह आज एक औपचािरक कार्यक्रमका बिच उद्द्घाटन गरिएकाे हाे । खेलकुद सप्ताह कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।

खेदकुद सप्ताहमा विभिन्न खेलहरु सञ्चालन हुने बाजुरा क्याम्पसले जनाएकाे छ । खेलकुद सप्ताहकाे उद्घाटन बडिमालिका नगरपालिका नगर उपप्रमुख नन्दा थापाले व्यानर वाचन गरेर गरेकी थिइन् । उक्त खेलकुद सप्ताह चैत ८ गतेसम्म संचालन क्याम्पस प्रमुख रुपबहादुर राैलेले बताएका छन् । बाजुरा क्याम्पसले शैक्षिक गुणस्तर सुधार, विद्यार्थीकाे सर्वाङ्गिण विकास तथा खेल क्षेत्रकाे विकासका लागि हरेक बर्ष खेलकुद सप्ताह सञ्चालन गर्दै आएकाे जनाएकाे छ ।

बाजुरा क्याम्पसको खेलकुदसंगै शैक्षिक विकास तथा गुणस्तर सुधारमा सबैसंग सहकार्य गर्न अपरिहार्य कार्यक्रममा बाेल्ने वक्ताहरुले बताएका छन् । यस्ता खेलकुद कार्यक्रमले क्याम्पसकाे शैक्षिक गुणस्तर, खेलकुदसंगै शैक्षिक क्षेत्रको सर्वाङ्गिण विकासमा महत्वपुर्ण टेवा पुग्ने उनीहरुकाे भनाइ छ ।

बाजुरा क्याम्पस प्रमुख रुपबहादुर रौलेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बडीमालिका नगरपालिकाका उप प्रमुख नन्दा थापा प्रमुख अतिथी रहेकी थिइन् ।कार्यक्रममा बडीमालिका नगरपालिकाका निवर्तमान नगर प्रमुख  पदम बडुवाल, बाजुरा क्याम्पस संचालक समिति पुर्व तुलाराम जैशी, बडीमालिका नगरपालिका–८ का वडा अध्यक्ष चन्द्र बहादुर थापा विशिष्ट अतिथी रहेका थिए ।

त्यस्तै खेलकुद सप्ताह कार्यक्रम उद्घाटन समारोहमा नेविसंघ बाजुरा अध्यक्ष जनक थापा, अनेरास्ववियु जिल्ला अध्यक्ष दील बहादुर थापा अनेरास्ववियु समाजवादी जिल्ला अध्यक्ष लेखराज पाण्डे अनेरास्ववियु क्रान्तिकारी जिल्ला सदस्य पारस बुढा,नेपाल पत्रकार महासंघ कार्यवहाक सचिव रमित वि.क लगायत अतिथी रहेका थिए ।

खलकुद सप्ताह कार्यक्रमकाे संचालन क्याम्पस प्रशासन सहायक मदनराज जैशीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार