शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शिक्षा
  • स्वामिकार्तिककी शिक्षिका रोकायाको पुर्नबहालीको माग गर्दै सत्यसाई आविमा तालाबन्दी

स्वामिकार्तिककी शिक्षिका रोकायाको पुर्नबहालीको माग गर्दै सत्यसाई आविमा तालाबन्दी

  • आइतवार, फाल्गुन २७, २०८०
स्वामिकार्तिककी शिक्षिका रोकायाको पुर्नबहालीको माग गर्दै सत्यसाई आविमा तालाबन्दी

बाजुरा —बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका ३ मा रहेको सत्यसाई आधारभूत विद्यालयकी शिक्षिका सुनिता रोकायालाई तत्काल पुर्नबहालीको माग गर्दै विद्यालयमा तालाबन्दी गरेकी छन । सुनिता रोकाया आफैले आफ्नाे  पुर्नबहालीको माग गर्दै विद्यालयमा तालाबन्दी गरेकी हुन । शिक्षिका रोकाया २०६९ मंसिर १ गतेबाट सत्यसाई आविमा न्युन पारिश्रमिकमा इसीडीमा कार्यरत थिइन् । तर रोकायालाई एकएक पालिकाले हटाइएपछि तत्काल पुर्नबहालीको माग गर्दै  आजबाट विद्यालयमा तालाबन्दी गरेको बताएकी छन ।

आइतवार नेपाल राष्ट्रिय शिक्षक संगठन बुढिनन्दा नगरपालिका, स्वामिकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकाले संयुक्त विज्ञप्ती जारी गर्दै शिक्षिका रोकायालाई पदबाट हटाइएको भन्दै तत्काल पुर्नबहालीको माग गरेको छ । सत्यसाई आविमा इ.सी.डीमा विगत ११ बर्षदेखि कार्यरत रोकायाको सेवा बर्हिगमन फिर्ता लिई तत्काल पुर्नबहालीको माग गर्दछौ नेपाल राष्ट्रिय शिक्षक संगठन चार वटै पालिकाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

स्वामिकार्तिक लगायत चार वटै स्थानिय तहमा शैक्षिक गुणस्तर सुधारका नाममा गरिएको शिक्षक सुरुवा, प्रधानाध्यापक नियुक्ति र इ. सी. डीको बर्हिगमन तथा वि.व्य.स छनोटमा शिक्षा ऐन २०२८ (संशोधनसहित), शिक्षा नियमावली २०५९ (संशोधनसहित) विपरत शैक्षिक ज्याजतीको असर शैक्षिक गुणस्तरमा परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै शिक्षक माथि भएको दमन तथा शिक्षकको सहमतिविना पूर्वाग्रह रुपमा सरुवाको कार्य तत्काल फिर्ता लिएर शैक्षिक आतंक बन्द गर्न चार वटै पालिका नेपाल राष्ट्रिय शिक्षक संगठनले विज्ञप्तीमार्फत चेतावनी दिएको छ । त्यसैगरि सम्पूणर् शिक्षकको पेशागत हकहित तथा शैक्षिक गुणस्तर कायम गर्न सहयोग पुर्याउन विज्ञप्तीमार्फत सबैलाई आग्रह गरेको छ । विद्यालयमा शिक्षिका रोकायाको पुर्नबहालीको माग गर्दै तालाबन्दी हुँदा बार्षिक परीक्षा नजिकिदै गर्दा विद्याथीको पढाई प्रभावित भएको छ ।

चर्चामा

सम्बन्धित समाचार