मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • ११ महिनामा बाजुराका ५ सयबढि भूमिहीनलाई निस्सा वितरण

११ महिनामा बाजुराका ५ सयबढि भूमिहीनलाई निस्सा वितरण

२ हजारबढिकाे लगत संकलन

  • शुक्रबार, चैत्र २, २०८०
११ महिनामा बाजुराका ५ सयबढि भूमिहीनलाई निस्सा वितरण

बाजुरा —राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले ११ महिनामा ५ सयबढिलाई निस्सा वितरण गरेको छ । यस बर्षको फागुन मसान्तसम्म जिल्लाभरका ५ सय ३९ परिवारलाई निस्सा वितरण गरेको हो ।

शुक्रबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन मार्फत राष्ट्रिय भूमि आयोग बाजुराले हालसम्म सम्पादन गरेका क्रियाकलाप तथा गतिविधिका साथैं सो तथ्यांक सार्वजनिक गरेको छ ।

यस बर्षको हालसम्म जिल्लाका ९ वटै स्थानिय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी गरेर ५ सय ३९ परिवारलाई निस्सा वितरण गरिएको राष्ट्रिय भूमि आयोग बाजुरा अध्यक्ष जनक रोकायाले बताएका छन् ।

त्यस्तै जिल्लाभरका २ हजार ७ सय ५२ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिएको बिज्ञ सदस्य निमेन्द्र शाहीले बताएका छन । जिल्लाका ९ वटै पालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिएका मध्ये हालसम्म ९ सय ३१ जनाको लगत प्रविष्ट गरिएको जनाइएको छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराका अध्यक्ष जनक बहादुर रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराका सदस्यहरु र पत्रकारहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार