मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले बैतडीमा सबै पदाधिकारी सर्वसम्मत, अध्यक्षमा बिक

एमाले बैतडीमा सबै पदाधिकारी सर्वसम्मत, अध्यक्षमा बिक

  • मङ्लबार, फाल्गुन २९, २०८०
एमाले बैतडीमा सबै पदाधिकारी सर्वसम्मत, अध्यक्षमा बिक

धनगढी — नेकपा एमाले बैतडीको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।

पाटनमा जारी अधिवेशनले अध्यक्षमा नरेशकुमार बिकलाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उपसचिवमा हर्क धानुक र पार्वती भट्टलाई सर्वसम्मत चयन गरिएको छ ।

सर्वसम्मत चयन भएका पदाधिकारीलाई आधिकारिक रूपमा घोषणा गर्न बाँकी छ ।

सदस्यमा पनि सहमतिको प्रयास भइरहेको एक नेताले बताए । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नवौं अधिवेशन सोमबार उद्घाटन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार