आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • पाँच करोड लागतमा बन्ने बाउली माेटरेवल पुलको ३ वर्षमा एउटै खाल्डो

पाँच करोड लागतमा बन्ने बाउली माेटरेवल पुलको ३ वर्षमा एउटै खाल्डो

  • बिहिबार, चैत्र १, २०८०
पाँच करोड लागतमा बन्ने बाउली माेटरेवल पुलको ३ वर्षमा एउटै खाल्डो

बाजुरा– बाजुराको मार्तडी कोल्टी सडक अन्तरगत सदरमुकाम प्रवेश गर्ने मुल बाटो बाउली खोलाको पुल अलपत्र परेको छ । ब्रिज निर्माणको जिम्ममा पाएको ठेकेदार सम्पर्क बिहिन बनेपछी निर्माणको काम अलपत्र परेको हो । मार्तडी-कोल्टी सडक खण्ड अन्तरगत सदरमुकाम मार्तडी जोड्ने आरसिसि ब्रिज निर्माण सम्झौता भएको तिन वर्ष बितिसक्दा पनि पाँच प्रतिशत काम हुन सकेको छैन । मार्तडी कोल्टी सडकको बाउली खोलामा गत वर्ष नै पुल निर्माण भइसक्नुपर्ने थियाे   । डेढ वर्षमा पुल निर्माण गर्ने सम्झौता भए पनि तिन वर्षसम्म एउटा खाडल खन्ने बाहेक काम भएको छैन ।
पिलर उठाउन बनाइएको फाउन्डेसन (खाल्डो) नै पानीले पुरिन थालेको छ । निर्माण कम्पनीले पेस्की बापत २४ लाख ७५ हजार लगेर निर्माण कम्पनी जुगल- कौसिक जेभीका ठेकेदार एक वर्षदेखि सम्पर्कमा छैनन् । सडक डिभिजन कार्यालय साफेँबगर अछामका अनुसार पाँच करोड ५८ लाख लागतमा २०७९ फागुन १५ भित्र २५ मिटर लामो मोटरेबल पुल निर्माण सक्न उक्त कम्पनीसँग०७८ कार्तिक १५ मा सम्झौता गरेको थियो । कम्पनीको तर्फबाट सञ्चालक नरेश ओझाले सम्झौता गरेका थिए । सडक डिभिजन साफेँबगरका प्रमुख असन्तोष कणर्का अनुसार सुरुमा कम्पनीको आग्रहमा २०८० असार १२ सम्मका लागि म्याद थप गरिएको थियो   तर, त्यसपछि भने ठेकेदार कम्पनी नै सम्पर्कमा आएको छैन । पुल निर्माणका लागि पटक पटक ताकेता गरिएको भए पनि ठेकेदारले अटेर गर्दै आएको बताएका छन । मोविलाईजेशन पेश्की भनेर २४ लाख ७५ हजार रुपैंया भुक्तानी लिई सकेको छ । काम नभए पछि गत असार म्याद थप गरिएको छ काम भने अझै सुरु भएको छैन् ।

यता प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीलाई सम्पर्कमा ल्याउन प्रयास गरिएको र सडक डिभीजनमा पटक पटक पत्र नै लेखेर पठाएको बताएका छन । बाउली खोलाको पच्चिस मिटर लम्बाई हुने आरसिसि ब्रिज निर्माण गर्न जिल्ला प्रशासन कार्यालयबाट बारम्बार ताखेता गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन । सदरमुकाम जोड्ने बाउलीको मुख्य पुलको स्थलगत अनुगमन पनि गरिएको प्रजिअ पाैडेलले बताए । जिल्लामा ठेक्का स्वीकृत भएका तर काम नगरेका धेरै आयोजनाहरूको छड्के अनुगमन भइरहेको  प्रजिअ पाैडेलकाे भनाइ रहेकाे छ । पाँच सात जना ठेकेदार सम्पर्कमा आएका छन् । ठेकेदारलाई खोजी गरेर काम गराउँदै छौँ प्रतिअ पौडेलले भने ।

त्यसै गरि मार्तडी देखी गौमुल गाउँपालिकाको घटमुना जोड्ने बाउली खोलामा रहेको पुल पनि अलपत्र अबस्थामा रहेको छ । निर्माणको ठेक्का भएको भए निर्माण कम्पनीका कारण अलपत्र अबस्थामा परेको स्थानियले बताएका छन

चर्चामा

सम्बन्धित समाचार