आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरामा एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

  • शुक्रबार, चैत्र २, २०८०
बाजुरामा एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
फाइल तस्विर

बाजुरा —बाजुराबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । शुक्रवार बडिमालिका नगरपालिका ९ मार्तडी बस्ने सन्जय विक कि श्रीमती २१ बर्षीया सम्झना सुनारको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

उनलाई प्रसुती व्यथा लागेर जिल्ला अस्पताल बाजुरामा भर्ना गरेपनि शल्यक्रिया गरेर प्रसुती गराउनु पर्ने हुँदा रेफर गरिएको अस्पताले जनाएको छ । त्यस्तै उनी मुटु रोग सम्बन्धी बिरामी भएकाले जिल्ला अस्पतालमा उपचार सम्भव नहुँदा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको पहलमा नेपाली सेनाको एनए-०६६ नम्मरको हेलिकप्टर मार्फत हवाई उद्धार गरिएको बताइएको छ । बाजुराबाट हिजो पनि एक जना सुत्केरी महिलाको हवाई उद्धार गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार