सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा बिहिवार भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना, भजनी नगरपालिकाका दुई जना, कञ्चनपुरको लालझाडीका दुई, भीमदत्तका एक जना तथा अछामको […]