बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढी उप–महानगरपालिकाका नाममा कारण देखाउ आदेश जारी

धनगढी उप–महानगरपालिकाका नाममा कारण देखाउ आदेश जारी

  • सोमवार, साउन १९, २०७७
धनगढी उप–महानगरपालिकाका नाममा कारण देखाउ आदेश जारी

राष्ट्रिय सूचना आयोगले धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र सूचना अधिकारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

कुहिएको चामल प्रकरणका सूचना नदिएपछि दिनेश एफएमले राष्ट्रिय सूचना आयोगमा गरेको पुनरावेदनमा सुनवाई गर्दै प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद सापकोटा र सूचना अधिकारी सुरेन्द्र कार्कीका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

आदेशमा पुनरावेदनमा उल्लेख भए बमोजिम सूचना उपलब्ध गराउनू भन्ने आदेश दिन नपार्नाको कारण भए लेखी पठाउन भनिएको छ। बाटोको म्याद बाहेक ७ दिनभित्र आदेश गर्नु नपर्ने कुनै कारण भए सोको आधार र प्रमाण सहित लिखित जवाफ पेश गर्न आदेश जारी गरिएको छ।

सूचनाको हक प्रयोग गर्दै माग गरिएको सार्वजनिक महत्वको सूचनाबाट वञ्चित गरेको भन्दै दिनेश एफएमले प्रमुख प्रशासकिय अधिकृत सापकोटा र सूचना अधिकारी कार्की विरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेको थियो।

एफएमले दुवै जना विरुद्ध सूचनाको हकबाट वञ्चित गराएको भन्दै आवश्यक कारवाही सहित सूचना उपलब्ध गराउन आदेश गरिपाउँ भन्दै सूचना आयोगमा पुनरावेदन दर्ता गराएको थियो।

चर्चामा

सम्बन्धित समाचार