मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिममा एक सातामा थपिए ५५५ संक्रमित

सुदूरपश्चिममा एक सातामा थपिए ५५५ संक्रमित

  • मङ्लबार, साउन २०, २०७७
सुदूरपश्चिममा एक सातामा थपिए ५५५ संक्रमित

सोमबार ६६ जनामा कोरोना भाइरस (कोभिड-१०)को संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा एक साताभित्रै ५५५ जना संक्रमित थपिएका छन् ।

सोमबार सेती प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा २० जना, भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दुईजना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भएको परीक्षणमा ४४ जना संक्रमित देखिएका हुन । यससँगै यस प्रदेशमा संक्रमितको संख्या चार हजार ६५८ पुगेको छ ।

सोमबार नयाँ संक्रमितहरुमा सबैभन्दा बढी कैलालीका रहेका छन् । यस जिल्लामा २४ महिला र २२ पुरुष गरी ४६ जना भेटिएका छन् । यस्तै कञ्चनपुर जिल्लाका १४ पुरुष र एक महिला गरी १५ जना रहेका छन् । बझाङ्गका एक पुरुष र अछामका दुई महिला र दुई पुरुषमा पनि सोमबार कोरोनाको संक्रमण पुष्टि भएको छ ।

साउन १२ गतेसाँझसम्मको तथ्याङ्कअनुसार यस प्रदेशमा संक्रमितको जम्मा संख्या चार हजार १०३ रहेको थियो । सोमबार साँझ (साउन १९ गते) सम्म उक्त संख्या चार हजार ६५८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जानकारी दिएको छ ।

एक सातामा कैलाली र डोटीमा तीन अंकले संक्रमितहरु थपिएका छन् । कैलालीमा एक सय ९७ जना नयाँ संक्रमित थपिएका छन् । साउन १२ गते यस जिल्लामा कुल संक्रमितको संख्या एक हजार ७५ रहेकोमा सोमबार एक हजार २७२ पुगेको छ ।

यस्तै डोटीमा एक सातामा १२५ नयाँ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार एक साताअघि डोटीमा कुल संक्रमितको संख्या ६०५ रहेकोमा सोमबार ७३० पुगेको छ । कैलालीपछि सबैभन्दा बढी संक्रमित भएको जिल्ला डोटी हो ।

एक साताको अवधिमा बझाङ्गमा ९८ जना थपिएका छन् । साउन १२ गतेसम्म यस जिल्लामा १७१ संक्रमित रहेकामा हाल २६९ जना पुगेका छन् । कञ्चनपुरमा यो अवधिमा ६८ जना संक्रमित थपिएर जिल्लाको कुल संक्रमितहरुको संख्या ५८१ पुगेको छ । अछाममा गत सातासम्म ६६७ संक्रमित रहेकामा यो साता ३२ जना थप भएका भई संक्रमितको संख्या ६९९ पुगेको छ ।

दार्चुलामा साताभरीमा १७ जना संक्रमित थपिएसँगै यस जिल्लामा कुल संक्रमितको संख्या ३८ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम संक्रमित रहेको जिल्ला दार्चुला हो । बैतडीमा गत सातासम्म संक्रमितको संख्या ३०७ रहेकोमा यो साता १२ जना थप भई संक्रमितको कुल संख्या ३१९ पुगेको छ । डडेल्धुरामा यो सातामा ६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै डडेल्धुराको संक्रमितको संख्या ३०१ पुगेको छ ।

यस साता बाजुरामा भने नयाँ संक्रमित थपिएका छैनन् । यस जिल्लामा कुल संक्रमितको संख्या ४४९ रहेको छ ।

एक सातामा झण्डै तीन हजार नमुना संकलन

सुदूरपश्चिम प्रदेशमा आरटी पीसीआर परीक्षणका लागि एक सातामा दुई हजार ९४८ जनाको थ्रोट स्वाव नमुना संकलन भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन १२ गतेसम्म यस प्रदेशमा कुल ३४ हजार ७३१ जनाको थ्रोट स्वाव संकलन भएको थियो । सोमवारसम्म उक्त संख्या वृद्धि भई ३७ हजार ६७९ पुगेको छ ।

यस अवधिमा सबैभन्दा डोटीबाट ७६२ जनाको स्वाब संकलन भएको छ । गत सातासम्म डोटीमा चार हजार २१४ जनाको स्वाब संकलन भएकोमा सोमबारसम्म चार हजार ९७६ जनाको स्वाव संकलन भएको छ ।

यस्तै बाजुरामा ५७५, कैलालीमा ५६५, कञ्चनपुरमा ५५१ र अछाममा २१० जनाको स्वाब संकलन भएको छ । बैतडीमा १२३, बझाङ्गमा ८३, डडेल्धुरामा ७२ र दार्चुलामा सात जनाको थप स्वाब संकलन गरिएको छ ।

हालसम्म संकलन भएका स्वाबका नमुनामध्ये एक हजार ३७३ जनाको नतिजा आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । हालसम्म ३६ हजार ३०६ जनाको नमुना परीक्षण भइसकेको छ । हालसम्म प्राप्त कुल नतिजामध्ये विस्तृत विवरण प्राप्त नभएका एक सय ५२ जनाको थ्रोट स्वाव उक्त संख्यामा समावेश नगरिएको निर्देशनालयले जनाएको छ ।

यस प्रदेशमा हालसम्म कोभिड-१९ पुष्टि भएका नौ जनाको ज्यान गएको छ । कैलालीमा चार, बाजुरामा दुई, बझाङ्गमा दुई र अछाममा एकजना संक्रमितको मृत्यु भएको हो ।

संक्रमितहरुमध्ये डोटीका ५५८, अछामका ५५६, कैलालीका ५५४ र कञ्चनपुरका ४९० जना निको भएर घर गएका छन् । यस्तै बाजुराका ४३१, बैतडीका ३००, डडेल्धुराका २६७, बझाङ्गका एक सय सात र दार्चुलाका १३ जना पनि निको भएर घर गएका छन् । अन्य संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशनालयले जनाएको छ । साभार

चर्चामा

सम्बन्धित समाचार