बुधबार, साउन १३, २०७८
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

  • सोमवार, साउन १९, २०७७
सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा हुने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको निर्णय अनुसार सोमवार रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा हुने भएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रशाद जोशीले रक्षाबन्धन पर्वमा सर्वाजनिक बिदा दिने निर्णय यसअघि नै भईसकेको बताए। ‘२०७७ सालका सार्वजजिक बिदा सम्बन्धि सूचना समेत प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ।’ उनले भने।

उनका अनुसार रक्षाबन्धन पर्व मनाउन प्रदेशका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायमा बिदा दिइने छ। संघीय सरकार मातहतका कार्यालयमा समेत बिदा हुनेछ।

चर्चामा

सम्बन्धित समाचार