शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • नमुना बस्ति बन्दै बडिमालिका नगरपालिका ६ काे गैरीगाउ टोल

नमुना बस्ति बन्दै बडिमालिका नगरपालिका ६ काे गैरीगाउ टोल

  • आइतवार, साउन १८, २०७७
नमुना बस्ति बन्दै बडिमालिका नगरपालिका ६ काे  गैरीगाउ टोल

पदमबहादुर सिंह / बाजुरा १८ साउन– बडिमालिका नगरपालिका ६ कोध्रको गैरीगाउ केही समय पहिले वडाको सबै भन्दा फोहोर टोल देखिन्थ्यो । केही वर्ष पहिलेसम्म निकै फोहोर देखिने गैरीगाउँ टोल अहिले निकै सफा छ । गैरिगाउ बडिमालिका नगरपालिका भित्र रहे पनि दुर्गम विकट बस्तीमा रहेको यस गाउँमा दलितहरुको मात्र बसोबास रहेको छ । यहाँका गैरिगाउमा ३३ घर धुरी छन । सबै दलित परिवार मात्र बसोबास गर्छन् । सबै परिवारको आर्थिक स्थतर न्यून रहेको छ ।
अहिले गाउँलेहरुले घर–घरमा चर्पी बनाएर त्यसको समूचित तवरले प्रयोग गर्न थालेका छन । आगन चटक्क सफा छन् । सफाइको लागि टाढाको पँधेरोबाट गाग्रोमा बोकेको पानी उनीहरुले अटुट रुपमा चर्पीमा राख्ने गर्छन । कुनै समय बाहिरको खुल्ला ठाउँमा दिसा पिसाब गर्ने बानी परेका स्थानीय बासिन्दाले खुल्ला ठाउँमा दिसापिसाब गर्न छाडिसकेका छन । उनीहरुले अहिले वस्तुभाउको गोबर समेत छोपेर राख्न थालेका छन । बस्तु भाउको गोबर घर भन्दा टाढा राख्ने ब्यबस्था मिलाएका छन् ।

उनीहरुको चर्पीमा अहिले छुट्टै चप्पल, हात धुने साबुन तथा चर्पी सफा गर्नको लागि हार्डवेयर समेत रहेको हुन्छ । सबैका घर चिटिक्क छन । घर वरिपरि पत्थरले लगाएर आगनमा पानि जम्नबाट जोगाउन चिटिक्क पारिएको छ । भने घर नजिकैको बाटो समेत उनीहरुले प्रत्येक दिन बढार्ने गर्छन । २० दिनमा यति धेरै परिबर्तन भएको दख्दा छिमेकी गाउ नै अच्चमीत छन् ।
यूएन हेबिट्याट र बडिमालिका नगरपालिकाले गैरिगाउलाई नगरपालिकाकै नमूना बस्तीको रुपमा विकास गर्ने गरी स्थानीय बासिन्दाको बीचमा सरसफाइ समिति गठन र उपसमितिहरु गठन गरी पूर्ण सरसफाइको लागि प्रशिक्षित गरेपछि २० दिनमा गैरिगाउका बासिन्दाको दैनिकी नै फेरिएको छ ।


हाल नमूना गैरीगाउँको रुपमा परिचित यो ठाउँमा कुनै बेला घर–घर होटेल पसलमा मदिरा सेबन गरि राजनैतिक यो पाटी उ पाटी भन्दै घरपरिवार तथा समाजमा निकै झगडा हुन्थ्यो । अहिले सबै स्थानिय सरसफाई र स्वास्थ्य सम्बन्धि मात्र कुरा हुने गरेको गैरिगाउ नमूना टोलका सचिब धनी लवारले बताए । धेरैले मदिरा सेबन समेत छोडेको लवारले बताए । मदिराले गाउ समाजमा नै झै झगडा हुने भएपछि वडा नै मदिरा निषेधित क्षेत्र घोषणा गरिएपछि गैरिगाउमा मदिरा नियन्त्रण गर्न थप सजिलो भएको स्थानिय महिलाहरुले बताएका छन् । नमूना गैरिगाउँ टोलको प्रत्येक घरमा सिमेन्ट गरिएको भाँडा माझ्ने जुठेल्नो र भाँडा सुकाउने चाङ बनाइएको छ ।
घरमा प्रयोग गरेको पानीलाई उनीहरुले सिधै करेसाबारीमा जाने व्यवस्था गरेका छन । खेर जाने पानीलाई सदुपयोग गरी घर परिवारलाई खानको लागि तरकारी उत्पादन गरेको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीय आरती चदाराले भनिन् । हामीले ज्ञान नहुँदा पानीको अभाव भन्दै तरकारी खेती नै गर्ने थिएनौँ, आज भोलि खेर गएको पानीलाई प्रयोग गरेर आफ्नै करेसाबारीमा तरकारी खेती सुरुगर्ने गरेको र आफ्नै बारीको ताजा तरकारी खान पाएका उनले बताईन ।
बडिमालिका नगरपालिकामा यूएन हेबिट्यडले काम थालेको थोरै समय भयो त्यसैमा बडिमालिका नगरपालिका ६ को कोध्रको गैरिगाउ नमुना टोलको लागि फागुन ११ गते नगर तथा वडा बाट सिफारिस भएको कार्यक्रम संयोजक बिरेन्द्र रावलले बताए । फागुन ११ गते सिफारिस मात्र गरियो त्यो लगत्तै चैत्र ११ गतेबाट कोरोना महामारीले लकडाउन सुरु भएपछि धेरै काम अगाडी बढाउन सकिएन लगडाउन खुकुलो भएसंगै २० दिन मै गैरिगाउ टोल बासिको सक्रियतामा गाउ नमूना टोल बनाउन उन्मुख भएको संयोजक रावलले बताए ।


यूएन हेबिटेडले जनचेत्तनाको काम मात्र गर्ने गरेकोले गैरिगाउ नमूना टोलको लागि पालिका संयोजक श्यामभक्त थापा र सरसफाई सहज कर्ता बिक्रम साउदले सरसफाई समिति र उपसमिति गठन गरि बैठक बसाएर सरसफाई सम्बन्धि नियमित जनचेतना जगायौ र स्थानियहरुले पनि धेरै चासोका साध बुझि दिएर गैरीगाउ नमूना टोल बन्न थालेको संयोजक थापाले बताए ।
अहिले त सरसफाई सम्बन्धिको काममा समाजमा जान सबैले थिति बसालेका छन् । अलि असायलाई गाउले महिला युवा सबै मिलेर सघाउन थालेका छन् । बैठक बसेबा फात यूएन हेबिटेडले खाजा खुवाउ छ । गैरी गाउ बासी खाजा घरमै खान्छन, खाजा बाफतको पैशा सरसफाई कोषमा जम्मा गरेर सरसफाईमा लगानी लगाउने गरेको गैरिगाउ नमूना टोलका अध्यक्ष धनी ल्वारले बताए । कोषमा ६ हजार जम्मा भईसको छ । कोषबाट सार्बजनिक ठाउमा फोहोर फाल्ने भाडा, झाडु, बाटो घाटो मर्मत गर्न लाग्ने सामग्री खरिद गर्न सहयोग गर्ने अध्यक्ष ल्वालरले बताए । गाउका अति बिपन्न परिवारले सरसफाई सामग्री खरिदको लागि निश्चित समयको लागि बिना ब्याज कोषबाट समयोग गर्न सजिलो हुने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार