बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा थप २०२ जना डिस्चार्ज, निको हुनेको संख्या ३२४८ पुग्यो

सुदूरपश्चिममा थप २०२ जना डिस्चार्ज, निको हुनेको संख्या ३२४८ पुग्यो

  • सोमवार, साउन १९, २०७७
सुदूरपश्चिममा थप २०२ जना डिस्चार्ज, निको हुनेको संख्या ३२४८ पुग्यो

 सुदूरपश्चिम प्रदेशमा थप दुई सय दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशका विभिन्न अस्पतालका आईसोलेसन तथा क्वारेन्टिनबाट थप दुई सय दुई संक्रमित कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

आईतबार मात्र कैलालीका १७ जना डिस्चार्ज भएका छन्। यस्तै विभिन्न मितिमा बाजुराबाट थप एक सय ७८ र कैलालीकै ७ जना डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। यो सँगै सुदूरपश्चिममा कोरोनाको संक्रमण मुक्त हुनेको संख्या तीन हजार दुई सय ४८ पुगेको छ।

नौँ जनाको संक्रमणबाट मृत्यु भईसकेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ६० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ८२, अछाममा सात सय ६, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ५२, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ७७ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको छ।

चर्चामा

सम्बन्धित समाचार