शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका ३२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिमका ३२ जनामा कोरोना पुष्टि

  • बुधबार, साउन २१, २०७७
सुदूरपश्चिमका ३२ जनामा कोरोना पुष्टि

बुधवार सुदूरपश्चिमका थप ३२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा दुई सय ८६ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका २१, अछामका सात, बझाङका तीन र कञ्चनपुरका एक जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले लम्की चुहा नगरपालिकाका ९ महिला र ८ पुरुष गरी १७ जनामा कोरोना पुष्टि भएको बताए। यस्तै भजनी नगरपालिकाका २४ र ३३ बर्षीय पुरुष, गोदावरी नगरपालिका वडा नम्बर ४ का १८ बर्षीय युवक र टीकापुर नगरपालिकाका ३४ बषीय पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

उता अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर २ का चार महिला र तीन पुरुष, बझाङको खप्तडछान्नाकी ७ महिने बालिका र जयपृथ्वी नगरपालिकाका २० बर्षीया युवती र २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ का ४१ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ८ सय ७० पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार दुई सय ४८ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डोटीका सात सय ८२, अछाममा सात सय २८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको  छ। कञ्चनपुरका पाँच सय ६९, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९५, बझाङका दुई सय ८२ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका झण्डै तीन हजार तीन सय जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।

चर्चामा

सम्बन्धित समाचार