बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कैलालीमा संक्रमितको संख्या १२२६ पुग्यो, पछिल्लो ५ दिनमा २०२ जनामा कोरोना पुष्टि

कैलालीमा संक्रमितको संख्या १२२६ पुग्यो, पछिल्लो ५ दिनमा २०२ जनामा कोरोना पुष्टि

  • मङ्लबार, साउन २०, २०७७
कैलालीमा संक्रमितको संख्या १२२६ पुग्यो, पछिल्लो ५ दिनमा २०२ जनामा कोरोना पुष्टि

धनगढी : कैलाली जिल्लामा केही सातासम्म कोरोना भाईरसको दैनिक संक्रमण घटेकोमा पछिल्लो पाँच दिनदेखि संक्रमण दर बढेको छ। मंगलवार मात्रै जिल्लाका २१ जनामा संक्रमण पुष्टि भएको छ।

जिल्लाको गोदावरी नगरपालिकाका १४ जना र कैलारी गाउँपालिकाका सात जना गरी २१ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

जिल्लामा पछिल्लो ५ दिनमा मात्रै दुई सय दुई जनामा संक्रमण पुष्टि भएको छ। साउन १६ गते कैलालीका ३८ जनामा कोरोना पुष्टि भएकोमा १७ गते ६६, १८ गते ३२ र १९ गते ४५ जनामा कोरोना पुष्टि भएको संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमितको संख्या फरकफरक
कैलालीमा कोरोना भाईरसका संक्रमितको संख्याबारे अन्यौलता बढेको छ। स्वास्थ्य कार्यालय कैलाली, सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक फरकफरक भएपछि अन्यौलता बढेको हो।

स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार आज २१ जनामा संक्रमण पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या एक हजार दुई सय ४३ पुगेको छ। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार साँझसम्म कैलालीमा संक्रमितको संख्या एक हजार दुई सय ५ रहेको तथ्याङक सार्वजनिक गरेकोमा आज २१ जनामा पुष्टि भएसंगै संक्रमितको संख्या एक हजार दुई सय २६ पुगेको छ।

यता सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयले भने सोमवार साँझ कैलालीमा संक्रमितको संख्या एक हजार दुई सय ७२ पुगेको भन्दै तथ्याङक सार्वजनिक गरेको थियो। आज २१ जनामा पुष्टि भएसगै संक्रमितको संख्या एक हजार दुई सय ९३ पुगेको छ।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले स्वास्थ्य कार्यालयको तथ्याङकमा कुनै त्रुटी नरहेको दावी गरे। उनले सबै स्थानीय तहसंग समन्वय गर्दै एकिन विवरण तयार पारिएको दावी गरे। सामाजिक विकास मन्त्रालयले भने स्वाब संकलनको आधारमा विवरण तयार पारिएको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार