शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा आज ४८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज ४८ जनामा कोरोना पुष्टि

  • आइतवार, साउन १८, २०७७
सुदूरपश्चिममा आज ४८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आईतवार ४८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा आज ४८ जनामा कोरोना पुष्टि भएको हो।

चार वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३२, डोटीका १२, बझाङका दुई, दार्चुला र बैतडीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका ११, कैलालीका १० र बझाङका दुई जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको परीक्षण्मा दार्चुृलाका एक जना र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डोटीका एक जनामा पनि कोरोना पुष्टि भएको प्रवत्ता गौतमले बताए।

यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३८ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका २२ र बैतडीका एक गरी २३ जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको बर्दगोरी गाउँपालिका वडा नम्वर ५ का तीन महिला र पाँच पुरुष गरी ८ जना, टीकापुर नगरपालिकाका दुई महिला र पाँच पुरुष गरी सात जना, मोहन्याल गाउँपालिका वडा नम्वर ५ का दुई पुरुष, जोशीपुर गाउँपालिका वडा नम्वर १ का एक पुरुषमा कोरोना पुष्टि भएको बताए।

उनका अनुसार धनगढी उप–महानगरपालिकाका वडा नम्वर ३ र ५ का एक/एक जना पुरुष, घोडाघोडी नगरपालिका वडा नम्वर १ र गोदावरी नगरपालिकाका एक/एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

यस्तै बैतडीको पाटनका २६ बर्षीय युवकमा समेत कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। आईतवार ४८ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार सात सय ४० पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ६० जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ८२, अछाममा सात सय ६, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ५२, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ७७ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका तीन हजार ४६ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।

दैनिक संक्रमण बढेपछि सुदूरपश्चिम देशभरीमा सबैभन्दा बढि संक्रमित रहेको दोस्रो प्रदेश बनेको छ। सुदूरपश्चिम प्रदेश भन्दा बढि संक्रमित प्रदेश नम्वर २ मा रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार