बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिम सरकारले यो बर्ष ४ दिन सार्वजनिक बिदा दिने, गौरा र माघीमा छैन् छुट्टै बिदा

सुदूरपश्चिम सरकारले यो बर्ष ४ दिन सार्वजनिक बिदा दिने, गौरा र माघीमा छैन् छुट्टै बिदा

  • बुधबार, साउन २१, २०७७
सुदूरपश्चिम सरकारले यो बर्ष ४ दिन सार्वजनिक बिदा दिने, गौरा र माघीमा छैन् छुट्टै बिदा

सुदूरपश्चिम सरकारले २०७७ सालमा दिइने सार्बजनिक बिदाको सूची सार्वजनिक गरिसकेको छ। २०७७ जेठ २३ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रशाद जोशीले २०७७ सालमा चार वटा पर्वमा सर्वाजनिक बिदा दिने निर्णय यसअघि नै भईसकेको बताए। ‘२०७७ सालका सार्वजनिक बिदा सम्बन्धि सूचना समेत प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ।’ उनले भने।

प्रदेश सरकारको निर्णय अनुसार साउन १९ गते रक्षाबन्धन पर्वका अवसरमा प्रदेशमा सार्वजनिक बिदा भएको छ। यस्तै भदौ ७ गते पर्ने थारु समुदायको ‘अटबारी पर्व’, पुस १९ गते अछाम र बाजुरा जिल्लामा मनाइने ‘भुवा पर्व’ र चैत २३ गते खखडेहरा पर्वमा सार्वजनिक बिदा दिने निर्णय भएको छ।

गौरा र माघे संक्रान्ति तथा माघी पर्वका लागि भने प्रदेश सरकारले छुट्टै बिदा दिएको छैन्। संघीय सरकारले भदौ १० गते गौरा पर्व र माघ १ गते माघे संक्रान्ति तथा माघी पर्वको एक÷एक दिन बिदा दिने निर्णय गरकोेमा प्रदेशले छुट्टै निर्णय गरेको छैन्।

थारु समुदायले माघी पर्वमा तीन र सुदूरपश्चिमका पहाडी समुदायले पनि गौरा पर्वमा तीन दिनसम्म सार्वजनिक बिदा हुनुपर्ने माग गर्दै आएका छन्।

संघीय सरकारले भने गौरा र माघीसंगै फागूपूर्णिमा, इद, छठ, क्रिसमस डे, उधौली लगायतका पर्वमा बिदा दिएको छ। त्यसैगरी दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिइएको छ भने तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिइएको छ।

चर्चामा

सम्बन्धित समाचार