शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा आज ६४ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज ६४ जनामा कोरोना पुष्टि

  • सोमवार, साउन १९, २०७७
सुदूरपश्चिममा आज ६४ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप ६१ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, भेरी अस्पताल नेपालगञ्ज र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आज ६४ जनामा कोरोना पुष्टि भएको हो।

तीन वटा प्रयोगशालामा भएको परीक्षणमा सबैभन्दा धेरै कैलालीका ४५, कञ्चनपुरका १५ र अछामका चारजनामा   संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३५  र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको छ।

 यस्तै भेरी अस्पताल नेपालगञ्जमा पपिन कैलालीका थप एकजनामा कोरोना पुष्टि भएको प्रवत्ता गौतमले बताए। यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ६२ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ९, कञ्चनपुरका ७ र अछामका चारजना गरी २० जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका  तीन महिला र ६ पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको बताए। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन पुरुष, वेदकोट नगरपालिकाका तीन पुरुष, कृष्णपुर नगरपालिकाका एक महिला र एक पुरुष तथा अछामको साफेबगर नगरपालिकाका दुई महिला र दुई पुरुष गरी चारजनामा संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए।

आज ६५ जना थपिएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार आठ सय चार पुगेको छ।  अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ९७ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ८२, अछाममा सात सय १०, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ६७, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ७७ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका तीन हजार दुई सय ४८ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।

चर्चामा

सम्बन्धित समाचार